जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत दमन र भ्रष्टाचारविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । सीमान्तकृत र दलितमाथि गरेको विभेद, दर्जनौं काण्डमा गरेको चरम भ्रष्टाचार र मधेसमा लादेको जंगलराज र गुण्डाराजको विरोधमा जनमत पार्टीद्वारा समर्थन फिर्ता । मन्त्रीद्वयको राजीनामा । दमन र भ्रष्टाचारको विरूद्ध आन्दोलन थाल्ने अध्यक्ष डा.राउतले बताए । जनमत पार्टीले मधेस सरकारलाई […]
सिरहा । मिर्चैया नगरपालिकाले निजी विद्यालयलाई जनमुखी बनाउन तीन महत्त्वपूर्ण निर्णय गरेको छ । नगरपालिकाले निजी विद्यालयको वर्गीकरण गर्ने, पाठ्यपुस्तकमा एकरुपता ल्याउने र हरेक निजी विद्यालयमा दश प्रतिशत विद्यार्थीको छात्रवृत्तिको सुनिश्चितता गर्ने महत्त्वपूर्ण निर्णय गरेको हो । नगरपालिकामा सोमबार बसेको नगरप्रमुख श्रवणकुमार यादव, शिक्षा शाखाका प्रतिनिधि, शिक्षा विज्ञ र निजी विद्यालयका सञ्चालकहरुको बैठकबाट यस्तो निर्णय […]
जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट राजीनामा दिएको छ । मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा पत्र प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाएको छ। मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका […]
जनकपुरधाम । भारतको अयोध्यामा भएको श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामसहित जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ । हिन्दूवादीहरुले जानकी मन्दिरमा ‘जय श्रीराम’ अंकित दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलन कार्यक्रममा ठूलो संख्यामा नगरबासी सहभागी भएका थिए । जनकपुरधामको घर घरमा दीपावली गरिएको छ । जनकपुरधाम भगवान श्रीरामको ससुराल हो ।अयोध्यामा भगवान […]
जनकपुरधाम । धनुषाका एक १६ वर्षीय बालक बेपत्ता भएका छन् । धनुषाको शहिदनगर नगरपालिका-८, नाथपट्टी घर भई हाल जनकपुरको वकिल टोल बस्दै आएका १६ वर्षीय रोशन कुमार यादव सम्पर्क विहीन भएका हुन्। जनकपुरमै कक्षा ११ मा अध्ययनरत उनी आइतबार बिहान ९ बजे घरबाट रिसाएर निस्केका थिए । तर, रोशन घर फर्केर नआउँदा र उनीसँग सम्पर्क […]
०८ माघ , औरही : सिरहाको औरही गाउँपालिकामा भएको तालाबन्दी खुलेको छ। गत माघ ०५ गते औरही गाउँपालिकाले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा पार्टी प्रबेश कार्यक्रम गराएपछी जनमत पार्टीले हिजो औरही गाउँपालिकामा तालाबन्दी गरेको थियो । औरही गाउँपालिका र जनमत पार्टी बिच आज भएको ०७ बुंदे सहमति पछि तालाबन्दी खुलेको छ। सरकारको तर्फबाट बलिदानी दिवसको […]
जनकपुरधाम । मधेस प्रदेशका नौ लाख ३१ हजार तीन सय ३१ घरधुरीमध्ये झण्डै ७७ प्रतिशतको पिउने पानीको मुख्य स्रोत ट्युबवेल अर्थात् चापाकल रहेको तथ्य सार्वजनिक भइसकेको छ । तर भूमिगत पानीको सतह घट्दै गएकाले पछिल्लो समय चापाकलमा पानी सुक्दै गएको गुनासो यहाँका बासिन्दा गर्छन् । नागरिकले पिउने पानीकै लागि समस्या भोग्नुपर्ने अवस्था आए पनि चापकलको […]
काठमाडौं । पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत जोडिएका सहकारी ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ। गत साता सहकारीका अध्यक्ष जीबी भनिने गितेन्द्रबाबु राईविरुद्ध परेका सबै उजुरीसम्बन्धी फाइल सीआईबीले मगाएको हो। ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले ती फाइल माग्दै विभिन्न जिल्ला प्रहरी कार्यालयमा पत्र पठाएका […]