०२ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

समाचार

जनकपुरबाट १६ वर्षीय बालक बेपत्ता

जनकपुरधाम । धनुषाका एक १६ वर्षीय बालक बेपत्ता भएका छन् । धनुषाको शहिदनगर नगरपालिका-८, नाथपट्टी घर भई हाल जनकपुरको वकिल टोल बस्दै आएका १६ वर्षीय रोशन कुमार यादव सम्पर्क विहीन भएका हुन्। जनकपुरमै कक्षा ११ मा अध्ययनरत उनी आइतबार बिहान ९ बजे घरबाट रिसाएर निस्केका थिए । तर, रोशन घर फर्केर नआउँदा र उनीसँग सम्पर्क […]

०८ माघ , औरही : सिरहाको औरही गाउँपालिकामा भएको तालाबन्दी खुलेको छ। गत माघ ०५ गते औरही गाउँपालिकाले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा पार्टी प्रबेश कार्यक्रम गराएपछी जनमत पार्टीले हिजो औरही गाउँपालिकामा तालाबन्दी गरेको थियो । औरही गाउँपालिका र जनमत पार्टी बिच आज भएको ०७ बुंदे सहमति पछि तालाबन्दी खुलेको छ। सरकारको तर्फबाट बलिदानी दिवसको […]

जनकपुरधाम । मधेस प्रदेशका नौ लाख ३१ हजार तीन सय ३१ घरधुरीमध्ये झण्डै ७७ प्रतिशतको पिउने पानीको मुख्य स्रोत ट्युबवेल अर्थात् चापाकल रहेको तथ्य सार्वजनिक भइसकेको छ । तर भूमिगत पानीको सतह घट्दै गएकाले पछिल्लो समय चापाकलमा पानी सुक्दै गएको गुनासो यहाँका बासिन्दा गर्छन् । नागरिकले पिउने पानीकै लागि समस्या भोग्नुपर्ने अवस्था आए पनि चापकलको […]

काठमाडौं । पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत जोडिएका सहकारी ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ। गत साता सहकारीका अध्यक्ष जीबी भनिने गितेन्द्रबाबु राईविरुद्ध परेका सबै उजुरीसम्बन्धी फाइल सीआईबीले मगाएको हो। ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले ती फाइल माग्दै विभिन्न जिल्ला प्रहरी कार्यालयमा पत्र पठाएका […]

राजविराज । राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयमा जनमत पार्टीका कार्यकर्ताहरुले आइतबार तालाबन्दी गरेका छन् । सोमबार राजविराज -१३मा विश्वविद्यालयको शिलान्यास गर्न कार्यक्रम तय गरिएको छ । शिलान्यासमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने भएपछि जनमतका कार्यकर्ताहरु विरोधमा उत्रिएका हुन् । जनमतले आइतबार विश्वविद्यालयको उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै कार्यालयमा तालाबन्दी गरेको हो । तालाबन्दीपछि विश्वविद्यालयको […]

काठमाडौं । मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ६१ रनले हराउँदै तेस्रो जित हात पारेको छ । योसँगै मधेश अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । २३२ रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा १ सय ७० रनमा अलआउट भयो । कर्णालीका युवा विकेटकिपर अर्जुन घर्तीले १ सय ५ बलमा २ चौका […]

जनकपुरधाम । सिरहाको लहान नगरपालिका ७ मा मिटर ब्याज पीडितहरूको एक समूहले साहु (महाजन)ले हड्पेको घर खाली गराएका छन् । साहु रामबाबु महतोले हड्पेको घर खाली गराएर मिटर ब्याज पीडितहरूको समूहले पीडित श्याम विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् । श्याम दुई छोरा, श्रीमती र भतिजा-भतिजीसहित घर प्रवेश गरेका छन् । ०७१ मा महतोसँग श्यामका दाइ हिरालालले […]

झापा । झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिए । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो । प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक […]