काठमाडौं । संघीय सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको पाइएको छ। बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको १३० बोरा मल बाटोबाटै गायब भएको हो। नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते बुझिलिएको २०० बोरा (प्रतिबोरा ५० किलो) संघीय सरकारबाट अनुदान प्राप्त भएको थियो। उक्त अनुदानित […]
काठमाडौं । मधेश प्रदेश सरकारले ल्याएको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भएको भ्रष्टाचार काण्डमा तत्कालीन प्रदेशसचिव यामप्रसाद भुसाल र सिडिई भगवान झा दोषी ठहर भएका छन्। विशेष अदालतले उनीहरुलाई १० करोड ३३ लाख रुपैयाँ भ्रष्टाचार भएको मुद्दामा दोषी ठहर गर्दै ३/३ महिना कैद सजाय सुनाएको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार न्यायाधीशत्रय […]
काठमाडौं । जबरजस्ती करणी मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई इन्टरपोलमार्फत कतारबाट पक्राउ गरेर नेपाल ल्याइएको छ। जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका सुनसरीको बराहक्षेत्र नगरपालिका-११ मधुवन बस्ने २५ वर्षीय सेहमान खाँलाई पक्राउ गरी नेपाल प्रहरीले ल्याएको हो। एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ गरी उनलाई सम्बन्धित मुद्दामा कारबाही अघि बढाउन बिहीबार नेपाल फिर्ता ल्याइएको […]
जनकपुरधाम । कपाली तमसुक दर्ता गर्न आनाकानी गरेको भन्दै महोत्तरीको औरही नगरपालिका २ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । स्थानीय नवीन यादव, अन्चल देवीसहित साहू (महाजन)ले वडा कार्यालयमा ताला लगाएका हुन् । उनीहरु वडाध्यक्ष दरेश यादवविरुद्ध सडकमा टायर बालेर नाराबाजी पनि गरे । लेनदेन सम्बन्धी कपाली तमसुक लगायतका कागज वडा कार्यालयबाट प्रमाणीकरण गर्न भोलिसम्मको […]
जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत दमन र भ्रष्टाचारविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । सीमान्तकृत र दलितमाथि गरेको विभेद, दर्जनौं काण्डमा गरेको चरम भ्रष्टाचार र मधेसमा लादेको जंगलराज र गुण्डाराजको विरोधमा जनमत पार्टीद्वारा समर्थन फिर्ता । मन्त्रीद्वयको राजीनामा । दमन र भ्रष्टाचारको विरूद्ध आन्दोलन थाल्ने अध्यक्ष डा.राउतले बताए । जनमत पार्टीले मधेस सरकारलाई […]
सिरहा । मिर्चैया नगरपालिकाले निजी विद्यालयलाई जनमुखी बनाउन तीन महत्त्वपूर्ण निर्णय गरेको छ । नगरपालिकाले निजी विद्यालयको वर्गीकरण गर्ने, पाठ्यपुस्तकमा एकरुपता ल्याउने र हरेक निजी विद्यालयमा दश प्रतिशत विद्यार्थीको छात्रवृत्तिको सुनिश्चितता गर्ने महत्त्वपूर्ण निर्णय गरेको हो । नगरपालिकामा सोमबार बसेको नगरप्रमुख श्रवणकुमार यादव, शिक्षा शाखाका प्रतिनिधि, शिक्षा विज्ञ र निजी विद्यालयका सञ्चालकहरुको बैठकबाट यस्तो निर्णय […]
जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट राजीनामा दिएको छ । मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा पत्र प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाएको छ। मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका […]
जनकपुरधाम । भारतको अयोध्यामा भएको श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामसहित जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ । हिन्दूवादीहरुले जानकी मन्दिरमा ‘जय श्रीराम’ अंकित दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलन कार्यक्रममा ठूलो संख्यामा नगरबासी सहभागी भएका थिए । जनकपुरधामको घर घरमा दीपावली गरिएको छ । जनकपुरधाम भगवान श्रीरामको ससुराल हो ।अयोध्यामा भगवान […]