सिबेन्द्र रोहिता जटही,१४ जेठ। भारतबाट फर्केपछि खाना नपाएको कारण नेपाल भारत सीमाको जटही नाकामा धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ९ का ३० वर्षीय विरेन्द्र यादवको मृत्यु भएपछि नाकामा रहेका नेपालीहरु प्रदर्शन गर्दै जनकपुरधाम तर्फ आउने भएका हुन् । भोकका कारण उनको मृत्यु भएपछि सयौँको संख्यामा नाकामा रहेका नेपालीहरु प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदर्शन गर्दै […]
न्यूजमधेश सम्बादाता सिरहा ,१४ जेठ। प्रहरीको गस्ती टोलीले लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ स्थित सीमावर्ती क्षेत्रबाट एक युवकलाई पक्राउ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली गस्ती टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ निवासी ४५ वर्षीय विजयलाल पासवानलाई सोमबार पक्राउ गरेको हो । पक्राउ परेका पासवानको […]
न्यूजमधेश सम्बादाता जलेश्वर ,१४ जेठ ।भारतबाट घर फर्कने क्रम बाक्लिएसँगै महोत्तरी जिल्लाका क्वारेन्टिन केन्द्र भरिभराउ भएका छन् । पछिल्ला पाँच दिनयता भारतबाट फर्कने बढ्दै गएसँगै यहाँका क्वारेन्टिन केन्द्रमा मानिस थपिने क्रम ह्वात्तै बढेको हो । यसअघि १९ क्वारेन्टिन केन्द्र रहेका जिल्लामा अहिले २५ थपेर ४४ पु¥याइएको छ । एक हजार ८४९ श्ययाका ४४ क्वारेन्टिनमा सोमबारसम्म […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१३ जेठ । मुख्यमन्त्री लालबाबु राउतले सोमबार कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जलाई स्वास्थ्य सामग्री र चेक हस्तान्तरण गर्नुभएको छ । सो अस्पतालका प्रमुख डा मदन उपाध्यायलाई मुख्यमन्त्री राउतले स्वास्थ्य सामग्रीमा भिटिएम ९५० थान, मास्क चार हजार थान, सर्जिकल पञ्जा एक हजार जोडा, डिजिटल थर्माेमिटर ३० थान, स्यानिटाइजर […]
न्यूजमधेश सम्बादाता राजविराज ,१२ जेठ । सप्तरीको बोदेबरसाइन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंहले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित भएर इद मनाउन मुस्लिम समुदायलाई अपिल गर्नुभएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इदउल फित्रको अवसरमा आज न्यूजमधेश संग कुरा गर्दै उहाँले यस वर्ष विश्वभर फैलिएको कोभिड–१९ का कारण यी चाडपर्व खुला र भव्यरुपमा आयोजना गरी मनाउन […]
न्यूजमधेश सम्बादाता महोत्तरी ,१२ जेठ । जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । प्रहरी लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय […]
राकेश मैथिल दोहा कतार ,११ जेठ ।कतारमा कोरोनाका बिरामीहरुले स्वास्थ्य लाभ गर्ने संख्या बढ्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा ६५७ जनाले स्वास्थ्य लाभ गरेका छन । यस सँगै स्वास्थ्य लाभ गर्नेको कुल सङ्ख्या ९ हजार १ सय ७० पुगेको छ । आज जारी तथ्याङ्क अनुसार ३ […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,११ जेठ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार एकै परिवारका १८ जना कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट आइतबार राति डिस्चार्ज भएका हुन् । उनीहरुमध्ये एक जना गत बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल […]