३० कार्तिक २०८२, आइतबार
16-11-2025 , Sun
×

मधेस

प्रादेशिक अस्पताल जनकपुरको परीक्षणमा सबैको रिपोर्ट ‘नेगेटिभ’

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२२ चैत्र ।प्रदेश २ का प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना भाइरसको चार जनाको स्वाबको परीक्षण गर्दा सबै रिपोर्ट ‘नेगेटिभ’ आएको छ । सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आज प्रेस भेटघाटमा सो जानकारी गराउनुभएको हो । प्रदेश नं–२ मा हालसम्ममा ७९ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा आजसम्ममा ३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ […]

न्यूजमधेश सम्बादाता राजविराज ,२२ चैत्र। सप्तरीको कञ्चनरुप नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा राखिएकी एक महिलालाई आजदेखि आइसोलेसनका लागि राजविराज ल्याइएको छ । शुक्रबार राति ज्वरो आएपछि आज आइसोलेसनका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको अस्पतालले जनाएको छ । सो अस्पतालले बिरामी महिलाको घाँटीको स्वाब परीक्षणका लागि सङ्कलन गरेको छ । उहाँलाई अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरी […]

न्यूजमधेश सम्बादाता वीरगंज,२२ चैत्र ।भोर नामक परोपकारी संस्थाका अध्यक्ष एवं फिल्म निर्माता राजकुमार महतोलगाइत पांच जनालाइ प्रहरीले पक्राउ गरेको छ। शनिबार पर्सा जिल्लाको सकुवा पर्सौनी गाउँपालिकाको वडा नं १ मा रहेको उराउ समुदायका १९ घर परिवारलाई राहत बाड्न जादै गर्दा प्रहरीले पक्राउ गरको छ ।कलाकारको टोलीले आफूले सम्बिन्धत प्रहरीलाई खबर गरी राहत बाड्न हिँडेको बताएका […]

न्यूजमधेश सम्बादाता राजविराज ,२२ चैत्र । सप्तरीमा कोरोनाको आशंका गरिएका नौ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको स्याब परीक्षणपछि रिपोर्ट नेगेटिभ आएको हो भारतको बिभिन्न ठाउँबाट आएका आठ जना तथा कतारबाट आएका एक जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालय प्रमुख दुनियाँलाल यादवले सबैको रिपोर्ट नेगेटिभ आएको बताए । नौ […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२२ चैत्र । जनमत पार्टीका केन्द्रिय सदस्य तथा महिला नेत्री अनिता साहले सरकारले लगाएको लकडाउनको पालना गर्दै ‘आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने सिद्धान्तलाई मध्यनजर राख्दै सामाजिक दुरी कायम गर्न सबैसँग आग्रह गरेकी छिन । महिला नेत्री साहले न्यूजमधेश संग शुक्रबार कुराकानी गर्दै उनले भने विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२२ चैत्र।मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका आठै जिल्लामा तत्काल एम्बुलेन्स र शव बाहनको व्यवस्था गर्न स्वास्थ्य सल्लाहकार समितिलाई निर्देशन दिएका छन् । कोरोना भाइरस संक्रमितलाई तत्काल अस्पताल पुर्याउनको लागि एम्बुलेन्सको आवश्यक्ता छ, उनले भने–‘शव बाहनको पनि आवश्यक्ता छ । त्यसैले ‘फास्ट ट्रयाक’ बाट आठै जिल्लामा एम्बुलेन्स र शव बाहनको व्यवस्थापनमा ढिलाई गर्नुहुँदैन् । कोरोना […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२० चैत्र।भगवान रामको ससुराली जनकपुरधामको जानकी मन्दिरमा जन्मोत्सव (रामनवमी )को सबै तयारी पुरा भइसकेकोछ ।‘भगवानको जन्मोत्सव विधिबिधान पूर्वक मनाइनेछ’जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए उनले भने, श्रद्धालु भक्तजनहरुको सहभागिता बिना नै सबै आयोजन हुने भएको छ। मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सव(रामनवमी) पर्वलाई जानकी मन्दिरले बिधिपूर्वक मनाउने भएकोछ ।विहिवार भगवान रामको […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१९ चैत्र । कोरोनाको आशंकमा प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका दुई व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालको आइसोलेशनमा भर्ना भएका दुबै व्यक्तिको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब विभागकी प्याथोलोजिस्ट डा. स्वेना ठाकुरले जानकारी दिइन् । उनका अनुसार भारतबाट केहि दिन अगाडि आएका ती दुई व्यक्तिमा रुघाखोकी र ज्वरो देखिएपछि अस्पतालमा भर्ना […]