०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

मधेस

लकडाउनको प्रभाव ः चैती छठ अन्तर्गत आँगनमै दिइयो अस्ताउँदो सूर्यलाई अर्घ

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१७ चैत्र । कोरोना संक्रमणबाट बच्न सरकारले लक डाउन लगाएपछि चैती छठ पर्व प्रभावित भएको छ । जनकपुरधामसहित प्रदेश २ का जिल्लामा भव्यताका साथ यो पर्व मनाउने गरिन्छ । लक डाउनका कारण सार्वजनिक पोखरी र जलासयमा जान नपाएपछि श्रद्वालुहरुले आफ्नो आँगनमै चैती छठ पर्व मनाएका छन् । सोमबार चैती छठ पर्व अन्तर्गत अस्ताउँदो […]

न्यूजमधेश सम्बादाता सप्तरी ,१७ चैत्र। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न सप्तरीको राजबिराज नगरपालिकाले विभिन्न वडाहरुमा किटनाशक औषधी छर्किएको छ । राजबिराज नगरपालिकाको प्रत्येक वडाका बजार क्षेत्रमा किटनाशक औषधी छर्किएको हो । बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणलाई […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम, १६ चैत्र। कोरोना भाइरस बाट प्रभावित व्यक्तिहरुलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न संघ संस्थाहरुले रकम पठाउन शुरु गरेको छ । राहत कोषमा सबै भन्दा पहिले सिद्धार्थ बैंकले १० लाख रकम जम्मा गरेको छ । सिद्धार्थ बैकका जनकपुर स्थित प्रतिनिधिहरुले १० लाखको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१६ चैत्र। जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पतालले कोरोना संक्रमित फैलिन नदिन फिबर क्लिनिक संचालन गर्ने भएको छ । अस्पतालले यसका निम्ति आकस्मिकबाहेक सबै सेवा बन्द गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण बढ्न नदिन अस्पतालले आईतबारदेखि फिबर क्लिनिक संचालन गर्न लागेको मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादवले जानकारी दिए । […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१५ चैत्र । प्रदेश २ सरकार कोरोनाबिरुद्व लड्न तम्त्यार रहेको जनाइसकेको छ । यसका निम्ति बजेटहरु पनि छुट्टयाइसकेको छ । तर, प्रदेशमा हालसम्म यसको तयारी राम्रो बन्न सकेको छैन् । खासगरी कोरोनाबिरुद्वका उपकरण र उपचारस्थलहरु अहिले पनि प्रभावकारी देखिन सकेको छैन् । कोराना संक्रमितका लागि बीरगंजको नेशनल मेडिकल कलेज र जनकपुरधामस्थित जानकी […]

न्यूजमधेश सम्बादाता महोत्तरी,१३ चैत्र। महोत्तरीको बर्दिवासस्थित होटल पावन मिथिलालाई क्वारेन्टाइनका लागि तयार गरिएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी नेतृ एवं प्रतिनिधी सभाकी सदस्य निर्जला राउतको यो होटेललाई क्वारेन्टाइनका लागि तयार पारिएको हो । राउतले यो होटेल प्रदेश २ सरकारले चाहेको खण्डमा क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने बतताएकी छन् । यो होटलमा ४५ वटा […]

जितेन्द्र अक्षत जनकपुरधाम,१० चैत्र।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुले महिला अधिकार जोखिममा परेका कारण महिला बचाउका लागि अनेकन प्रयास थालिएपनि बालबिबाहका कारण महिलाहरु भने आफ्ना अधिकारबाट बन्चित भइ नै रहेका छन। नेपालको सन्दर्भमा हेर्दा तराइ मधेस यो समस्याको भने मुख्य जरा रहेको छ।कम उमेरमा बिबाह तथा बालबिबाहबाट महिनौपिच्छे नारीहरु सरकारी सेवा सुबिधाबाट बन्चित भइरहेका छन। कहि […]

न्यूजमधेश सम्बादाता सर्लाही ,९ चैत्र । सर्लाहीको लालबन्दी नगरपालिका–१४ नारायण खोलामा रहेको स्वास्थ्य चौकीमा सेवाग्राही नहुँदा स्वास्थ्यकर्मी गफ गरेर दिन बिताउन बाध्य छन् । दूर्गम क्षेत्रमा रहेको चौकीमा मुश्किलले दैनिक एक÷दुई जनामात्र सेवाग्राही स्वास्थ्य सेवा लिन आउने हुँदा आफूहरु फुर्सदिलो भएकोे अनमी रीता भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो “ कुनै दिन त सेवाग्राही नै आउँदैनन […]