०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

मधेस

यादवलाई प्रमुख अतिथि बनाएपछि विश्वविद्यालयमा जनमत पार्टीले‌ गर्‍यो तालाबन्दी

राजविराज । राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयमा जनमत पार्टीका कार्यकर्ताहरुले आइतबार तालाबन्दी गरेका छन् । सोमबार राजविराज -१३मा विश्वविद्यालयको शिलान्यास गर्न कार्यक्रम तय गरिएको छ । शिलान्यासमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने भएपछि जनमतका कार्यकर्ताहरु विरोधमा उत्रिएका हुन् । जनमतले आइतबार विश्वविद्यालयको उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै कार्यालयमा तालाबन्दी गरेको हो । तालाबन्दीपछि विश्वविद्यालयको […]

काठमाडौं । मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ६१ रनले हराउँदै तेस्रो जित हात पारेको छ । योसँगै मधेश अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । २३२ रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा १ सय ७० रनमा अलआउट भयो । कर्णालीका युवा विकेटकिपर अर्जुन घर्तीले १ सय ५ बलमा २ चौका […]

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले अधिकार अझै नपाएको भन्दै आन्दोलनका लागि तयार हुनुपर्ने बताएका छन् । सिरहाको लहानस्थित शहिद रमेश महतोको शालिकमा माल्यार्पण र श्रद्धाजली दिदै उनले भने, ‘रमेश महतो सहादत दिएको १७ वर्ष वित्यो । संघीयता आयो । तर अधिकार पाएनौं । विभेद पनि कायमै छ । त्यसैले जनमत पार्टी संघर्षका […]

जनकपुरधाम । मधेश सरकारले वीरगञ्जमा मनाउन लागेको मधेश बलिदानी दिवस समारोहमा आन्दोलनका घाइतेहरुले होहल्ला गरेका छन् । राहतमा विभेद गरेको भन्दै उनीहरुले विरोध गरेका हुन् । मञ्च नजिकै पुगेर विरोध गर्न थालेपछि उनीहरुलाई पनि चेक वितरण सुरु गरिएको छ। कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले शहीद परिवारका सदस्यलाई ३/३ लाखको चेक र कम्बल वितरण गरेका थिए।आन्दोलनका […]

जनकपुरधाम ‌। मधेश विद्रोह सुरु भएको आज १७ वर्ष पूरा भएको छ । आजकै दिन सिरहाको लहानमा रमेश महतो शहिद भएका थिए । महतो मधेश विद्रोहका प्रथम शहिद हुन् । उनको सम्झनामा मधेश केन्द्रित दल र मधेश सरकार १७ औं बलिदानी दिवस मनाइँदै छ । लहानस्थित शहिद महतोको शालिकमा नेताहरु माल्यार्पण गर्ने छन् । आमा […]

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याज ऋणीकाे एक समूहले एक साहु (महाजन)लाई कुटपिट तथा दुर्व्यवहार गरेका छन् । सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरुको समूहले कुटपिट गरेको हो । गोइतको टाउको फुटेको छ । उनी कानूनी व्यवसायी रहेको बुझिएको छ । मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि उनीहरुलाई प्रशासनले छलफलका लागि […]

बारा । बाराको निजगढ नगरपालिकामा बाघले आतंक मच्चाएको छ । नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ का बासिन्दाको गोठका वस्तु बाख्रा नै बाघले मारेको भन्दै स्थानीयबासिन्दाले सहयोगमा अपिल गरेका छन् । पाटेबाघले गएराति मात्रै जयबहादुर सिं र सुमन जिम्बाका बाख्रा, सुकबहादुर थिङ्गको गोरु, दूध कान्छाका २ वटा गाई र श्याम बन्जाङको २ वटा […]

महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका–८ का बासिन्दाहरू चोरी र डकैती रोक्न अत्यधिक चिसोमा पनि रातभर जाग्राम बस्न बाध्य छन् ।वडा नं. ८ सहसरामका पूर्ववडाध्यक्ष राधेश्याम तिवारीले चोरी, डकैतीका घटनाहरू बढ्न थालेपछि स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य रहेको बताउनुभयो । उहाँले चिसो मौसममा शीत तपतप चुहिरहेको भए पनि आफूहरू हातमा लट्ठी लिएर रातभरि घुम्दै फिर्दै ‘जगले […]