२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

मधेस

काठ तस्करी गरेको आरोपमा सर्लाहीबाट फर्निचर उद्योग सञ्चालक पक्राउ

जनकपुरधाम । काठ तस्करी गरेको आरोपमा प्रहरीले सर्लाहीको हरिवनबाट एकजना फर्निचर उद्योग सञ्चालकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले हरिवन नगरपालिका ८ चापिनीस्थित शिवपुरी काष्ठ तथा फर्निचर उद्योग र शाही भेनियर प्रालिका सञ्चालक प्रमोद भट्टराईलाई पक्राउ गरेको हो। उद्योगबाट २ हजार ६ सय ३५ क्युफिट अवैध काठसमेत बरामद गरिएको इलाका प्रहरी […]

वीरगन्ज । सशस्त्र प्रहरीले पर्साको हरिहरपुर गाउँपालिकाबाट एक सय ६८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पर्साको जगनाथपुर गाउँपालिका ४ स्थित हरपुरबाट सशस्त्र प्रहरीले करिब १ सय ६८ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धादिङको बेनिघाट गाउँपालिका–४ का २० वर्षीय समिर तामाङ र मकवानपुरको राङसिराङ गाउँपालिका–४ का २२ वर्षीय राजु […]

जनकपुरधाम । सिरहामा मिटरब्याजी पीडितलाई खुकुरी प्रहार प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।सोमबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको हो। पक्राउ पर्नेमा सोही ठाउँका रामबाबु साह रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।सोमबार साहले कामतीमाथि खुकुरी देखाएको भिडिओ सामाजिक सञ्जालमा […]

जलेश्वर । आठ वर्षअघि भएको मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा गएको मंसिर २८ गते जन्मकैद सजाय पाएका महोत्तरीका मोहन ठाकुर जेल चलान भएका छन्। लेनदेन मुद्दामा सिन्धुली कारागारमा सजाय भुक्तान गरिरहेका जलेश्वर नगरपालिका- ९ निवासी ठाकुर विक हत्यामा दोषी ठहर भएपछि पुनः जेल चलान भएका हुन्। उनलाई यही […]

जनकपुरधाम । चिसो बढेपछि मधेशमा जनजीवन प्रभावित बनेको छ। हुस्सु र कुहिरोसँगै शीत लहरले तराईमा चिसो बढेको हो । दिनभरि लाग्ने हुस्सु र कुहिरोका कारण घाम लाग्न छोडेको छ । चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने वर्ग बढी प्रभावित भएका छन् । आज पनि बिहानैदेखि तराईका अधिकांश ठाउँमा हुस्सु र कुहिरो लागेको […]

जनकपुरधाम । विगत ६ महिनादेखि लथालिङ्ग बनेका धनुषाको जनकनन्दिनी गाउँपालिका लयमा फर्किन लागेको छ । निमित कार्यालय प्रमुखको भरमा चल्दै आएको सो पालिकामा मंसिर २४ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका सर्वजित झाले कार्यालयमा लयमा ल्याएका छन् । असार मसान्त सकेपछि चालु आर्थिक वर्षमा कर्मचारीको तलव भत्ता, सामाजिक सुरक्षा भत्ता समेत वितरण गरिएको थिएन् । […]

जनकपुरधाम ।मधेश प्रदेशमा जनमत पार्टीबाट एक जनाले राष्ट्रिय सभा सदस्यमा मनोनयन दर्ता गरेका छन् । प्रस्तावक मधेश प्रदेश सांसद शम्भु साह र प्रदेश सांसद संजय यादव समर्थक रहेर धनुषाका रामशंकर महासेठले अन्य समूहबाट उम्मेदवारी दर्ता गराएका छन् । जनकपुरधामस्थित रहेको निर्वाचन आयोगमा पुगेर आज राष्ट्रिय सभा सदस्यको लागि महासेठले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन। उम्मेदवारी […]

राजविराज ।मधेस प्रदेशका सप्तरी जिल्लाबाट स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक प्रहरीको फन्दामा परेका छ्न। शनिबार जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलन गरी राजगढ गाउँपालिका–२ झौराचोकबाट प्रहरीले नियन्त्रणमा लिएको भारत मधुवनी भरफोर ग्राम पञ्चायत–३ सुब्बाटोलका २५ वर्षीय सञ्जयकुमार यादवलाई नगदसहित सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले […]