०३ आषाढ २०८२, बुधबार
18-06-2025 , Wed
×

मधेस

जनकपुरमा अवैध औषधि पसलेको भागाभाग

जनकपुरधाम । मधेशको राजधानी जनकपुरधाममा औषधि व्यवस्था विभागले अनुगमन थालेपछि अवैध औषधि पसल सञ्चालकले पसल बन्द गरेका छन् । विभागको शाखा कार्यालय वीरगञ्जका अधिकृत मुकेन्द्र पञ्जियार नेतृत्वमा आएको टोलीले गत मंगलबारदेखि औषधि पसल तथा फार्मेसीको अनुगमन गरिरहेको छ । सो क्रममा दर्ता बिनै सञ्चालित अधिकांश औषधि पसल सञ्चालक पसल बन्द गरी भागेको विभागको वीरगञ्ज शाखाका […]

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठकबाट सङ्घीयता तथा लोकतान्त्रिक गणतन्त्रको पक्षमा नेकपा एमालेका सचेतक हरिनारायण महतोले पेश गर्नु भएको सङ्कल्प प्रस्ताव सर्व सम्मतिले बुधबार पारित भएको छ । सङ्घीयताको विपक्षमा आन्दोलन शुरु भएको बेलामा मधेश प्रदेश सभामा नेकपा एमालेबाट सङ्घीयता सहितको गणतन्त्र बलियो बनाउने विषयको सङ्कल्प प्रस्ताव सबै दल तथा प्रदेश सभाका सदस्यहरूको पूर्ण समर्थनमा […]

बारा । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेशप्रसाद यादवले मधेश प्रदेश सरकारले शिक्षालाई विशेष महत्वका साथ राखेको बताएका छन् । बाराको सिमरामा आयोजित बृहत शिक्षा सम्मेलन कार्यक्रममा बोल्दै शिक्षा मन्त्री यादवले मधेश प्रदेशलाई साक्षर बनाउनुपर्छ भन्ने आफ्नो पहिलो निर्णय भएको बताए । ‘मधेश प्रदेश सरकारले अबको ४ वर्षमा यो प्रदेशमा कोही व्यक्ति निरक्षर […]

जनकपुरधाम । धनुषाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका ८ ठिल्ला बस्ने ५१ वर्षीय रामईश्वर ठाकुर छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले दिएको जानकारी अनुसार शुक्रबार साँझ ५० वर्षीया श्रीमती रामकाशी देवीलाई कुटपिट गर्ने र हतियार देखाई ज्यान मार्ने धम्की दिइरहेका थिए । सो सूचना पाएपछि इलाका […]

जनकपुरधाम । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गरेको ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । आज पोखरा रङ्गशालामा भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेशले उपाधि जितेको हो । उपाधिसँगै मधेसले नगद रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो । […]

जनकपुरधाम । धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदीमा आज ‘देवता मेल’ लागेको छ । देवता मेलाको अवसरमा आज बिहानैदेखि कमला नदिमा स्नान गर्ने श्रद्धालुहरूको घुइँचो लागेको छ । कात्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्ष स्नान गर्ने सदियौँको परम्परा रहि आएको छ ।

सिरहा : सिरहाको औरही गाउँपालिकालाई जनमत पार्टीद्वारा किसानका लागि गहुँ बिउ र मल खाद्य समयमा आपूर्ति गरि वितरण गर्न ध्यानाकर्षण गराएको छ। तराईका किसानहरु अहिले धान काटेर भित्राउने र गहुँ छर्ने सुरसारमा छन् । तर पालिकाले किसानका लागि अनुदानमा गहुँ खरिद गरि वितरण गर्न रु.८,००,००० (अक्षरेपी आठ लाख )रकम छुट्याइए पनि गहुँ खरिदको कुनै पनि […]

राजविराज । मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले सप्तरी जिल्लाका हरेक खेलाडीको व्यवस्थापन गरिने बताएका छन् । क्रिकेटर विवेक यादव र भारोत्तोलन खेलाडी संजय यादवलाई सम्मान गर्न जिल्ला खेलकुद विकास समिति, सप्तरीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले उक्त कुरा बताएका हुन् । ‘आर्थिक कारण नै खेलाडी खेलकुद छाड्न […]