०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

मधेस

जडीबुटी प्रशोधन केन्द्र तीन वर्षपछि पुनः सञ्चालनमा ल्याउने तयारी

न्युजमधेस डेस्क जनकपुरधाम, २८ असार। मधेस प्रदेशको जिल्ला धनुषाको मिथिला नगरपालिका–४, पुष्पवलपुरमा रहेको जडीबुटी प्रशोधन केन्द्र तीन वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ । २०७६ सालमा मधेश प्रदेश सरकारले भाटीघारी सामुदायिक वन उपभोक्ता समूह पुष्पवलपुरलाई जडीबुटी प्रशोधन गर्ने मेसिन उपलब्ध गराएको थियो । तीन महिनासम्म सञ्चालन गरिएको जडीबुटी प्रशोधन केन्द्र कोभिड–१९ का कारण बन्द गरिएको थियो । बन्द अवस्थामा […]

कमलेश ठाकुर जनकपुरधाम,२८ असार । एसिड पीडित आरती साहलाई मुद्दा फिर्ता लिन व्यवसायी नागेन्द्र साहले दबाब दिने गरेको आरोप लागेको छ । एसिड विक्रेता साहले ६ लाख रुपैयाँ लिएर मुद्दा फिर्ता लिन दबाब दिएको आरतीले आरोप लगाएकी छन् । “नागेन्द्रका मानिसले मलाई मुद्दा फिर्ता लिन विभिन्न प्रलोभन र धम्की दिने गरेको छ,” उनले भनिन्, “मेरो […]

न्युजमधेस डेस्क जनकपुरधाम,२७ असार। सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा विकल्प खोज्न र पुनः अध्ययन गर्न दिएको आदेशलाई लत्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवालगायत तीन दलका नेताले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्दै दिएको अभिव्यक्ति गलत भएको टिप्पणी गरेका छन्। आइतबार प्रोपब्लिकलगायत कानुन आबद्ध विभिन्न संगठन, वातावरणविद्ले आयोजना गरेको निजगढ फैसला कार्यान्वयनको मार्गचित्र विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा […]

न्युजमधेस डेस्क असार २७ गते, राशिफल। तपाईँको आजको दिन कस्तो रहनेछ? यस्तो छ आजको फलादेश: मेष : साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ। वृष : आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। मिथुन : आम्दानी र खर्च बराबर हुने देखिन्छ। रोग बढ्नेछ। कर्कट : प्रतिस्पर्धीहरु सक्रिय छन्। […]

न्युजमधेस डेस्क जनकपुरधाम,२६ असार। मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा मात्र ५०.९१ प्रतिशत बजेट खर्च गर्न सकेको जनाएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरधामका अनुसार चालु आ.व. मधेश प्रदेश सरकारले रु ३४ अर्ब ८८ करोड ९८ लाख १० हजारमध्ये १७ अर्ब ७६ करोड ३६ लाख ७५ हजार ७४९ रुपैया बजेट मात्र खर्च गरेको […]

न्युजमधेस डेस्क जनकपुरधाम,२६ असार। मधेस प्रदेशमा आर्थिक वर्षको अन्तिममा हतार–हतार बजेट खर्च गर्न ‘असारे विकास’को परम्परालाई यसपटक पनि निरन्तरता दिइएको छ । आफ्नै नातागोता तथा कार्यकर्ता समेटेर उपभोक्ता समिति बनाई ठेक्कापट्टामार्फत आयोजनाको जिम्मा दिएर बजेट दुरुपयोग गर्ने क्रमले निरन्तरता पाएको हो । मधेस प्रदेश सरकार अन्तर्गत जिल्ला प्राविधिक कार्यालय धनुषामा अहिले भुक्तानी लिन आउनेहरूको भिड […]

न्युजमधेस डेस्क जनकपुरधाम,२६ असार। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने […]

न्युजमधेस डेस्क जनकपुरधाम,२५ असार। जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी साताको एक दिन साईकल चढ्ने भएका छन् । इन्धनको खपत घटाउनका लागि हरेक हप्ताका शुक्रबार उपमहानगरका सबै जनप्रतिनिधि र कर्मचारीले साइकल चढ्नु पर्ने भएको हो । यो निर्णय आगामी साउन महिनादेखि कार्यान्वयनमा आउने उपमेयर किशोरी साहले बताए । उपमहानगरपालिकाको नगर सभाले यस्तो निर्णय गरेको उनले जानकारी […]