न्यूजमधेश डेस्क सिरहा ,६ कार्तिक । सिरहाका पुराना पत्रकार तथा नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष रामानन्द गुप्ताको निधन भएको छ । लामोसमयदेखि रक्तचापको दीर्घरोगी रहनुभएका गुप्ताको ५८ वर्षको उमेरमा उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गत बुधबार हृदयघात भएपछि पत्रकार गुप्तालाई अस्पताल भर्ना गरिएको थियो । […]
न्यूजमधेश डेस्क कलैया ,५ कार्तिक । लागुऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका–४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियार रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो । ती महिलााको तीघ्रामा लुकाइएको १४ पोकामा […]
न्यूजमधेश डेस्क विरंगज ,५ कार्तिक। वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,४ कार्तिक । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले समयमा काम नगरेपछी खानेपानी तथा ढल निकास विभाग जनकपुरका निमित प्रमुख हिलो र मोसो दलेर नगर परिक्रमा गराएका छन् । जनकपुरधाम उपमहानगरपालिकाभित्रको ढल व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको भन्दै खानेपानी तथा ढल निकास विभाग जनकपुरका निमित प्रमुख जागेश्वर कुशवाहलाई बिहीबार दिउँसो शरीरमा हिलो र […]
कमल कमार मण्डल राजविराज, ३ कार्तिक । महुली नदिको बाँध भत्किदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहामा करिब ३ सय परिवार समस्यामा परेका छन् । देशभरिमा भएको बेमौसमी वर्षाका कारण नदिको जल सतह बढे पश्चात, बाँध भत्किदा वस्तीमा पानी पसेको हो । ‘वर्षेनी यस्तो समस्या खेप्दै आएको’ स्थानीय जितेन्द्र यादवले भने- स्थानीय, प्रदेश र संघिय […]
न्यूजमधेश डेस्क पर्सा ,२८ असोज । पर्सामा भारतीय नम्बर प्लेटको ग्याँस बुलेटबाट एक सय २० किलो गाँजा बरामद भएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ आईसीपी गेट अगाडि रोकी राखेको भारतीय नम्बर प्लेटको एलपी ग्याँस बोकेको बुलेटबाट एक सय २० किलो गाँजा बरामद गरेको हो । बुलेटको चालक बस्ने क्याबिन भित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ असोज । प्रदेश २ मा प्रदेशसभाबाट पारित दुईवटा विधेयक पुनः पारित भएको छ । पारित भइसकेको विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष जाँदा फिर्ता पठाइएको थियो । तत्कालीन प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले फिर्ता गरेको स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक […]
न्यूजमधेश डेस्क वीरगञ्ज, २२ असोज। मुलुककै सबैभन्दा ठूलो भन्सार नाका, वीरगञ्जबाट यर्थाथ भन्सार महसुलभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र बनाई विभिन्न सामान नेपाल भित्रिने गरेको तथ्य फेला परेको छ । व्यवसायी र भन्सार कर्मचारीको आपसी समझदारीमा सामग्रीको यकिन मूल्यभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र जारी गरी विभिन्न सामग्री नेपाल आउने गरेको तथ्य बाहिर आएको हो । पछिल्लोपटक भारतबाट आयात […]