न्यूजमधेश डेस्क जनकपुरधाम,१६ असोज। राष्ट्रिय एकता अभियानले बाराको कलैयामा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ । अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुतलासमेत दहन गरेको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री राउतले तत्काल राजीनामा दिनुपर्ने […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ असोज । शनिबार डा .सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको ‘मधेश कभरेज अभियान’ अन्तर्गत मधेशका विभिन्न जिल्लाहरुमा नगर तथा गाउँ अधिवेशन सम्पन्न गरिएको छ । सोही अभियान अन्तर्गत धनुषा जिल्लामा अधिवेशन गर्न बाँकी रहेका चार स्थानीय तहमा एकैसाथ जनमत पार्टीले नगर अधिवेश सम्पन्न गरिएको हो । सोहि अभियान अन्तर्गत जिल्लाको क्षिरेश्वरनाथ […]
न्यूजमधेश डेस्क वीरगञ्ज,१५ असोज। स्रोत नखुलेको १५ लाख ५० हजार रुपैयाँ नगदसहित प्रहरीले वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना भारतीय नागरिक हुन् । भारतको पूर्वी चम्पारण थाना कंगेली–१ वसन्तपुरका २५ वर्षीय विक्रम पटेल, मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल र पर्सा धोविनी गाउँपालिका–३ हरिहरपुरका २३ वर्षीय बलिराम पटेललाई […]
न्यूजमधेश डेस्क वीरगञ्ज ,१३ असोज । प्रहरीले वीरगञ्जबाट मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवकलाई पुनः पक्राउ गरेको छ । रौतहट साविक नरकटिया गा.वि.स-२, परिवर्तित परोहा गाउँपालिका-७ घर भई हाल बसाइँसराइ गरी वीरगञ्ज-२ छपकैया बस्ने १९ वर्षीय (तत्काल-१७ वर्ष) का समशाद मियाँलाई पक्राउ गरेको हो । उनले वि.स.२०७६ भदौ २० गते बिहान ०६.२०बजे वीरगञ्ज-४ गणेशमान चोकस्थित […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ असोज । प्रदेश नं २ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक यही असोज २० गते आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । सोही दिन मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन प्रदेशसभा समक्ष प्रस्ताव प्रस्तुत गर्नुहुने बताइएको छ । अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक असोज २० गते आह्वान गर्न सिफारिस […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१३ असोज। जनता समाजवादी पार्टी (जसपा) को बैठकस्थलमै सोमबार अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतसहितविरुद्ध विरोध एवं नाराबाजी भएको छ । मधेश आन्दोलनका शहीद परिवारले पटक–पटक आश्वासन मात्रै दिएको भन्दै बैठकस्थलमा व्यापक विरोध गरेको हो । मंगलबार बिहानदेखि धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित बाबाको ढावा होटलमा जसपाको प्रदेश २ का केन्द्रीय सदस्यहरुको बैठक चलिरहेको […]
न्यूजमधेश डेस्क विरगंज ,१३ असोज । मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८÷७९ को हालसम्म कूल रु ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार चालु आवको साउन १ देखि असोज १० गते (हालसम्म)को वितरणअनुसार सो बराबरको राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको हो । कार्यालयका अनुसार […]
न्यूजमधेश डेस्क विरगंज ,१२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा भएको अनियमितताबारे थप अनुसन्धान थालेको छ । गाउँपालिकामा भएका विभिन्न निमार्णका काममा अनियमितता भएको भन्दै पटक पटक उजुरी परेपछि आयोगले थप अनुसन्धान अघि बढाएको हो । गाउँपालिकाबाट थप कागजात माग गरी परेका उजुरीबारे थप अनुसन्धान थालिएको आयोगको हेटौँडा कार्यालयका उपसचिव […]