न्यूजमधेश डेस्क जलेश्वर ,४ असोज । संविधान दिवस– २०७८ को अवसर पारेर जलेश्वर कारागारबाट १० जना कैदी बन्दलाई रिहा गरिएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ अनुसार देशभरका ५ सय २३ कैदीबन्दीहरुलाई आम माफी दिएका हुन । जलेश्वर कारागारमा रहेका ९ जना पुरुष र एक जना महिला कैदीबन्दी आइतबार घर फर्केका […]
न्यूजमधेश डेस्क जलेश्वर ,३ असोज ।महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा पूजाको विषयलाई लिएर आज दिउँसो दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका–२ तरहारी गाउँका ५० वर्षीय रामप्रसाद यादव रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो । सुन्दरपुरका ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने बताएका छन्। शनिबार जनकपुरमा माओवादी केन्द्र प्रदेश नम्बर २ को प्रशिक्षण कार्यक्रमको समापनपछि आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसीभन्दा गठबन्धन महत्वपूर्ण रहेको बताए। ‘प्रतिगामी शक्तिले रोक्न खोज्दा खोज्दै बनेको गठबन्धन संविधानको रक्षा, राष्ट्रको रक्षाका लागि बनेकाले ढुक्क भएर बस्नुस्। […]
न्यूजमधेश डेस्क सर्लाही ,१ असोज। ईश्वरपुरबाट ठगी र वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको टोलीले जिल्ला अदालतबाट झण्डै रु ७१ लाख जरिवाना तोकिएपछि फरार भएका ठगी मुद्दाका दुई र वन मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–८, रामपुरका ५५ वर्षीय चेतबहादुर कार्की र […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२९ भाद्र । महोत्तरीको गौशाला नगरपालिका–३ का सुरेन्द्र महरा गाउँमै दैनिक ज्यालादारीको काम गर्थे । यसबाट भएको आम्दानीले जीविका चलाउन गाह्रो भएपछि विदेश जाने सोचाइ बनाए । त्यही क्रममा २०७४ सालमा उनको भेट भयो सर्लाहीको धनकौल गाउँपालिकाका राजन भनिने कुन्दन मिश्रसँग । मिश्रले दुबईमा राम्रो काम लगाइदिने विश्वास दिलाए । महराले घडेरी धितो […]
न्यूजमधेश डेस्क राजविराज,२९ भाद्र । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फोटो लगाइएको होर्डिङ् बोर्ड जलाएको भन्दै एक जनालाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित कंकालिनी मन्दिर प्राङणमा प्रदेश सरकारको स्वच्छता अभियान सम्बन्धी होर्डिङ बोर्ड जलाएको भन्दै राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ भाद्र । धनुषाको विदेह नगरपालिकाले सरकारी खर्चमा मनमौजी गरेको पाइएको छ । विभिन्न कारणले पटक-पटक चर्चामा आइरहने यो नगरपालिकाका मेयर बेचन दासले सरकारी खर्चमै निजी निवासमा सामानहरू खरिद गरेर लगेको पाइएको छ भने नगरपालिकाबाट २५ लाख रुपैयाँ मदिरा पसललाई भुक्तानी गरेको समेत पाइएको छ । त्यस्तै ईन्धनमा समेत मनोमानी खर्च गरेको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ भाद्र। प्रदेश २ सरकारले कोरोना माहामारीविरुद्ध सचेतना अभियानअन्तर्गत ‘नो मास्क नो सर्भिस’ अभियान सञ्चालन गर्ने भएको छ । मुख्यमन्त्री निवास मधेश भवनमा आइतबार सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । कोभिड संक्रमितहरुको संख्यामा कमी आएलगत्तै सर्वसाधारणले मास्कको प्रयोगमा हेल्चक्र्याइँ गर्न थालेपछि प्रदेश सरकारले सरकारी कार्यालयहरूमा उक्त […]