०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

मधेस

सिरहामा विभन्न मुद्दामा फरार १३८ जना प्रहरीको फन्दामा

न्यूजमधेश डेस्क लहान ,२६ श्रावण । विभिन्न अपराधमा संलग्न रही फरार रहेका १३८ फरार अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । अदालतको फैसला कार्यान्वयन गराउन आव २०७७÷७८ मा ती सबैलाई पक्राउ गरी अदालतमा पेश गरेको सिरहा प्रहरीले जनाएको छ । विभिन्न घटनामा संलग्न रही अदालतबाट तोकिएको कैद सजाय, जरिवाना नतिरी फरार अभियुक्तलाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ श्रावण। आरती साहलाई एसिड प्रहार गरेको आरोपमा धनुषा जिल्ला अदालतले उनका श्रीमान् सञ्जीव साहलाई कसुर गरेको ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्ने आदेश गरेको छ । एसिड विक्रेता नागेन्द्र साहको हकमा भने अदालतले सफाइ दिएको हो । जिल्ला अदालतका न्यायधिश कृष्णमुरारी सिवाकोटीको एकल इजलासले एसिड प्रहार गरेको आरतीका श्रीमान् सञ्जीवलाई […]

न्यूजमधेश डेस्क सप्तरी ,२४ श्रावण । प्रदेश–२ का प्रमुख राजेश झा ‘अहिराज’ ले सकारात्मक सन्देश फैलाउन सुरक्षा निकाय, कर्मचारी र पत्रकार मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । सप्तरीको सुरक्षा निकायका पदाधिकारी र पत्रकारबीच भएको आज अन्तरक्रियामा उहाँले हरेक नागरिकलाई देशप्रति गर्व र मधेसप्रति मायाको भावना जागृत गराउन एकजुट हुनुपर्ने बताउनुभयो । भ्रष्टाचारीको जात, धर्म, आस्था […]

न्यूजमधेश डेस्क रौतहट ,१६ श्रावण । इलाका प्रहरी कार्यालय चन्द्रपुरले आज चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरस्थित एक होटलबाट नौ जुवाडेलाई पक्राउ गरेको छ । स्थानीय होटल अशोकाको कोठा नम्बर ३०१ बाट जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ पर्नेमा गरुडा नगरपालिका–४ का २५ वर्षीय रामशरण चौरसिया, २४ वर्षीय जयप्रकाश […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ श्रावण । धनुषामा आज एकाबिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने दीपक यादव रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । दुर्घटनामा परी घाइते यादवकोे उपचारका क्रममा प्रादेशिक […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,११ श्रावण । राष्ट्रिय एकता अभियानले प्रदेश २ सरकारले ल्याएको मदरसा शिक्षा विधेयक फिर्ताको माग गर्दै जनकपुरधाममा प्रदर्शन गरिएको छ । सोमबार राष्ट्रिय एकता अभियान राष्ट्रिय अध्यक्ष विनय यादवको नेतृत्वमा सो विधेयक फिर्ताको माग गर्दै प्रदर्शनसहित मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाएका छन् । पुत्ला जलाउने बेला प्रहरीसँग झडप भएको थियो । उक्त […]

न्यूजमधेश डेस्क महोत्तरी ,११ श्रावण । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा रु एक अर्ब ५० करोडको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्याश भएको छ । आज आइएमइ समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालीको शिलान्याश गर्नुभएको हो । अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ […]

गोपाल प्रसाद बराल महोत्तरी, १० श्रावण । गत मध्य असारसँगै शुरु भएको साताव्यापी मुसलधारे वर्षाले घर ढालेपछि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका उपेन्द्र कापर समस्या नै समस्याको भुमरीले रनभुल्ल हुनुहुन्छ । “घर ढलेर आकाशमुनिको बास बन्यो, बनीबुतो गरेर घरमा राखेको अन्नपात डुबानमा पर्दा जहान बालबच्चाको मुखमा माड लाग्ने बाटो खोसियो”, कापर बिरक्तिँदै भन्नुहुन्छ, “बर्खाकालमै छौँ, झुप्रो […]