०६ आषाढ २०८२, शनिबार
21-06-2025 , Sat
×

मधेस

प्रदेश २ का दुई जना मन्त्रीको जिम्मेवारी हेरफेर

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ भाद्र । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।भोली (सोमबार) देखी लागु हुने गरी आज दुई मन्त्रीको जिम्मेवारी जिम्मेवारी हेरफेर गरिएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका शैलेन्द्र साहलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । यस्तै आर्थिक मामिला तथा योजना […]

न्यूजमधेश डेस्क जलेश्वर ,११ भाद्र । महोत्तरी जिल्लाको रातो नदीको तटबन्ध भत्किँदा ९०० घर डुबामा परेको छ । जिल्लाको बलवा नगरपालिका–४ तिलगढ गाउँ नजिकै रातो नदीको तटबन्ध भत्किएर खोलाको पानी गाउँमा पस्दा ती घर डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रातो नदीमा आज बिहान आएको बाढीले बलवा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१० भाद्र । धनुषाकी आरती साहमाथि एसिड प्रहार गर्ने उनका पति सञ्जीव साहलाई जिल्ला अदालत धनुषाले कैद सजायसहित जरिवाना र क्षतिपूर्ति तिराउने फैसला सुनाएको छ । जिल्ला अदालत धनुषाका सूचना अधिकारी गङ्गाकुमार मिश्रले अदालतले आरतीमाथि एसिड प्रहार गर्ने उनका पति सञ्जिवलाई १० वर्ष छ महिना कैद, रु छ लाख ५० हजार जरिवाना […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१० भाद्र । प्रदेश २ सरकारको प्रमुख प्रशासनिक केन्द्र रहेको मधेश भवनभित्र एउटा रुख खस्दा विद्युत अवरुद्ध भएको छ । लगातारको बर्षाले जनकपुरधामस्थित मधेश भवनभित्रको एउटा रुख खस्दा विद्युतको पोल भाँचिदिँदा विद्युत अवरुद्ध भएको हो । बिहीबार बिहान एक्कासी बडहरको रुख ढल्दा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको निवासको पर्खाल समेत […]

न्यूजमधेश डेस्क सप्तरी ,७ भाद्र । लगातारको वर्षाका कारण सप्कोशी नदीमा आएको बाढीले सप्तरीको कोशी टप्पु भनेर चिनिने गोबरगाढाका बाढीपीडित भोकभोकै बस्न बाध्य छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबरगाढाका झण्डै ३५ परिवार विगत चार दिनदेखि राहतको पर्खाइमा छन् । कोशी नदीमा आएको बाढीले गोबरगाढाका घर जलमग्न भएका थिए । वडाध्यक्ष बिन्देश्वर यादवका अनुसार स्थानीय प्रमोद […]

लक्ष्मी साह बारा ,६ भाद्र । ५० हजार रुपैयाँ ऋण चुक्ता गर्न ७ वर्षमा साँवा ब्याजसहित ८ लाख रुपैयाँ पुग्छ भन्दा अचम्म लाग्न सक्छ । तर बारा सिम्रौनगढ नगरपालिका–१० देवापुरटेटाकी ५० वर्षीया निलादेवी ठाकुर लोहारसँग साहु विन्दालाल यादवले चर्को ब्याज मागेका हुन् । निला भने आफू मिटर ब्याजीको फन्दामा परेको भन्दै प्रहरीकोमा पुगेपछि घटना बाहिर आएको छ । […]

मिथिलेश यादव लहान , ६ भदौ । सिरहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले आफु चढ्ने जीप चालकलाई दश लाख उपचार खर्च दिन आदेश गरेको खुलेको छ। केसी चढ्ने जिपका चालक गोलबजार नगरपालिका–७ पुरानो चोहर्वाका विक्रम श्रेष्ठलाई दश लाख उपचार खर्च दिन लेखा अधिकृतलाई आदेश दिएका हुन। चालक श्रेष्ठ अधिकृत केसीका नातेदार हुन्। गोलबजार […]

न्यूजमधेश डेस्क लहान ,२६ श्रावण । विभिन्न अपराधमा संलग्न रही फरार रहेका १३८ फरार अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । अदालतको फैसला कार्यान्वयन गराउन आव २०७७÷७८ मा ती सबैलाई पक्राउ गरी अदालतमा पेश गरेको सिरहा प्रहरीले जनाएको छ । विभिन्न घटनामा संलग्न रही अदालतबाट तोकिएको कैद सजाय, जरिवाना नतिरी फरार अभियुक्तलाई […]