१० आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
×

मधेस

मन्त्री साहले भने,‘कोरोनाको खोप सुरक्षित छ, निर्धक्क भएर लगाउनुस्’

न्यूजमधेश डेस्क सप्तरी,१४ माघ । सप्तरीमा बुधबारदेखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा आयोजित एक कार्यक्रमबीच अभियानको उद्घाटन गरेका हुन् । जिल्लामा पहिलो चरणमा ३ हजार ७ सय ५४ जनालाई खोप लगाउने योजना रहेको छ । मन्त्री साहले अभियानको […]

न्यूजमधेश डेस्क सर्लाही ,१३ माघ । भारतसँग खुला सिमाना रहेका तराईका जिल्लाहरुको सीमानाका लामो समयदेखि नखुल्दा स्थानीयवासी चोरबाटो तथा पुलमुनिको र खोलाको बाटो प्रयोग गर्न थालेका छन् । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी सरकारले गत चैत ११ बाट देशव्यापी लकडाउनको घोषणा गरेसँगै सिमानाका बन्द गरिएको थियो । सीमानाका लामो समयसम्म पनि नखुल्दा जिल्लाका स्थानीयवासी […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ माघ । प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले माघ १४ गते आठवटै जिल्लाको सदरमुकामस्थित अस्पतालबाट कोरोना विरुद्धको खोप अभियान शुरु गर्ने निर्णय भएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,११ माघ। प्रदेश २ सरकारको चालू आर्थिक वर्षको खर्च न्यून रहेको छ । दोस्रो चौमासिक बित्न लाग्दा अहिलेसम्म पाँच प्रतिशत मात्र खर्च भएको बताइएको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दाहालले कार्यविधि मापदण्डलगायत प्रक्रियाहरु बनाउने अवस्थामा रहेको कारणले खर्च हुन नसकेको बताउनुभयो । सचिव दाहालका अनुसार बजेट […]

न्यूजमधेश डेस्क जनकपुरधाम,११ माघ।तत्कालीन नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्र नारायण सिंहको शनिवार १९ औं पुण्यतिथि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।शनिबार जनकपुरधाममा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र धनुषाले पुण्य तिथिको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले नेताले बाटो बिराएको आरोप लगाएका छन्। अध्ययन केन्द्रले आयोजना गरेको अधिकार, पहिचान, संघर्ष र गजेन्द्र नारायण सिंह विषयको अन्तरक्रिया […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१० माघ।प्रदेश नम्बर २ का सर्लाही र धनुषाबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका ८ बस्ने ५० वर्षीय अरुण मिश्र रहेका छन् । उनलाई कविलासी नगरपालिका-१० चमेलीमाइबाट हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए । उनको साथबाट ७.६५ एमएम लेखिएको एक […]

न्यूजमधेश डेस्क जनकपुरधाम,८ माघ । उखुको बाँकी वक्यौता रकम नपाएका उखु किसानद्वारा पुन:आन्दोलनको घोषणा गरेका छन् । सरकारले २१ दिनभित्र रकम दिलाइदिने सम्झौता गरेपनि उक्त अवधिमा रकम नपाएको भन्दै किसानले पुन:आन्दोलनको घोषणा गरेका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६५ करोड रकम जम्मा भइसकेको ५७ करोड भुक्तानी गराइसकेको तथा बाँकी ८ करोड पनि मन्त्रालयको […]

न्यूजमधेश डेस्क सर्लाही ,८ माघ। पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको र उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा एक जनाको ज्यान गएको जिल्ला […]