१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

लुम्बिनी

हराएको मूर्ति अमेरिकी संग्रहालयमा

न्यूज मधेश,काठमाडौं।सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ । ‘यो मूर्ति सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मूर्तिको फोटो राख्दै ट्विट गरेका छन् । उक्त मूर्तिको फोटो इतिहासकार लैनसिंह बाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल’ नामक पुस्तकमा छापिएको थियो […]

न्यूज मधेश,काठमाडौं।युनिसेफको आयोजनामा नेपाली बालबालिकासँग क्रिकेट खेल्न आएका विश्व क्रिकेटका एक महान् हस्ती सचिन तेन्दुल्करले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। शुक्रबार बेलुका नेपाल आएका तेन्दुल्करले शनिवार त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेलेका थिए। आइतवार बिहान साढे सात बजे पशुपतिनाथको दर्शन गरेका उनी दिउँसो बालुवाटार पुगेका हुन्। युनिसेफका सद्भावना दूत रहेका […]

न्यूज मधेश,काठमाडौ।प्रधानमन्त्री निवास बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक योजना तथा पूर्वाधार मन्त्री विजयकुमार गच्छदारसँग लामो बयान लिएको छ। अख्तियार स्रोतका अनुसार अख्तियारका अनुसन्धान अधिकृतहरूले गत २२ कात्तिक (शुक्रबार) साँझ गच्छदारसँग ४ घण्टा लामो बयान लिएका हुन्। अख्तियारले साँझ ५ बजेदेखि राति ९ बजेसम्म गच्छदारसँग लामो बयान लिएको खबर […]

न्यूज मधेश,जनकपुरधाम।राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको दोस्रो ब्याचको दीक्षान्त कार्यक्रम गोरखामा सम्पन्न भएका छ्न।अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्युट फर पिस एन्ड जस्टिस (आइपिजे), स्वीस सरकार विकास सहयोग (एसडिसी) र काठमाडौंस्थित लीडरशिप एकेडेमीको संयुक्त आयोजनामा एक वर्षे कार्यक्रम सञ्चालन भएको हो। गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लमिछाने, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, […]

न्यूज मधेश,काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवम वैज्ञानिक डा सीके राउतले काठमाडौंमा पहिलो पटक आमसभा गर्दैछन्। काठमाडौंको खुलामञ्चमा मंसिर ७ गते हुने आमसभालाई जनमत पार्टीले ‘रंगभेद विरुद्ध एकताका लागि’ भनेको छ । उक्त पार्टीले प्रत्येक वर्ष मंसिर १० गते रंगभेद विरुद्धको दिवस मनाउँदै आएको छ । जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहका अनुसार आमसभाका लागि […]

न्यूज मधेश,काठमाडौं । नयाँ प्रदेश प्रमुखहरुले सपथ ग्रहण गरेका छन्। आज बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश सरकार प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सातवटै प्रदेश प्रमुखको नाम अनुमोदन गरेर राष्ट्रपतिकहाँ पठाइएको थियो। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको बसेको सचिवालय बैठले सातै प्रदेशका प्रमुखको नाम टुंगो लगाएको थियो। सोही नामहरुलाई […]

काठमाडौ । मन्त्रिपरिषद् बैठकले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा नामावली पठाएको छ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले प्रस्ताव गरेका नाम मन्त्रिरिषद बैठकबाट सिफारिस भई अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाइएको हो। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ […]

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभएको छ । भण्डारीले काठमाण्डौको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजा तथा आराधना पनि गर्नुभएको छ । सूर्यलाई अर्घ्य अर्पण गर्ने अवसरमा काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, मन्त्रीपरिषद्का सदस्यहरुकाे पनि उपस्थिति रहेकाे थियाे । त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शनिबार अपरान्ह […]