११ बैशाख २०८१, मंगलबार
23-04-2024 , Tue
×

लुम्बिनी

एकसाथ हटाइए उपत्यकाका सबै घुमुवा प्रहरी

न्यूजमधेश सम्बादाता काठमाडौं,२चैत्र। उपत्यकामा सादा पोसाकमा खटिँदै आएका सबै प्रहरी जिम्मेवारीबाट हटाइएका छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले अनैतिक गतिविधिमा संलग्न रहेको आरोपपछि महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा सादा पोसाकमा खटिँदै आएका ७४ जना प्रहरीलाई एकसाथ जिम्मेवारीबाट हटाएको हो । जिम्मेवारीबाट हटाइनेमा १० वर्षदेखि एकै स्थानमा घुमुवाका रूपमा कार्यरत प्रहरीसमेत छन् । […]

न्यूजमधेश सम्बादाता काठमाडौं, १ चैत्र।कोरोना भाइरसको बहानामा कालोबजारी गर्न जम्मा पारिएको ठूलो परिमाणको मास्कसहित ८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताए । महानगरीय प्रहरी परिसर काठमाण्डुका नायब उपरीक्षक होबीन्द्र बोगटीले उनीहरुलाई काठमाण्डुको डल्लुबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट ७८ हजार २ सय ५० वटा मेडिकल मास्क बरामद भएको उनले बताए । पक्राउ पर्नेमा […]

न्यूजमधेश सम्बादाता काठमाण्डु,२७ फाल्गुण। हरिवंश आचार्यलाई नेपाल चलचित्र कलाकार संघको संरक्षकमा नियुक्त भएका छन । विगत चारदशकदेखि नेपाली कला, संस्कृति, रंगमञ्च, चलचित्र क्षेत्रको संरक्षण तथा नेपाल चलचित्र कलाकार संघको स्थापनाकालदेखि संघमा आचार्य क्रियाशील छन । वैठकले संघको विधानको परिच्छेद ५ दफा १८ उपदफा (क)ले दिएको अधिकार प्रयोग गरी आचार्यको पदावधी वर्तमान कार्यसमितिको कार्यकालसम्म मात्र रहने […]

न्यूजमधेश सम्बादाता काठमाण्डू,१९ फाल्गुण। कोरोना भाइरसको आशंकमा चार जनालाई अस्पतालमा भर्ना गरिएको छ । आईतबार काठमाडौंको टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना आशंकामा चार जनालाई भर्ना गरिएको हो । अस्पताल श्रोतका अनुसार एक जना चीनबाट र तीन जना कोरियाबाट आएका फर्केका नेपाली हुन् । चारै जना पुरुष हुन् । कोरोना […]

न्यूजमधेश सम्बादाता काठमाण्डु,२४माघ।राजस्व चुहावटमा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका व्यक्तिलाई जेलमुक्त गरिदिने भन्दै परिवारबाट घुस लिएको आरोपमा एक जना वकिल पक्राउ परेका छन् । नख्खु कारागारमा राजस्व चुहावटको मुद्दामा जेल भुक्तान गरिरहेका रमेश दाहाललाई भनसुन गरेर छुटाइदिन्छु भन्दै परिवारबाट ४२ लाख घुस लिएको आरोपमा अधिवक्ता टंकबहादुर रानामगर पक्राउ परेका हुन् । दाहालसँग अदालतले २ […]

सोलिन्द्र चौधरी काठमाडौं ,१८माघ।विद्यार्थी जनमत संघ काठमाडौं उपत्यकामा दिपेश जैसवालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ। शनिबार चन्द्रप्रकाश यादवको अध्यक्षतामा एक कार्यक्रम विच १५ सदस्यीय काठमाडौं उपत्यका स्तरको विद्यार्थी जनमत संघ गठन गरिएको छ। उक्त समितिको उपाध्यक्षमा दिपेन्द्र कुमार यादव ,सचीवमा अजय चौधरी ,सहसचिवमा सुनिल यादव रहेको समिति कोषाध्यक्षमा राहुल रजक चयन भएको छ। […]

न्यूजमधेश समाचारदाता काठमाडौं,१६ पुस।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट अवैध रुपमा लुकाई छिपाई ल्याएको ५ सय ग्राम सुन सहित भारतीय नागरिक सुनिल हरिराम रोरालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएका उनलाई उक्त स्थानमा खटिएको प्रहरी र भन्सार विभागको संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त परिमाणको सुन सहित फेला पारी पक्राउ गरेको हो।

न्यूजमधेश समाचारदाता काठमाडौं ,२ पुस। हास्यकलाकार आनन्द थापाको ८० वर्षको उमेरमा निर्धन भएको छ । दुई वर्षदेखि प्यारालाइसिसबाट ग्रसित थापाको मंगलवार राति आफ्नै निवासमा निधन भएको हो । उनले दर्जनौँ नाटक, टेलिफिल्म, प्रहसन तथा महोत्सवमा आफ्नो प्रस्तुति दिएका थिए । उनले ‘मनको बाँध’ फिल्मबाट अभिनय यात्रा थालेका थिए । थापाको बुधवार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार […]