१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

बागमती

कोरोना प्रभाव : बाँकेमा हालसम्म ३७६ जनाको मृत्यु

न्यूजमधेश डेस्क डेस्क बाँके ,३० बैशाख । बाँकेमा कोरोना सङ्क्रमणबाट हालसम्म ३७६ जनाको ज्यान गएको छ । बाँकेका २१३ जना र बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचार गराउन आएका १६३ गरी आजसम्म ३७६ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार २०७७ साल जेठ ३ गतेदेखि मृत्युको […]

न्यूजमधेश डेस्क रुपन्देही ,२४ बैशाख । कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि विभिन्न जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिएको छ । कोभिडको नयाँ भेरियन्टको सङ्क्रमण नियन्त्रणका लागि निषेधाज्ञा कडा बनाइएको हो । रुपन्देहीमा बिहीबार बसेको जिल्लास्तरीय कोभिड सङ्कट व्यस्थापन केन्द्रको बैठकले वैशाख ३० सम्म यसअघि नै लागू भएको निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको हो । बैठकले […]

न्यूजमधेश डेस्क कंचनपुर ,१५ बैशाख । प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ महिला बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम गरी घर फिर्ता पठाएको हो । गत १४ महिनाको अवधिमा भारततर्फ प्रलोभनमा परेर लग्दै गरेका महिलाको सीमानाकामा रोकथाम गरिएको माइती नेपालका कञ्चनपुर संयोजक […]

न्यूजमधेश डेस्क बुटबल ,१३ बैशाख । रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा आइतबार दुई बालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन् । भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा ठक्कर […]

न्यूजमधेश डेस्क रुपन्देही ,५ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा रहेको मोक्षधाममा चारधामका कलात्मक नमूना मन्दिर निर्माण गरिने भएको छ । पुराणमा उल्लेख भएअनुसार भारतका बद्रीनाथ, जगन्नाथ, रामेश्वरम र द्वारिका गरी चार धाम तथा नेपालका रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तूप त्यहाँ बन्न लागेको हो । पृथ्वीमा स्वर्गको आभास हुने परिकल्पना गरिएको मोक्षधाममा ती […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ फागुन । नेपाल आयल निगमले बाँकेको नेपालगन्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ । नेपालगन्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको हो । पम्पको निर्माण भइरहेको निगमको नेपालगन्ज कार्यलयले जनाएको छ । कार्यलयका प्रमुख कमला न्यौपानेले अत्याधुनिक प्रविधिसहितको नयाँ […]

न्यूजमधेश डेस्क टीकापुर, २४ फागुन।संविधानसभा सदस्य सुकदैया चौधरीले महिलालाई आवाजले पनि बलात्कार गर्ने गरिएको बताउनुभएको छ । उहाँले महिलालाई कमजोर पार्न चरित्रका कुरा गरेर महिलालाई बोलीबाट बलात्कार गर्ने चलन निकै बढेकामा चिन्ता व्यक्त गर्नुभयो । एकसय एघारौँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा ‘समान भविष्यका लागि नेतृत्वमा समावेशिता’ विषयक अन्तक्र्रिया कार्यक्रममा चौधरीले राजनीति तथा सामाजिक सेवामा […]

न्यूजमधेश डेस्क टिकापुर,१५ फागुन । कृषि ज्ञान केन्द्र कैलालीले कृषक समूहलाई खेती उत्पादनमा सघाउने उद्देश्यले कृषियन्त्र पावर टिलर वितरण गरेको छ । ज्ञान केन्द्रले कैलालीको भजनी नगरपालिका–२ रजवाराका गहुँ ब्लक सञ्चालक समिति र जोशीपुर गाउँपालिका–३ मनिकापुर कृषि समूहलाई पावर टिलर हस्तान्तरण गरेको हो । कृषक समूहलाई कृषितर्फ गहुँबाली उत्पादनमा सहयोग पु¥याउन पावर टिलर हस्तान्तरण गरेको […]