१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

बागमती

करेन्ट लागेर ५२ वर्षीय चौधरीको मृत्यु

न्यूजमधेश सम्बादाता परासी ,१८ भदौ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका वडा नम्बर १ रुपौलियामा करेन्ट लागेर आज एक जनाको ज्यान गएको छ । रुपौलियाको वाटिका कृषि सहकारी संस्था अगाडि रहेको बिजुलीको खम्बामा बिग्रिएको बत्ती बनाउने क्रममा करेन्ट लाग्दा सोही स्थानका ५२ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको […]

न्यूजमधेश सम्बादाता परासी ,१० भदौ । भारतीय सीमासँग जोडिएको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पाँच दिन निषेधाज्ञा थपिएको छ । पछिल्लो पटक कोभिड १९ सङ्क्रमित विरामी बढ्दै गएपछि जिल्ला सुरक्षा समितिको आजको बैठकले आगामी भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सङ्घीय तथा […]

निरा गौतम रुपन्देही,९ भदौ । जिल्लाको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य सोमबार वडा नं १३ को होम आइसोलेशनमा बस्नुभएका रुद्र आचार्यको घरमा पुग्नुभयो । कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेशनमै बसेको उहाँको परिवारको मनोबल बढाउन उपप्रमुख दैलामा आएपछि आचार्य छक्क पर्नुभयो । उपप्रमुख आचार्यले उहाँलाई उच्च मनोबल राख्न सके कोरोना भाइरस सङ्क्रमणले कुनै असर नगर्ने […]

अजय मिश्र कृष्णनगर, ८ भदौ ।कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका- १२ बाट मेडिकल औषधी फेला पारी आज नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल कृष्णनगर वि. ओ. पि.बाट खडा गरिएको अस्थायी पोष्ट भदुईबाट सशस्त्र प्रहरी नायब निरिक्षक गणेश गिरीको कमाण्डमा खटिएको सात जनाको टोलीले उक्त मेडिकल औषधी बरामद गरेको थियो । विभिन्न किसिमका मेडिकल औषधि रहेको […]

न्यूजमधेश सम्बादाता नवलपरासी, ८ भदौ।समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको छ । स्वाब सङ्कलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको पाइएकोले कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । सम्भावित सङ्क्रमितले स्वाब सङ्कलन गराउने तर स्वाब […]

नीरज गौतम नेपालगञ्ज, ६ भदौ । ‘बिहेवारी बीस वर्षपारी’ नाराको व्यावहारिक परिपालना बाँकेमा समुदायस्तरमा गराउन सरोकारवाला निकायबीच थुप्रै चुनौती देखिएका छन् । जिल्लाका युवायुवती, किशोरकिशोरी र बालबालिका संस्थागत रुपमा जनचेतनामूलक कार्यक्रममा लागि परेपनि विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएकाले चुनौती देखिएको बाल अधिकारकर्मी साहिल अन्सारीको भनाइ छ । बाँके जिल्लामा बालविवाह कतिले […]

न्यूजमधेश सम्बादाता कञ्चनपुर,५ भदौ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अत्यावश्यक कार्यवाहेक घरबाहिर निष्कन नपाउने नियम लागु गरेको छ । सङ्क्रामक रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय ऐन, २०२८ को दफा ६(३)बमोजिम बिहीबार राति १२ बजे देखि यही भदौ १४ गते राति १२ बजेसम्म कञ्चनपुर जिल्लाभर […]

न्यूजमधेश सम्बादाता बाँके,३१ श्रावण । लगातारको वर्षाले कर्णाली नदीको बहाव बर्दियातिर फर्किएपछि राजापुर नगरपालिकाका तटीयक्षेत्र बाढीको उच्च जोखिममा परेको छ । कर्णाली नदीमा जलस्तर बढ्न थालेपछि राजापुर—३ तिघ्रामा कर्णाली नदीले कटान शुरु गरेका कारण यस क्षेत्र र आसपासका गाउँ उच्च जोखिममा परेको हो । गाउँलाई डुबानबाट जोगाउन नदी कटान रोक्नका लागि यहाँका सयाँै स्थानीयवासीले जनश्रमदान […]