२२ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

प्रदेश

मधेसका २ मन्त्री फिर्ता बोलाउँदै एकीकृत समाजवादी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ । जसपाका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने तयारी गरेको हो । मधेस प्रदेश सरकारबाट एमाले र माओवादी फिर्ता भैसकेका छन् । सो प्रदेशमा नयाँ समीकरणअनुसार एमाले, माओवादी केन्द्र जनमत र […]

सुनसरी । हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको रु एक करोड एक लाखसहित एकजनालाई पक्राउ गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारमा निरीक्षण गर्दा बोरामा लुकाइराखेको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार […]

जनकपुरधाम । मुख्यमन्त्री सरोज कुमार यादवले जमुनी सिचाई आयोजना अन्तर्गत मोरहा पक्की बाँधको स्थलगत निरीक्षण गर्नु भएको छ । प्रदेश सरकारको लगानीमा समपुरक अनुदान अन्तर्गत हंसपुर नगरपालिका वडा नंं ४ र ९ मोरहामा निर्माणाधिन उक्त आयोजनाको सतर्कता केन्द्रको टोली सहित मुख्यमन्त्री यादवले आज स्थलगत निरीक्षण गर्नु भएको हो । २२ करोड ५३ लाख २३ हजारको […]

काठमाडौं । मधेश प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा गठन गर्ने तीन दलबीच सहमति भएको छ । बिहीबार काठमाडाैंमा बसेको बैठकले नेकपा एमाले, जनमत, माओवादी केन्द्रबीच यस्ताे सहमति गरेकाे हाे । जनमतका अध्यक्ष डा. सीके राउतको उपस्थितिमा बैठक बसेकाे थियाे । मन्त्रालय बाँडफाँट आपसी सहमतिमा गर्ने निर्णय भएको जनाइएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र […]

जनकपुरधाम ।मधेश प्रदेशको राजधानी जनकपुरधाममा गर्मी बढेपछि सबै सामुदायिक र संस्थागत विद्यालय ५ दिनको लागि बन्द गरिएको छ। उखरमाउलो गर्मीले देशभरसँगै विशेषगरी तराई-मधेशको जनजीवन प्रभावित बनेको छ । बजार र ग्रामीण क्षेत्रमा समेत मानिसको चहलपहल घटेको छ । केही दिनयता मधेशका जिल्लामा दिउँसो तापक्रम ४१/४२ डिग्री सेल्सियससम्म पुग्छ । तापमान बढेसँगै तातो हावा (लू) पनि […]

जनकपुरधाम ।पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् । आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले सङ्घीय सरकारको स्वरूपमा भएको परिवर्तनअनुसार मधेस प्रदेशमा पनि सरकार परिवर्तन हुने बताए। मुलुक सङ्घीय संरचनामा रहेकाले केन्द्रीय संरचनाअनुसार नै प्रदेश सरकारको संरचना बाध्य […]

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामका पत्रकार शिवेन्द्र रोहितालाई उहाँको ६ वर्षीय छोराले दागबत्ती दिएका छन् । रोहिताको कारले किचेर ह’त्या गरेको बुझिएको छ। कारले ठक्कर दिँदा जनकपुरको थापाचोकमा उनको निधन भएको थियो । जिल्ला प्रहरी कार्यलय धनुषाका अनुसार आज बिहान बा २१ च ३३४३ नम्बरको कारले रोहिता सवार रहेको प्रदेश २ ज ५६९४ नम्बरको […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]