०३ जेठ २०८१, बिहिबार
16-05-2024 , Thu
×

प्रदेश

सर्लाहीका १८ वडामा छैनन् स्वास्थ्य केन्द्र

सर्लाही । सरकारले सबै वडामा प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरी नागरिकलाई प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिए पनि सर्लाहीका १८ वडामा अझै स्वास्थ्य केन्द्र स्थापना हुन सकेको छैन । सर्लाहीमा २० पालिकाका दुई सय वडा छन् । जिल्लामा सबैभन्दा धेरै उत्तरपश्चिम भेगस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पर्ने बागमती नगरपालिकाको छ वटा वडामा स्वास्थ्य संस्था छैन । बागमतीको […]

वीरगन्ज। पर्सामा एक किशोरीले हाँकेको मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीस्थित सडकमा १६ वर्षिया किशोरीले हाँकेको बीआर ०५ ए एस ०४६८ नम्बरको मोटरसाइकलबाट लडेर भारत बिहारको पश्चिमी चम्पारणको भेलाही निवासी ६० वर्षिया सुदामा देवीको मृत्यु भएको हो । मोटरसाइकल चालक १६ वर्षिया किशोरी पनि भारतीय नै […]

काठमाडौं । झापामा जङ्गली हात्तीले दैनिकजसो गाउँ सहर छिरेर स्थानीयवासीलाई दुःख दिइरहेको छ । आहाराको खोजीमा गाउँ पस्ने हात्तीले लाखौँको क्षति गर्दै आएको छ । शुक्रबार बिहान मात्र दमकमा किराना पसल र स्थानीयको घर भत्काएर करिब रु एक लाखभन्दा बढीको सामान खाइदिएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा दिनभर बस्ने हात्तीले साँझ […]

झापा । सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाललाई आज साँझ ७ बजेतिर एक युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका छन् । झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएका थिए । तीन जना युवा सवार एउटा मोटरसाइकललाई […]

राजविराज । सप्तरीको दुई पालिकामा नयाँ हाकिम आउने भएका छन् । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका र बिष्णुपुर गाउँपालिकामा नयाँ हाकिम आउने भएका हुन् । तिलाठी कोइलाडी गाउँपालिकामा राजकिशोर साह र बिष्णुपुर गाउँपालिकामा प्रतिक्षा रेग्मी । दुबै शाखा अधिकृत हुन् । यी दुबै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत अतिरिक्त समूहबाट यहाँ आउन लागेका छन् […]

बिराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार पाएको विवादस्पद विश्वासको मतविरुद्ध एमालेले सर्वोच्चमा रिट हाल्ने तयारी गरेको छ। प्रदेशसभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले समेत मत दिएर प्रदेशसभामा थापाले सरकार टिकाउन चाहिने न्युनतम ४७ मत पाएको घोषणा गरिएको थियो। उक्त विवादस्पद विश्वासको मत खारेजीको माग गर्दै आफूहरु रिट लिएर सर्वोच्च अदालत जाने तयारीमा जुटेको प्रदेशसभाका एमाले […]

सप्तरी,२९ साउन। कोसी नदीमा आएको बाढीका कारण उच्च खतरा देखिएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका एकैपटक खोलिएका छन्। सप्तरी र सुनसरी जिल्लाको बीचमा सप्तकोसी नदीमाथि निर्मित १ हजार १ सय ७५ मिटर लामो पुललाई कोसी ब्यारेजको नामले चिनिन्छ। जसले पूर्वपश्चिम राजमार्गलाई जोडेको छ। बाढीले रातिदेखि ब्यारेजमा उच्च खतरा देखिएपछि सबै ढोका खोलिएका हुन्। आज […]

पर्सा ,२७ साउन। ठोरी गाउँपालिकाबाट प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो सवा १२ बजेको समयमा ठोरी गाउँपालिका–५ सुवर्णपुर वर्णमाला स्कुल नजिकबाट उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरी चौकी सुवर्णपुर र प्रहरी चौकी महादेवपट्टीबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा शंकास्पद रुपमा भारतबाट नेपालको सुवर्णपुर बजारतर्फ आउँदै गरेका ठोरी गाउँपालिका–३ का १९ […]