वीरगन्ज । पर्साको वीरगन्जमा एक युवकको शव फेला परेको छ। वीरगन्ज महानगरपालिका- १६ शंकराचार्य गेटस्थित खुला चौरमा एकजना युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। युवकको हत्या भएको आशंका प्रहरीले गरेको छ। उनको अनुहारमा रगत देखिएको छ। आइतबार साँझतिर खुला चौरमा एक जना व्यक्ति मृत फेला परेको सूचना प्रहरीलाई पुगेको थियो। प्रहरीले […]
जनकपुरधाम ।मधेस सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले मधेस आन्दोलनका सहिदहरुको सालिकमा माल्यार्पण गरेका छन् । आज विहान जनकपुरधामको सहिद गेटमा पुगेर वन मन्त्री साहले मधेस आन्दोलनका सहिदहरुको सालिकमा माल्यार्पण गरेका हुन। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको सिफारिसमा प्रदेश प्रमुखले त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए । साह मन्त्रीमा नियुक्त […]
जनकपुरधाम ।जनमत पार्टीका उपाध्यक्ष इन्जिनियर वसन्त कुशवाहाले मधेश प्रदेशमा मुख्यमन्त्रीको चयन सम्बन्धमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका अधिकांश तर्क र समाचार भ्रमपूर्ण रहेको बताएका छन् । उनले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीले मुख्यमन्त्री सम्बन्धी निर्णय जेठ २४ गते बिहीबार बिहान ९ बजे गरेको दाबी गर्दै त्यसअघि आएका मुख्यमन्त्रीबारेका समाचार र प्रचारबाजी केवल आकलन, सम्भावना वा […]
जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टीको सिफारिसमा नियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । जनमतका त्रिभुवन साह वन तथा वातावरण मन्त्री र सकिल मिया विना विभागीय मन्त्रीको शपथ लिएका हुन् । उनी दुवै जनालाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराइन् । मन्त्री बनेका साह सिरहा ४(१) र मिया […]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताएका छन् । मुख्यमन्त्री नियुक्त भएको भोलिपल्टै शनिवार गृहजिल्ला सप्तरीमा सञ्चारकर्मीहरुसित कुराकानीका क्रममा उनले यस्तो बताएका छन् । मधेशमा विगतमा उपभोक्ता समितिका नाममा भ्रष्टाचार बढेको, पैसा खाएर योजना नै बिक्री गर्ने गरिएको जस्ताविकृतिप्रति जनगुनासो बढेको भन्दै उनले सरकारले यस प्रकारका अबैध […]
जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रदेश मन्त्रिपरिषद् बैठकले प्रादेशिक निर्वाचन क्षेत्र विकासका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको बताएका छन् । उनले प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य र निश्चित क्षेत्रबाट प्रतिनिधित्व गर्ने समानुपातिक प्रदेशसभा सदस्यका क्षेत्रमा विकासका योजनाका लागि बजेट छुट्याइने जानकारी दिए । मुख्यमन्त्री सिंहले बजेटको आकार तय गर्नका लागि मात्र प्रत्यक्षतर्फ निर्वाचितका हकमा […]
जनकपुरधाम। मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको जानकी मन्दिरको योजनाबद्ध तरिकाले विकास गर्ने बताएका छन्। मुख्यमन्त्री पदको शुक्रबार शपथग्रहण तथा पदभारपछि जानकी माताको दर्शन गरेका उनले मन्दिर परिसरमा संक्षिप्त कुराकानी गर्दै भने, ‘माता जानकी मन्दिरको अवस्थाबारेमा मलाई केही जानकारी छ। त्यस सम्बन्धमा मन्दिर व्यवस्थापन पक्षसँग विकासका योजनाहरु माग गरेको […]
जनकपुरधाम ।कार्यकाल समाप्त भएको ६ महिना वितिसक्दा समेत जनकपुर अंचल पेट्रोलिय ढुवानी व्यवसायी संघका अध्यक्ष किशुनदेव साहले निर्वाचन गर्नबाट अस्विकार गर्दै आएको तथ्य फेला परेको छ । पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुरधामका अध्यक्ष समेत रहेका किशुनदेव साहले निर्वाचन गर्नबाट अटेर गरेपछि बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाले पत्र काटेको १५ दिन भित्र निर्वाचन प्रक्रिया सम्पन्न गर्न निर्देशन […]