२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

प्रदेश

सिडिओ कार्यालयमै मिटरब्याज ऋणीद्वारा साहुमाथि भौतिक आक्रमण

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याज ऋणीकाे एक समूहले एक साहु (महाजन)लाई कुटपिट तथा दुर्व्यवहार गरेका छन् । सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरुको समूहले कुटपिट गरेको हो । गोइतको टाउको फुटेको छ । उनी कानूनी व्यवसायी रहेको बुझिएको छ । मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि उनीहरुलाई प्रशासनले छलफलका लागि […]

बारा । बाराको निजगढ नगरपालिकामा बाघले आतंक मच्चाएको छ । नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ का बासिन्दाको गोठका वस्तु बाख्रा नै बाघले मारेको भन्दै स्थानीयबासिन्दाले सहयोगमा अपिल गरेका छन् । पाटेबाघले गएराति मात्रै जयबहादुर सिं र सुमन जिम्बाका बाख्रा, सुकबहादुर थिङ्गको गोरु, दूध कान्छाका २ वटा गाई र श्याम बन्जाङको २ वटा […]

महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका–८ का बासिन्दाहरू चोरी र डकैती रोक्न अत्यधिक चिसोमा पनि रातभर जाग्राम बस्न बाध्य छन् ।वडा नं. ८ सहसरामका पूर्ववडाध्यक्ष राधेश्याम तिवारीले चोरी, डकैतीका घटनाहरू बढ्न थालेपछि स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य रहेको बताउनुभयो । उहाँले चिसो मौसममा शीत तपतप चुहिरहेको भए पनि आफूहरू हातमा लट्ठी लिएर रातभरि घुम्दै फिर्दै ‘जगले […]

जनकपुरधाम । मधेश सरकारद्वारा आयोजित‘मधेश स्वाभिमान दिवस कार्यक्रममै जनमत पार्टीका नेता कार्यकर्ताहरु विरोध गरेका छन् । मधेश सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला संस्कृति भवनमा कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम भइरहेकै बेला जनमत पार्टीका नेता कार्यकर्ताहरु प्रवेश गरी भ्रष्टाचार काण्डहरुको छानविन गर भन्दै प्रदर्शन गरेका छन् । मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रम […]

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराएको घटना सार्वजनिक भएको छ । गत पुष २७ गते शुक्रबार राती ११ बजे १० जनाको जत्था लिएर गोलबजारका अधिकृत केसी वडा नम्बर ७ स्थित गणपति पेट्रोल पम्पमा रहेको एक चमेनागृहमा पुगे । चमेनागृहमा मुढा सल्काएर आगो ताप्ने बनाइएको […]

जनकपुरधाम । भारतीय चोरीको गाडी नेपाल भित्र्याएर नक्कली कागजात तयार पारी बेच्ने गिरोह जनकपुरधाममा सक्रिय बनेको खुलेको छ । धनुषा प्रहरीले नक्कली कागजात तयार पारेर गाडी बेच्ने गिरोहका सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरुबाट चार गाडी (कार) पनि बरामद गरिएको छ । पक्राउ पर्नेहरुमा महोत्तरीको जलेश्वर नगरपालिका ३ का ५० वर्षीय […]

धनुषा । विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ । शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा मजदुर वर्ग बढी मात्रामा प्रभावित बनेका छन् । चिसोका कारणले दम […]

काठमाडौं । डा.सिके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीमा निकै लोकप्रिय बन्दै गएको छ । आमचुनावपछि नेकपा माओवादी केन्द्र त्यागेर जनमत पार्टी सर्लाहीको नेतृत्व(इन्चार्ज) हुनु भएका युवा नेता श्रीचन यादव(सुजन)ले सर्लाही जिल्लालाई जनमत पार्टीमय बनाउँदै लग्नु भएको हो । जग बलियो भए घर बलियो हुन्छ भने झैं नेतृत्व गतिलो भए मात्रै पार्टी पनि बलियो हुने हो […]