२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

प्रदेश

मधेसमा शीतलहरले अत्यधिक चिसो बढ्याे, जनजीवन प्रभावित

धनुषा । विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ । शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा मजदुर वर्ग बढी मात्रामा प्रभावित बनेका छन् । चिसोका कारणले दम […]

काठमाडौं । डा.सिके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीमा निकै लोकप्रिय बन्दै गएको छ । आमचुनावपछि नेकपा माओवादी केन्द्र त्यागेर जनमत पार्टी सर्लाहीको नेतृत्व(इन्चार्ज) हुनु भएका युवा नेता श्रीचन यादव(सुजन)ले सर्लाही जिल्लालाई जनमत पार्टीमय बनाउँदै लग्नु भएको हो । जग बलियो भए घर बलियो हुन्छ भने झैं नेतृत्व गतिलो भए मात्रै पार्टी पनि बलियो हुने हो […]

रौतहट । समाचार लेखेको बिषयलाई लिएर रौतहटमा एक पत्रकारलाई मरणासन्न हुने गरी कुटपिट गरिएको छ । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ मा बनाइएको सार्वजनिक प्रतिक्षालयलाई नीजि प्रयोजनको निम्ति प्रयोग गरिएको बिषयमा समाचार लेखेको भन्दै पत्रकार अशोक यादवलाई कुटपिट गरिएको हो । पत्रकार यादवलाई प्रतिक्षालय नीजि प्रयोजनको जि.नम्ति प्रयोग गर्दै आएका स्थानीय पिपरा पोखरियाका जीतेन्द्र […]

जनकपुरधाम । जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख श्रवणकुमार मिश्रमाथि व्यापक आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ । सचेत नागरिक समाजको एक टोलीले मुख्यमन्त्री सरोजकुमार यादवलाई बुझाएको ज्ञापनपत्रमा उनीमाथि २० वुँदे विभिन्न आरोप लगाइएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाद्वारा मिलेमतोमा स्पेशिफिकेशन तयार गरी मधेश प्रदेशका आठै जिल्लाका स्थानीय तहमा ल्याव संचालन गर्न एकै कम्पनीलाई टेण्डर दिइ आर्थिक […]

जलेश्वर । महोत्तरी जिल्लामा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका हुन् । जिल्ला सदरमुकाम जलेश्वर, मनरासिस्वा , भङ्गहा, गौशाला, बर्दिबास नगरपालिका सहित पिपरा, एकडारा, सोनमा र सम्सी गाउँपालिकाले आफ्ना क्षेत्रका सम्पूर्ण विद्यालय बन्द […]

जनकपुरधाम । काठ तस्करी गरेको आरोपमा प्रहरीले सर्लाहीको हरिवनबाट एकजना फर्निचर उद्योग सञ्चालकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले हरिवन नगरपालिका ८ चापिनीस्थित शिवपुरी काष्ठ तथा फर्निचर उद्योग र शाही भेनियर प्रालिका सञ्चालक प्रमोद भट्टराईलाई पक्राउ गरेको हो। उद्योगबाट २ हजार ६ सय ३५ क्युफिट अवैध काठसमेत बरामद गरिएको इलाका प्रहरी […]

बिराटनगर । इलामको माई नगरपालिकामा बुवाले खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् । माई नगरपालिका–६ का दिलकुमार राईले छोरा १८ वर्षीय जीवन राईको हत्या गरेका हुन् । बेलुका ७ बजे घरझगडाका क्रममा ३७ वर्षीय दिलकुमारले छोरा जीवनमाथि खुकुरी प्रहार गरेका थिए । घाइतेलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा आज विहान […]

वीरगन्ज । सशस्त्र प्रहरीले पर्साको हरिहरपुर गाउँपालिकाबाट एक सय ६८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पर्साको जगनाथपुर गाउँपालिका ४ स्थित हरपुरबाट सशस्त्र प्रहरीले करिब १ सय ६८ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धादिङको बेनिघाट गाउँपालिका–४ का २० वर्षीय समिर तामाङ र मकवानपुरको राङसिराङ गाउँपालिका–४ का २२ वर्षीय राजु […]