२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

प्रदेश

दुबईमा अलपत्र सात नेपालीको उद्धार

न्यूजमधेश डेस्क विरंगज ,५ कार्तिक। वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,४ कार्तिक । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले समयमा काम नगरेपछी खानेपानी तथा ढल निकास विभाग जनकपुरका निमित प्रमुख  हिलो र मोसो दलेर नगर परिक्रमा गराएका छन् । जनकपुरधाम उपमहानगरपालिकाभित्रको ढल व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको भन्दै खानेपानी तथा ढल निकास विभाग जनकपुरका निमित प्रमुख जागेश्वर कुशवाहलाई बिहीबार दिउँसो शरीरमा हिलो र […]

कमल कमार मण्डल राजविराज, ३ कार्तिक । महुली नदिको बाँध भत्किदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहामा करिब ३ सय परिवार समस्यामा परेका छन् । देशभरिमा भएको बेमौसमी वर्षाका कारण नदिको जल सतह बढे पश्चात, बाँध भत्किदा वस्तीमा पानी पसेको हो । ‘वर्षेनी यस्तो समस्या खेप्दै आएको’ स्थानीय जितेन्द्र यादवले भने- स्थानीय, प्रदेश र संघिय […]

न्यूजमधेश डेस्क सुनसरी,३ कार्तिक । सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै ब्यारेजमा खतराको संकेत दिने रातो बत्ती बालिएको छ । निरन्तर वर्षापछि सप्तकोसीमा पानीको बहाव उल्लेख्य बढेपछि रातो बत्ती बालिएको हो । बुधबार बिहान करिब दुई लाख ६१ हजार क्युसेक पानीको बहाव मापन गरिएको कन्ट्रोल टावरले जनाएको छ । साथै, कोसी ब्यारेजका ५६ मध्ये ४२ वटा […]

न्यूजमधेश डेस्क झापा ,३ कार्तिक। लगातार वर्षाका कारण जिल्लाका विभिन्न स्थानका ३६१ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई सामुदायिक भवन, विद्यालय, रेडक्रस, चर्चलयागतका सुरक्षित स्थानमा सारिएको छ । कनकाई, विरिङ र मेची नदीमा आएको बाढी पसेर गौरीगञ्ज, झापा गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिकाका केही बस्ती डुबानमा परेका हुन् । डुवान क्षेत्रमा रहेका परिवारका सुत्केरी, बालबालिका […]

न्यूजमधेश डेस्क सुनसरी ,३१ असोज। सरकारले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका मोहम्मद हकीम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएको छ । गृह मन्त्रालयमा आज मुस्लिम समुदायसँगसम्बन्धित सङ्घ संस्थाका प्रतिनिधिले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री खाँणले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो काम रहेको बताउनुभयो । उहाँले सामाजिक सद्भाव […]

न्यूजमधेश डेस्क पर्सा ,२८ असोज । पर्सामा भारतीय नम्बर प्लेटको ग्याँस बुलेटबाट एक सय २० किलो गाँजा बरामद भएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ आईसीपी गेट अगाडि रोकी राखेको भारतीय नम्बर प्लेटको एलपी ग्याँस बोकेको बुलेट​बाट एक सय २० किलो गाँजा बरामद गरेको हो । बुलेटको चालक बस्ने क्याबिन भित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद […]

न्यूजमधेश डेस्क झापा ,२५ असोज ।जिल्ला प्रहरी कार्यालय सुनसरीले यार्सा गुम्बासहित पक्राउ गरेका दुई जनालाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा खोटाङ रावाबँेशी गाउँपालिका–४ का २७ वर्षीय समीर गुरुङ र सङ्खुवासभा चैनपुर नगरपालिका–४ का ३२ वर्षीय श्यामकुमार लिम्बू रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । उनीहरुलाई आइतबार इटहरी उपमहानगरपालिका–६ स्थित जय […]