२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

प्रदेश

महामारीमै सुस्त सदन प्रतिपक्षी भन्छन्, ‘लाचारी लुकाउन बैठक बस्दैन्’

कमलेश ठाकुर जनकपुरधाम ,४ जेष्ठ ।प्रदेश सभा सचिवालयले पाँच महिनापछि गत चैत ३० गते प्रदेश सभा बैठक डाके । प्रतिपक्षिसंगै सत्तारुढ दलहरुले प्रदेश सरकारको आलोचना गर्न थालेपछि बाध्यतात्म बैठक बोलाइएको थियो । पाँचौ अधिवेशनको पहिलो बैठक पश्चात बैशाख ९ गते दोस्रो बैठक आह्वान भयो । दास्रो बैठकमा नाम र राजधानीको लागि दर्ता भएको प्रस्तावमाथि छलफल […]

मनोज यादव सर्लाही,४ जेष्ठ ।प्रदेश २ का सर्लाहीमा प्रहरीले जिल्लाको इश्वरपुरबाट हतियार देखाएर लुटपाट गर्ने दुईजना डाँकाहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरका अनुसार पक्राउ पर्नेमा इश्वरपुर नगरपालिका वडा न–५ बस्ने ३३ वर्षीय रामकरण महतो र सोही ठाउँ बस्ने २० वर्षीय सुरेन्द्र सदा रहेका छन् । उनीहरूलाई गत […]

न्यूजमधेश डेस्क वीरगञ्ज , ४ जेष्ठ । प्रदेशसभा सदस्य डा. अञ्जू कुमारी यादवले आफ्नो ४ महिनाको तलबबाट वीरगञ्जको नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री दिने घोषणा गरेकी छन् । प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य यादवले आफ्नो ४ महिनाको तलब २ लाख रुपैयाँ बराबरको सेमी भेन्टिीलेटर (सीप्याप मेसिन) १ थान, अक्सिजन नेसल पाइप, अक्सिजन रेगुलेटर र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ जेष्ठ । सिरहामा आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको शनिबारको निर्णयले शनिबार राति १२ बजेदेखि लागू हुने गरी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिए । ‘निषेधाज्ञाकाबीच संक्रमण नफैलिओस् भन्ने अपेक्षा छ,’ कँणेलले भने, ‘विज्ञले […]

कमलेश ठाकुर जनकपुरधाम ,२ जेष्ठ । धनुषाका व्यावसायिक किसानहरूको खेतमा पाकेको खरबुजाले बजार नपाउँदा उनीहरू चिन्तित बनेका छन् । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण किसानको खरबुजाले बजार पाउन सकेको छैन । उनीहरूले बारीबाट खरबुजा घर त भित्र्याएका छन् तर, विक्री गर्न नपाएपछि चिन्तित बनेका हुन् । उत्पादित फल बेच्न नपाएपछि […]

गोपाल प्रसाद बराल महोत्तरी ,१ जेष्ठ । चारैतिर निषेधाज्ञाले आवागमन पातलिएका बेला यहाँका वनक्षेत्रमा वन तस्कर र शिकारीको चहलपहल बढेको छ । जिल्लाको गौशाला र बर्दिबास नगरपालिका क्षेत्रमा पर्ने वनमा केही दिनदेखि तस्कर र शिकारीको चहलपहल बढेको वनक्षेत्र नजीकका बासिन्दाले बताएका छन् । जिल्लामा गत वैशाख २२ गतेदेखि जारी निषेधाज्ञाको अवधि यही जेठ १० गतेसम्मलाई […]

न्यूजमधेश डेस्क सर्लाही ,१ जेष्ठ  । प्रदेश नं २ का आठै जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच प्रदेशमा ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करीब रु चार अर्बको ठेक्का सम्झौता भएको हो । प्राधिकरणले गरेको अन्तरराष्ट्रिय टेन्डरमा टाटा प्रोजेक्ट, भारतले ठेक्का पाएको हो । […]

न्यूजमधेश डेस्क सर्लाही , ३१ बैशाख । जिल्लाको बरहथवा नगरपालिका–१३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन् । वैशाख २५ गते वडाध्यक्ष यादवले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएर ज्यान गएको थियो । त्यसलगत्तै फरार वडाध्यक्ष यादव बिहीबार पक्राउ परेका इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी […]