०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

प्रदेश

झापामा शव व्यवस्थापनका लागि स्काउटरलाई प्रशिक्षित गरिँदै

न्यूजमधेश डेस्क दमक ,१० जेष्ठ । कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ । देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै सङ्क्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले स्काउटरहरुलाई आइतबारदेखि चार दिवसीय तालिम दिन शुरु गरिएको हो । नेपाली […]

न्यूजमधेश डेस्क वीरगञ्‍ज,१० जेष्ठ । प्रदेश २ का पर्सा जिल्लाको वीरगञ्ज भन्सार कार्यालयबाट ६ हजार घनमिटर अक्सिजन बोकेको ट्याङकर शनिबार राति काठमाडौंतर्फ गयो । तर त्यसको जाँच पासको प्रक्रिया भने आइतबार पूरा गरिएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार कोरोना महामारीमा अत्यावश्यक स्वास्थ्य सामग्रीमा पर्ने लिक्विड अक्सिजनको गाडीलाई भन्सारमा रोक्न नपर्नेगरी व्यवस्था मिलाइएको छ । […]

न्यूजमधेश डेस्क राजविराज ,९ जेष्ठ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ रञ्जीतपुरमा आज दिउँसो आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । स्थानीयवासी भरत चौधरीको परालको थुप्राबाट शुरु भएको आगोले निजको एउटा घर, छिमेकी बन्हु चौधरी, उमाकान्त चौधरी, शोभाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीको घर आगलागीमा परेर जलेर नष्ट भएको बोदेबरसाई निवासी उमेशकुमार साहले जानकारी दिनुभयो । […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ जेष्ठ । नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ अध्यादेश जारी भएका खुशीयालीमा आज साँझ मधेशका विभिन्न जिल्लामा मैनबत्ती प्रज्वलन गरिएको छ । संसद्मा नागरिकता विधेयकका रुपमा पेश भएको र विचाराधीन रहेको सो अध्यादेश जारी भएका खुशीयालीमा ,प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामको जनक चौक ,सिरहा ,सप्तरीको राजविराजसहित विभिन्न ठाउँमा स्वागत गरिएको छ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ जेष्ठ । कोरोना भाइरसको दोस्रो लहरले सामुदायीक स्तरमा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै डा सीके राउत नेतृत्वको जनमत पार्टीले कोरोनाबाट बचनको लागि जनचेतना जगाउनुको साथै  माक्स वितरण गरेको छ । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ४ स्थित दलित बस्तिमा घर घरमा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु कोरोना भाइरसबाट बचनको लागि सरकारले जारी […]

न्यूजमधेश डेस्क जलेश्वर ,९ जेष्ठ । म्याद थपका लागि ल्याइएका एक जना थुनुवा आज महोत्तरी जिल्ला अदालतबाटै फरार भएका छन् । ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार लागु औषध मुद्दामा पक्राऊ परेका गौशाला नगरपालिका–४ बस्ने १५ वर्षीय कमलेश साहलाई प्रहरीले आज म्याद थपका लागि लगिएकोमा उनी महोत्तरी जिल्ला अदालतबाटै फरार भएका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ जेष्ठ । जनकपुरधाम धनुषाको सबैला स्थित सतोषर पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बहुप्रसिद्ध एवं ऐतिहासिक श्रद्धा बोकेको सवैला नगरपालिका ९ स्थित कुशमाहा सतोषरको सप्तेश्वरनाथ महादेव सतोषर पोखरीमा एक १० वर्षिया बालिकाको डुबेर मृत्यु भएको हो। जिल्लाकै बिदेह नगरपालिकाको जोगियरा टोल घर भएकी अन्दाजी बर्ष १० कि निक्की […]

न्यूजमधेश डेस्क वीरगञ्ज ,९ जेष्ठ । हत्या गरिएको अवस्थामा भेटिएका बाराको कलैया उपमहानगरपालिका–७ रंगपुरका ९ वर्षीय अमिन र ७ वर्षीय उसमान अंसारीको परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्ले संरक्षण नेपालसँगको सहकार्यमा सञ्चालन गरेको बाल हेल्पलाइन नं। १०९८ नेपाल बाराले अन्सारी परिवारलाई राहत सहयोग गरेको […]