०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

मधेश विशेष

सिरहामा बस पल्टिँदा एकको मृत्यु, एक दर्जन यात्रु घाइते

न्यूजमधेश डेस्क लहान ,५ श्रावण । सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । […]

राम एकवाल महरा जनकपुरधाम,४ श्रावण । धनुषा-सिरहाको सिमानामा रहेको कमला नदीको बाढीले धनुषातर्फको बाँध कटान गर्न थालेको छ । बाढीका कारण बाँध कटान गर्न थालेपछि धनुषाका पूर्वीक्षेत्रका गाउँहरू जोखिममा परेको छ । सोमबार राति कमला नदीमा आएको बाढीले सबैला नगरपालिका–१३ स्थित किरतपुरमा नदीको पश्चिमतर्फको बाँध कटान गरिएको हो । बाढीका कारण नदीको ६ सय मिटर […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ श्रावन । धनुषाको इनर्वास्थित रेल्वे स्टेसनमा पार्किङ गरिएको नेपाली रेल छोपिएका त्रिपाल फाट्न थालेको छ । रेल ढाकेर राखिएको त्रिपाल फाटेर धेरै ठाउँमा रेल देखिन थालेको छ । गत बर्ष असोजमा नेपाल ल्याइएको रेल त्रिपालले छोपेर राखिएको थियो । त्रिपाल फाट्दा बर्षाको पानीले भिजेर रेलका केही भागमा खिया लाग्ने खतरा बढेको स्थानीय […]

कमल कुमार मण्डल सप्तरी, ३० असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको कार्यालयमा जनमत पार्टीले विभिन्न शिर्षकमा सुचना तथा विवरणको प्रतिलिपि माँग गर्दै आज (बुधवार) निवेदन पेश गरिएको छ । आर्थिक वर्ष २०७६/२०७७ र २०७७/२०७८ मा नगरपालिकामा भएको विभिन्न कार्यक्रम तथा योजनाको आयोजनाहरुको नाम सहित सञ्चालन हुने स्थानको विवरण, खर्च रकमको श्रोत सहित सुचना तथा विवरणको प्रतिलिपि […]

कमल कुमार मण्डल सप्तरी, २७ असार । सप्तरीमा जनमत पार्टीद्धारा आज (आइतवार) भ्रष्टाचारको विरुद्धमा विरोध प्रदर्शन गरिएको छ । राजविराज स्थित रहेको पार्टी कार्यालय बाट निकालिएको विरोध प्रदर्शनको ¥याली नगर परिक्रमा गर्दै दशन चौक (नेता चौक) स्थित कोण सभामा परिणत गरिएको थियो । जनमत पार्टी सप्तरीको जिल्ला समन्वय समितिद्धारा आयोजना गरिएको कार्यक्रममा विभिन्न गाउँपालिका, नगरपालिकाबाट […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ असार। डा सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीको मायादेवी गाउपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शनिबार पार्टीका मायादेवी गाउँपालिकाको अध्यक्ष हरिकेश हरिजनको अध्यक्षतामा भएको बैठक तथा अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी जनमत पार्टीका केन्द्रिय सदस्य रामकेश गुप्ता रहेको थिए। सोही कार्यक्रममा विशिष्ट अतिथी भ्रष्टाचार निवारण विभागका केन्द्रिय प्रमुख संजय कुमार मिश्रा , अतिथिहरु […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ असार ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन महिला जनमत संघ काठमाडौंद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार महिला जनमत संघ काठमाडौंकी संयोजक रेखा रौनियारको अध्यक्षतामा रक्तदान कार्याक्रमको आयोजना गरिएको थियो । सो रक्तदान कार्यक्रममा ३० जना भन्दा बढी जनाले अरुको ज्यान बचाउनको लागि आफ्नो रक्तदान गरेको एक जना […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ असार ।प्रदेश २ को मुख्य आयआर्जनको माध्यम रहेको धानखेतीका लागि आवश्यक रासायनिक मल धनुषामा अभाव रहेको छ । रोपाइँअघि र रोपाइँपछि धानबालीका लागि आवश्यक पर्ने युरिया, डिएपी र पोटासजस्ता रासायनिक मल पाउन नसकिएको किसानहरूको भनाइ छ । धनुषा र महोत्तरीका किसानलाई रासायनिक मल उपलब्ध गराउने जनकपुरस्थित कृषि सामग्री कम्पनीले पनि कृषकको आवश्यकताअनुसार मलखाद्य […]