०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

मधेश विशेष

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

न्यूजमधेश डेस्क जनकपुरधाम ,१० कार्तिक  ।बडा दशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ ।धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन मानिन्छ । मिथिला क्षेत्र शक्ति उपासनाका लागि प्रसिद्ध रहेको क्षेत्र हो । भगवती दुर्गालाई शक्तिस्वरूपा मानेर परम श्रद्धापूर्वक पूजा […]

न्यूजमधेश सम्बादाता रौतहट,९ कार्तिक । दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक नियुक्त गर्न माग गर्दै एच पी एस फाउन्डेसनका संयोजक हेम प्रसाद साहले रिले अनशन सुरु गरेको छ । फाउन्डेसन संयोजक साहका अनुसार झन्डै साढे सात लाख जनसंख्या रहेको रौतहट जिल्लाको एक मात्र जिल्ला अस्पताल रहेको छ।त्यसमा पनि सरकारले तोकेको ९ विशेषज्ञ को दरबन्दी हुँदाहुँदै एक जना […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ कार्तिक । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गएराती ८ हजार ९ सय ६८ बोका वलि दिइएको छ । महाबीर युवा कमिटीका पूर्व अध्यक्ष सुनिलकुमार प्रसादले दिएको जानकारी अनुसार शनिवार राती ७ बजेर १५ मिनेटमा शुरु भएको सो वलिप्रदान राती ११ बजेर २५ मिनेटसम्म चलेको थियो । एकरातमा संसारमै सबैभन्दा बढी बोकाको वली […]

न्यूजमधेश डेस्क  जनकपुरधाम ,८ कार्तिक ।वडा दशैँको अष्टमीका दिन आज मिथिलाका नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको खोइँछ ( पोल्टा ) भर्ने विधि सम्पन्न गरेका छन् । नवरात्र सुरू भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो, धान, दुबो , बेसारको गिँड , सिन्दूर, सुपारी, पान र भेटीसहितको […]

न्यूजमधेश सम्बादाता सर्लाही,७ कार्तिक । उखु किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको जिल्लाको धन्कौलस्थित अन्नपूर्ण चिनी उद्योग सञ्चालनको तयारीमा रहेको छ । किसानको सम्पूर्ण बाँकी वक्यौता भुक्तानी गरेर उद्योग सञ्चालन गर्ने तयारीमा रहेको उद्योग प्रशासनले जनाएको छ । सो उद्योगले उखु उत्पादक किसानको करिब रु २४ करोड भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । उद्योग […]

न्यूजमधेश सम्बादाता कैलाली, ७ कार्तिक ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दशैँ–तिहारलाई लक्षित गरी कैलाली र कञ्चनपुरका खाद्य उद्योगहरुको अनुगमन गर्ने क्रममा नौवटा उद्योगलाई खाद्य ऐनबमोजिम कारबाहीको दायरामा ल्याएको छ । दुवै जिल्लाका २४ वटा पानी प्रशोधन तथा हल्का पेयपदार्थ उत्पादन गर्ने उद्योगहरुको अनुगमन गर्ने क्रममा खाद्य स्वच्छता मापदण्डअनुरुप नपाइएका कैलालीका पाँच र कञ्चनपुरका […]

न्यूजमधेश सम्बादाता झापा ,२६असोज । अभिभावक त्रसित भएको जनाउँदै काँकडभिट्टा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सञ्चालित कोभिड–१९ को होल्डिङ सेन्टर हटाउन माग गरेको छ । सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि अनुमति दिएसँगै पठनपाठन शुरु गर्नुपर्ने पर्ने भएकाले विद्यालयले होल्डिङ सेन्टर हटाउन मेचीनगर नगरपालिका र वडा नं ६ मा निवेदन नै दिएको छ । विद्यालयका प्रधानाध्यापक […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ असोज । शिवम कुखुरा फार्मबाट निस्केको फोहर तथा दुर्गन्धले पश्चिमी पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं १, २ र ३ का करिब १७ हजार बासिन्दाको स्वास्थ्यमा असर पर्न थालेको छ । सो गाउँपालिकाको वडा नं २ मा रहेको उक्त फार्मबाट निस्कने फोहर तथा दुर्गन्धका कारण चापी, मकवानीटोल, वनकटवा, कञ्चनपुर, बैरिया, महेन्द्रपुर, सोनवर्षा, […]