०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

राजनीति

सांसद सिंहको प्रश्न : प्रधानमन्त्रीको छोरीले हरेक बैठकमा बस्ने अधिकार कहाँबाट पायो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहाल राज्यका उच्च तहका हरेक बैठकमा कुन हैसियतमा बसिरहेकी हुन् भनेर संसद्‌मा नै प्रश्न उठेको छ । प्रधानमन्त्री दाहालले छोरीलाई राज्यका हरेक उच्च तहका बैठकमा सहभागी गराएर गणतन्त्रमाथि नै खतरामा पारेको भनेर स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रश्न उठाएका हुन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद […]

जनकपुरधाम । नेपाल ट्रेड सेन्टर जनकपुरधामका सञ्चालक सोहनलाल मुरारकाले व्यवसायीको कारोबारमा जर्वजस्ती तमसुक बनाउने गरेको पाइएको छ । निर्माण व्यवसायीहरुले कारोबार गर्दा बैंक खाता रोक्का गराएर जर्वजस्ती फर्जी तमसुक बनाउने गरेको हो । सुगम निर्माण सेवाका सञ्चालक श्याम साहले मुरारका गुण्डा लगाएर हिसाब नै नगरी तमसुकमा हस्ताक्षर गर्न लगएको आरोप लगाएका छन् । उनले २०७२ […]

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसुची राखिएको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको गत बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम आजको […]

काठमाडौं । चन्द्रभुषण साहद्वारा लिखित ‘नेपालको राजनीति दशा र दिशा’ नामक पुस्तकको सोमबार बिमोचन गरिएको छ । काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीचमा सो पुस्तकको आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विमोचन गरेका छन् । सो पुस्तकको प्रकाशन कुशवाहा बिजनेस भेन्चरले गरेको हो । आजपाका प्रवक्ता समेत रहेका पुस्तकका […]

काठमाडौं ।नेपाली कांग्रेसका नेता अमरेन्द्र यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । सोमबार बुद्धनगरस्थित जनमत पार्टीका अध्यक्ष डा.सीके राउतलाई भेटेर उनी पार्टी प्रवेश गरेका हुन। नेता यादवलाई अध्यक्ष डा.राउतले खादा टीका लगाएर पार्टीमा स्वागत गरेको हो।साथै,पार्टीको सदस्यतासमेत नेता यादवलाई अध्यक्ष डा.राउतले प्रदान गरेका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका -५ निवासी यादव नेपाली कांग्रेस सप्तरी क्षेत्र […]

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव घुससम्बन्धी घटनामा अख्तियारको नियन्त्रणमा परेपछि निलम्बित भएका छन् । घुससम्बन्धी प्रकरणमा अध्यक्ष यादवलाई आयोगले नियन्त्रणमा लिएर विशेष अदालतबाट म्याद थप गरी थुनामा राखेसँगै उनी निलम्बित भएका हुन् । अख्तियारले उनलाई भदौ ६ गते नियन्त्रणमा लिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्णुपुर गाउँपालिकालाई पत्राचार गर्दै अध्यक्ष […]

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले गौर हत्याकाण्डको छानविन नगरेको खण्डमा पीडितहरु हेग जाने चेतावनी दिएका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले पीडितसँग छानविन गर्ने प्रतिवद्धता जनाएपनि कुर्सी हल्लिने डरले चुप लागेर बसेको बताए । घटना भएको १७ वर्ष वितिसक्दा पनि छानविन नहुनुले पीडितहरुको कानुनी राज्यको […]

काठमाडौं ।ईन्जिनियर बिपिन कापर जनमत पार्टीमा प्रवेश गरेका छन। सोमबार जनमत पार्टीको केन्द्रिय कार्यलय बुद्धनगरमा एक कार्यक्रमबीच इन्जिनियर बिपिन कापर जनमतमा प्रवेश गरेका हुन। इन्जिनियर कापरलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा टीका लगाएर पार्टीमा स्वागत गरेका छ्न।साथै, इन्जिनियर कापरलाई अध्यक्ष डा.राउतले पार्टीको सदस्यतासमेत प्रदान गरेका हुन। इन्जिनियर कापर सर्लाही जिल्लाको ब्रहमपुरी गाउँपालिका ५ […]