०७ जेठ २०८२, बुधबार
21-05-2025 , Wed
×

प्रमुख समाचार

जनकनन्दिनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि दिपिन देव जनताको घरदैलोमा

राजेन्द्र महरा जनकपुरधाम,११ जेष्ठ ।धनुषाको जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका दिपिन देव यादव जनताको घरदैलोमा व्यस्त रहेको छ। उनी निर्वाचित भएपछी जनतालाई धन्यवाद दिनको लागि गाउँपालिकाको वडा नम्बर ४ खजुरीमा घर घर पुगेर मतदाताहरुलाई धन्यवाद दिदै जनताको समस्या बुझिरहेको छ। सो क्रममा अध्यक्ष यादवलाई सर्वसाधारण जनताहरुले फुलमाला ,अबिर र खादा लगाएर बधाई तथा सफल […]

किरण कर्ण जनकपुरधाम,११ जेष्ठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र साह उर्फ बालेन जित उन्मुख भइरहँदा उनको पुर्ख्यौली गाउँमा आफन्तजनसहित गाउँलेहरु निकै हौसिएका छन् । मधेस प्रदेशको महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर २ बालेन्द्र साहको पुर्ख्यौली थलो हो । अहिले बालेनको पुर्ख्यौली थलोमा उनका आफन्तजनसहित छरछिमेकीहरु काठमाडौं महानगर प्रमुखमा बालेनले फराकिलो अग्रता बनाइरहँदा खुसी छन् […]

न्यूजमधेश डेस्क काठमाडौं,११ जेष्ठ । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन् । तर, केही हजार मत गन्न अझै बाँकी रहेकोले उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ । उनी निर्वाचित भएको घोषणा आजै अबेर राती वा भोलि बिहानसम्म हुन सक्छ । काठमाडौं महानगरपालिकामा कूल १ लाख ९१ हजार […]

न्यूजमधेश डेस्क काठमाडौं,११ जेष्ठ । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भएकी छिन् । मतगणना गर्न अझै केही हजार मत बाँकी छन् । तर, गणना गर्न बाँकी मतभन्दा सुनिताले निकटतम प्रतिस्पर्धीसँग बनाएको अग्रता धेरै भएकोले उनी विजयी भइसकेकी छिन् । उनी विजयी भएको औपचारिक घोषणा हुनको लागि भने सबै मत गणना गर्नुपर्ने […]

न्यूजमधेश डेस्क सप्तरी ,११ जेष्ठ ।सप्तरी जिल्लाको पत्नी सरस्वती कुमारीलाई परिवारजनले कुटपिट गरी घर निकाला गरिएकी एक महिलालाई अदालतको आदेशपछि मंगलबार घर भित्राइएको छ । राजविराज नगरपालिका–१ वस्ने सुरेश कुमार दासकी २६ वर्षीया पत्नी सरस्वती कुमारीलाई जनप्रतिनिधि, कानुन व्यवसायी, संचारकर्मी, अधिकारकर्मी, प्रहरी र स्थानीयको उपस्थितिबीच घर भित्राइएको हो । घर प्रवेशका लागि व्यवस्था मिलाउन प्रहरीसहितको […]

न्यूजमधेश डेस्क काठमाडौं,११ जेष्ठ । सरकारले सबै प्रवृत्तिका अपराध नियन्त्रणमा सुरक्षा निकायलाई सक्षम बनाउने जनाएको छ । संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको आगामी वर्षको नीति तथा कार्यक्रममा अपराधको बदलिँदो स्वरुपबाट सिर्जित सुरक्षा चुनौतीको सामना गर्दै आतङ्कवाद तथा सङ्गठित अपराध, वित्तीय अपराध, मिटरब्याजी, साइबर अपराध, लागुऔषधको अवैध ओसारपसार र कारोबारलगायत सबै प्रकारका अपराध नियन्त्रण्मा सुरक्षा […]

न्यूजमधेश डेस्क काठमाडौं,११ जेष्ठ ।बन्दुकधारीहरूले मेक्सिकोको मध्य शहर सेलायामा एउटा होटल र दुई ओटा बारमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ। आक्रमणमा एक आपराधिक समूह संलग्न रहेको अधिकारीहरूले बताएका छन् । आक्रमणमा दुई जना घाइते भएका छन्। गुआनाजुआटो राज्यको सेलायास्थित सुरक्षा सचिवालयका अनुसारमारिनेमा सात जना महिला छन्। आक्रमणपछि बन्दूकधारीहरुले आगो लगाइदिएका थिए। शवहरु टेबल […]

न्यूजमधेश डेस्क काठमाडौ ,११ जेष्ठ । अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको मृत्यु भएको छ। रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको राज्यका गभर्नरले जानाकारी दिए। पछिल्लोे हमला वर्षौंपछि देशको सबैभन्दा डरलाग्दो आक्रमण हो । उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् । […]