न्यूजमधेश डेस्क काठमाडौं,२८ मंसिर । उखु मिलले भुक्तानी नदिएपछि सर्लाहीका उखु किसानले आन्दोलन सुरु गरेका छन् । चिनी उद्योगबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसानहरु काठमाडौं आएर आज (आइतबार) देखि आन्दोलन शुरु गरेका हुन् । पहिलो चरणमा माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने र सरकारले आफुहरुलाई पैसा नदिलाए कडा आन्दोलन गर्ने चेतावनी समेत किसानहरुले दिएका छन् । […]
न्यूजमधेश डेस्क रौतहट ,२७ मंसिर । जिल्लाका विभिन्न स्थानीय तहमा मापदण्ड मिचेर क्रसर उद्योग सञ्चालन गरिँदै आएको अनुगमन समितिले फेला पारेको छ । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नगरी स्थानीय तहको अनुमतिबेगर चल्दै आएका ८ वटा क्रसर उद्योग समितिको प्रतिवेदनपछि जिल्ला प्रशासन कार्यालयले बन्द गर्न निर्देशन दिएको छ । जिल्ला विपद व्यवस्थापन समितिको बैठकले […]
न्यूजमधेश डेस्क काठमाडौं ,२७ मंसिर। सरकारले संसदीय समितिमा अनुस्थित हुने र समितिले दिएका निर्देशन पनि पालना नगर्ने प्रवृत्ति बढेपछि संसद्को सर्वोच्चतामै प्रश्न उठेको छ। संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीलाई समितिमा बोलाउँदा नआउने र दिएका निर्देशन पालना नगर्ने प्रवृत्ति बढेको छ। यसबाट संसद्लाई सरकारले नटेरेको तथा संसदीय सर्वोच्चताको मतलब नराखेको देखिएको छ। संसदीय शासन व्यवस्थामा जनताको […]
न्यूजमधेश डेस्क काठमाडौं ,२६ मंसिर । नेपाली सेफ सन्तोष साह अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ‘ बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ प्रतियोगिताको फाइनल राउन्ड प्रवेश गरेका छन् । ‘बीबीसी वान’ मा बिहीबार बेलुका प्रसारित सेमिफाइनल राउन्डमा मौलिक नेवारी परिकार योमरी चखाएर उनी शीर्ष ६ स्थानसहित फाइनल राउन्ड पुगेका हुन् । बिहीबार ४ प्रतियोगी सेफमध्ये उत्कृष्ट प्रदर्शन गरेका सन्तोष […]
न्यूजमधेश डेस्क वीरगन्ज,२६ मंसिर । पार्टी फुट्को आशंकाले राजधानीको राजनीति गर्माएको छ। वीरगन्ज–३२ परसवा टोलका तुला माझीलाई भने सिरक फाटेको चिन्ताले सताएको छ । बुधबार तराईमा अचानक चिसो बढेंसँगै ७४ वर्ष कटेका माझीलाई कठ्यांग्रिने डरले सताएको हो। ‘सुकुल ओढेर सुत्दै आएका हामीले धेरै वर्ष पहिला सिरक पाएका थियौं,’ उनले भने, ‘अहिले त्यही सिरक धुजाधुजा भएर […]
न्यूजमधेश डेस्क काठमाडौं ,२५ मंसिर।अध्यागमन विभागका कर्मचारीको सेटिङमा मानव तस्करहरूले हजारौँको सङ्ख्यामा बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाएका छन् । हात्तीछाप चप्पल लगाएर कोही पनि खाडी मुलुक घुम्न जाँदैन भन्ने सरकार र सरकारका कर्मचारीलाई जानकारी नभएको होइन, तर वैदेशिक रोजगार ऐन २०६४ र नियमावलीविपरीत दुई लाख पचास हजार लिएर मानव तस्करहरूले युवायुवती बेचिरहेका छन् । त्रिभुवन […]
न्यूजमधेश डेस्क राजविराज ,२५ मंसिर । नेपाल–भारत सीमा नाका सप्तरीको तिलाठीमा बुधबार दिउँसो सशस्त्र र नेपाल प्रहरीबीच झडप भएको छ । तिलाठी –कुनौली नाका अन्तर्गत तिलाठी नजिक खाडो खोलाको छेउमा रहेको सशस्त्र प्रहरीको चेकजाँचस्थल नजिक सादा पोसाकमा रहेका नेपाल प्रहरी र ड्युटीमा रहेका सशस्त्र प्रहरीबीच झडप भएको प्रत्यक्षदर्शीले जानकारी दिए । भारतबाट नेपाल आइरहेकाहरुलाई चेक […]
न्यूजमधेश डेस्क सिरहा ,२४ मंसिर । अज्ञात समूहले हतियार देखाएर सिरहाको लहान नगरपालिका वडा नम्बर ३ भगवानपुर गाउँ नजिकबाट आज एक जनाको रु चार लाख रकम लुटेर लगेको छ । लहानस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट ऋणबापतको रकम झिकेर घर फर्किदै गरेका लहान नगरपालिका– २३ गाढाका ५४ वर्षीय जागेश्वर यादवलाई दुई जनाको समूहमा आएकाहरुले […]