२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

समाज

एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान

न्युजमधेस डेस्क काठमाडौ, ७ साउन। सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् । समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका हुन् । विवाह नगरी बसेका वा विवाह गरी श्रीमतीको निधन भएको […]

न्युजमधेस डेस्क राशिफल,७ साउन। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेशः मेष : आकस्मिक लाभ हुनेछ। अचानक रोग बढ्ने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ। वृष : सम्पत्ति बढ्नेछ। व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। शिक्षाको लगानी उठ्ने देखिन्छ। प्रेममा सफलता मिल्नेछ। मिथुन : नसोचेको सम्पत्ति आर्जन हुनसक्छ। यसको लगानीले तपाईंको व्यापार […]

न्युजमधेस डेस्क जनकपुरधाम,६ साउन। मधेस प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रमा एक वडा-अध्यक्षले बदमासी गरेका छन्। शहिदनगर नगरपालिकाको एक वडाध्यक्षले चोरेर सरकारी सम्पति बेच्न लागेको खुलेको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहास्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रको सम्पतिहरु वडा नम्बर ३ का वडाध्यक्ष मनोज दासले बेच्न लागेको खुलासा भएको छ । वडाध्यक्ष दासले प्राथमिक स्वास्थ्य […]

न्युजमधेस डेस्क काठमाडौ,६ साउन। प्रतिनिधिसभाबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित भएको छ । शुक्रबार दिनभर छलफलपछि प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो । नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले […]

न्युजमधेस डेस्क सिरहा,६ साउन। सिरहाको लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध बलात्कार प्रयासको जाहेरी परेको छ । एक महिलालाई जागिरको लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै कोठामा लगेर बलात्कारको प्रयास गरेको भन्दै उपमेयर महतोविरुद्ध जाहेरी दर्ता भएको हो । पीडित महिलाले उपमेयर महतोमाथि इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दर्ता गराएकी हुन् । केही दिन […]

न्युजमधेस डेस्क जनकपुरधाम,६ श्रावण। रोपाइँ गरेर धानबालीका लागि पानी पर्खेका किसानलाई धेरै राहत भएको छ । शुक्रबार बिहानैदेखि मुसलधारे वर्षा भएपछि धनुषा सहित मधेसका किसानलाई राहत महसुस भएको हो । मध्य असारबाट पानी नपर्दा खेतको धान सुक्न थालेको थियो । आली भर्ने गरी पानी परेपछि भने धेरै राहत भएको सबैला नगरपालिका–९ भठिहन टोलका कृषक पवन रायले […]

न्युजमधेस डेस्क रौतहट,६ साउन। दाइजोको निहुँमा सन्जुलाई घाटी दबाएर हत्या गरिएको आफन्तले आरोप लगाएका छन्। राैतहट बृन्दावन नगरपालिका-६ सिसवा धमाैराकी २० वर्षीय सबिता भन्ने सन्जु कुमारी दासको दाइजोका कारण घाँटी दबाएर हत्या भएको आफन्तले दाबी गरेका छन् । गत साउन ०२ गतेमा हत्या भएकाे पारिवारिक स्राेतले जनाएको हाे । सन्जुका माइती पक्ष कटहरिया वडा नम्बर […]

न्युजमधेस डेस्क जनकपुरधाम,६ साउन। मधेश प्रदेशमा आर्थिक वर्ष ०७८÷०७९ मा सडक दुर्घटनामा परी ५८५ जनाको मृत्यु भएको छ । मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाको विभिन्न ठाउँमा भएका पाँच हजार ७११ सवारी दुर्घटनामा ५८५ जनाको मृत्यु भएको हो । ट्राफिक प्रहरी कार्यालय मधेश प्रदेशका प्रमुख […]