०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

आगलागी

सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले

सर्लाही। सर्लाहीमा चालु आर्थिक वर्षका १० महिनामा भएका आगलागीका घटनाबाट एक सय ६१ घर जलेका छन् भने करोडौँको धनमाल जलेर नोक्सानी भएको छ । जिल्लाका विभिन्न स्थानमा भएका एक सय २३ वटा आगलागीका घटनाबाट तीन वटा पक्की, एक सय ५८ वटा कच्ची गरेर एक सय ६१ घर जलेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । […]

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

विरगञ्ज। पर्साका छुट्टाछुटै स्थानमा आज बिहान आगलागी हुँदा करिब रु १२ लाख बराबरको क्षति भएको छ ।​ धोबिनी गाउँपालिका– ३ गुलरियामा आज बिहान आगलागी हुँदा करिब रु नौ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भई स्थानीय सुरेन्द्र पटेलको घरबाट सुरु भएको आगलागी फैलिएर पटेलसहित स्थानीय फरिन्द्र पटेल, हनिफ मियाँ धोवी, मनिफ […]

न्युजमधेस डेस्क जनकपुरधाम,९ साउन। धनुषाको धनुषाधामस्थित रहेको संरक्षित वनमा लागेको आगो झण्डै ३ घण्टापछि नियन्त्रणमा आएको छ । सोमबार दिउँसो संरक्षित वन क्षेत्रको पूर्व–उत्तर कुनामा लागेको आगो वन कर्मचारी, शसस्त्र प्रहरी र जनपद प्रहरीले बरुणयन्त्रको सहयोगले आगो नियन्त्रणमा आएको हो । आगलगीका कारण करिब तीन हेक्टर वन क्षेत्रमा क्षति भएको छ । आगलगी हुनको मुख्य […]

न्युजमधेस डेस्क काठमाडौ, २९असार। भृकुटीमण्डपमा लागेको आगो झण्डै साढे दुई घण्टामा निभाइएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुर लगायतका विभिन्न ठाउँका दमकल,  पानी ट्याङ्कर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको  जिल्ला प्रहरी परिसर, काठमाण्डौका एसपी दिनेशराज मैनालीले जानकारी  दिनुभयो । भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा आगो लागेको हो । आगलागीबाट  गोदाममा रहेका सामान […]

न्यूजमधेश डेस्क दाङ,१२ फागुन। तुलसीपुर उपमहानगरपालिका–७ को पर्सेनीको एक पसलमा बिहीबार बिहान आगलागी हुँदा लाखौँ मूल्यका सामान जलेर नष्ट भएको छ। पसलकै घरमा जडान गरिएको बिजुलीको तार सर्ट भएर आगो लागेको बताइएको छ। बिहान करिब ३ः३० बजे स्थानीय सुमित्रा वलीको रिमा किराना पसलमा विद्युत् सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले […]

न्यूजमधेश डेस्क झापा, २० माघ । मेचीनगर–१० काँकडभिट्टामा जुत्ताचप्पल उत्पादन गर्ने कारखाना एस एन्ड एस फुटवेयर उद्योगमा आज भएको आगलागी पाँच घण्टापछि निभाइएको छ। श्याम पिन्टु खेतानको स्वामित्वमा रहेको सो उद्योगमा आज बिहान १२ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको थियो। झापा र मोरङका १० वटा र भारतका तीन वटा दमकलको सहायताले आगो निभाइएको इलाका […]

जनकपुर, ९ पुष । रौतहटमा घुर सल्किएर आगलागी हुदाँ ७ वटा चौपायाको मृत्यु भएको छ । मौलापुर– ३ स्थित बैधनाथ साह कानुको गोठमा गएराति बालिएको घुरबाट आगलागी भएको हो । आगलागीले गोठमा रहेको दुई वटा पाडी, दुई बाख्रा, एउटा भैंसी र दुई वटा खसीको जलेर मृत्यु भएका छन् । चौपाया, गोठ र गोठभित्र रहेको अन्न, […]