बारा । रामराजामोहन बिक्रम क्याम्पसका तत्कालीन प्रमुख हरिभूषण कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोल तथा खरखजानासहित थप एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बारागढी गाउँपालिका –५ चरमन्तपथरा बस्ने ४२ वर्षीय हरिन्दर महरा चमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिनुभयो । उनको साथबाट प्रहरीले एउटा कटुवा […]
काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]
सप्तरी । प्रहरीले एउटा बन्दुक र ४१ राउन्ड गोलीसहित सप्तरीबाट एक जनालाई नियन्त्रणमा लिएको छ। हनुमाननगर कंकालिनी नगरपालिका-२ स्थित कोशी बाँधछेउमा जंगली जनावरको सिकार गरिरहेका राजविराज-५ का शैलेशकुमार झालाई हतियारसहित नियन्त्रणमा लिएको हो । पक्राउ गरिएका झाले सिकार गरेका दुई जंगली जनावरसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सिकार गरिएका जंगली जनावर हरिन भएको खुलेको […]
काठमाडौं । जबरजस्ती करणी मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई इन्टरपोलमार्फत कतारबाट पक्राउ गरेर नेपाल ल्याइएको छ। जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका सुनसरीको बराहक्षेत्र नगरपालिका-११ मधुवन बस्ने २५ वर्षीय सेहमान खाँलाई पक्राउ गरी नेपाल प्रहरीले ल्याएको हो। एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ गरी उनलाई सम्बन्धित मुद्दामा कारबाही अघि बढाउन बिहीबार नेपाल फिर्ता ल्याइएको […]
जनकपुरधाम । भारतीय चोरीको गाडी नेपाल भित्र्याएर नक्कली कागजात तयार पारी बेच्ने गिरोह जनकपुरधाममा सक्रिय बनेको खुलेको छ । धनुषा प्रहरीले नक्कली कागजात तयार पारेर गाडी बेच्ने गिरोहका सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरुबाट चार गाडी (कार) पनि बरामद गरिएको छ । पक्राउ पर्नेहरुमा महोत्तरीको जलेश्वर नगरपालिका ३ का ५० वर्षीय […]
राजविराज ।मधेस प्रदेशका सप्तरी जिल्लाबाट स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक प्रहरीको फन्दामा परेका छ्न। शनिबार जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलन गरी राजगढ गाउँपालिका–२ झौराचोकबाट प्रहरीले नियन्त्रणमा लिएको भारत मधुवनी भरफोर ग्राम पञ्चायत–३ सुब्बाटोलका २५ वर्षीय सञ्जयकुमार यादवलाई नगदसहित सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले […]
जनकपुरधाम ।राष्ट्रिय धोती दिवसको अवसरमा काठमाडौंबाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतलगाइत पक्राउ परे मधेशीहरुको रिहाईको माग गर्दै जनकपुरमा प्रदर्शन गरेको छ। आज विहान काठमाडौंको माइतीघरमा सेतो धोती लगाएर पुगेका राष्ट्रिय अध्यक्ष डा.राउतसहित सयौं जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि जनकपुरधाममा पार्टीका नेताकार्यकर्ता प्रदर्शनमा उत्रिएका छ्न। पक्राउ परेकाहरुको रिहा गर,धोती हाम्रो- सान हो,डा.सीके राउत जिन्दावाद जस्ता नारा […]
जनकपुरधाम । मधेस प्रदेशका बारा जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ट्याब्लेट र सुईसहित चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिमरा र निजगढ बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको हो। सिमराबाट पक्राउ परेकाहरुको साथबाट फेनरागन- २९६ पिस, डाईजेपाम- ३०३ पिस र बुप्रो नोर्फिन- ३०० पिस बरामद गरिएको छ। पक्राउ पर्नेमा कलैयाका ४३ […]