१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

संस्कृत प्राकृत होइन प्रायोजित भाषा हो

Logo
प्रकाशित आइतबार, जेठ ०९, २०७८

बैद्यनाथ पासवान
हिन्दु धर्मावलम्बीहरुको धार्मिक विधि संस्कृत भाषा हो । मानव निर्मित भाषा प्राकृतिक भाषा कसरी हुन सक्छ ? विभिन्न काल्पनिक कथाहरुको सिर्जना गर्ने खास उदेश्य थियो । संस्कृत भषामा लेखिएको कथा अनुसार भगवान विष्णुको नाभीबाट कमलको फूलबाट उत्पन्न भएको ब्रह्मदेवको कूल आयु सय वर्ष १७ लाख २८ हजार वर्ष, त्रेतायुग १२ लाख ९६ हजार वर्ष, द्वापर युग ८ लाख ६४ हजार वर्ष, कलियुग ४ लाख ३२ हजार वर्ष भनिन्छ । चतुर्भुज यसको कूल संख्या ४३ लाख २० हजार वर्ष भयो । यस्तै ४३ लाख २० हजार वर्षको एक काल अवधि वा कालखण्ड यानेकि एक महायुग ।

यस्तो ७१ म्हायुग यानेकि एक मनु । यसको अर्थ एक मनुवर्ष संख्या ४,२९४२,८०,००० (चार अर्व उनानतीस करोड बयालिस लाख अस्सी हजार) साल एक मनुकालखण्ड समाप्त भएर अर्को मनु सुरु हुनु भन्दा पहिले बीचमा १७ लाख २८ हजार वर्ष जति संधिकाल हुन्छ । यस संधिकालको साथ ब्रह्मदेवको एक दिन यस प्रकार ३६५ दिन यानि ब्रह्मदेवको एक साल मानवीय वर्ष संख्या एक दिनको ब्रह्मदेव सय सालको एघार परार्धको अर्थ एघारमा सत्र वटा शून्य । यति ब्रह्मदेवको आयु ! यति मध्ये पचास लाख समाप्त भएर ब्रह्मदेव अहिले ५१ सालको हो अर्थात साँढे पाँच परार्थ साल समाप्त भएर बाँकी जीवन बाँची रहेछ ।

हाम्रो धर्म ग्रन्थले यही बताई रहेछ । यो सबै संस्कृत भाषामा लेखेको छ । बाँकी कुनै भाषामा लेखिएको छैन । यसको अनुवाद पात्रो(पञ्चाङ्ग)मा लेखिएको हो । एघार परार्थ बर्ष बाँकी छ । तर साँढे पाँच परार्ध यानि ५५,००,००,००,००,००,००,००,०० यति बर्ष समाप्त भएको कुरा संस्कृत भाषामा लेखिएको हो । संसारको एउटै भाषामा यो कुरा भेटिन्छ । जबकि वैज्ञानिकहरुका अनुसार पृथ्वीको आयु ४.५ अर्व बर्ष भएको छ । यो तर्क अनुसार संस्कृत भाषा साँढे पाँच परार्ध हुनु पर्ने यति प्राचीन भाषाले यस्तो अफवाह गरेको हो । तर यो हिन्दुहरुलाई सत्य नै लाग्छ । श्रीकृष्ण द्वापर युगको अन्त्यमा जन्मे यानेकि ५१०० साल पूर्वमा भएको हो । राम र परशुराम त्रेता युगमा अर्थात् आठ लाख सतरी हजार साल पूर्वमा जन्मेका हुन् । नरहिंह वामन अवतार लगभग नौ लाख साल भएको हो र मत्स्य कुर्म बराह अवतार पच्चीस लाख ९२ हजार वर्ष पूर्वको सत्य युग उर्फ कृतयुगमा भएको हो ।

यो अवतार कल्पना १०० प्रतिशत बकवास हो । यसको कुनै वैज्ञानिक आधार देखिँदैन । यो सबै भन्नको लागि अलगबाट ग्रन्थ लेख्नु प¥यो । बुद्धकालमा कुनै अवतार कल्पना थिएन । बुद्धलाई भगवान बनाउन बुद्ध भगवानको दशौं अवतार हो भनेर ब्रह्माले कहानी रचे । किन भन्ने यो कालखण्ड तयार थियो कि बुद्धको सामने नतमस्तक हुनुको कुनै विकल्प थिएन । ब्रह्माणहरु सित कुनै चरा थिएन । इसाको पहिलो शताब्दीमा दशौं अवतारको बकवास कहानी ब्रह्माणले रचे । अर्बौ वर्षको काल गणना यस कारण दिए कि, संस्कृत भाषाको अलवा अर्को कुनै भाषा छैन । यसलाई हिन्दु धर्मको भाषाको रुपमा परिभाषित गरियो । हिन्द्हरुलाई गुमराह(धोका) दियो । अब बताउनुस् संस्कृत भाषामा हिन्दु धर्म यो शब्दको प्रयोग गरेको एउटा पनि पुराण किन छैन ? एउटा पनि महाकाब्य कि छैन ? एउटा पनि स्मृति ग्रन्थ किन छैन ? एउटा पनि धर्मसु ग्रन्थ किन छैन ? यो मेरो प्रश्न यहाँका पाखण्डीहरुसित हो । यसको कारण महायुग, ७१ म्हायुगको कल्प र १४ कल्पको मनु लिाएर बनाएको एघार परार्ध सालको ब्रह्मदेवको आयु हो । यस्तो जे भनियो त्यो ब्रह्माणको धोकेबाजी थियो । हिन्द् समाजमा ब्रह्मण उच्च जाति र गैर ब्रह्मण शुद्रको परम्परा परार्थ विधि साल सुरु हो भन्नको लागि त्यो मनु कल्प युग विना शब्द प्रयो गरेर परार्ध वर्षलाई पृथकीकरण गरियो । मूल निवासी समाजलाई शिक्षाबाट बञ्चित गर्नको लागि स्मृति ग्रन्थको कानून लागू गरेपछि समाजलाई अधिकारबाट बञ्चित गरियो । यसको मूल कारण ज्ञान मात्र ब्रह्माणलाई मिलोस् । हामी मूर्ख छौं, हामी केही जान्दैनौं जस्तो मानसिक गुलाम बनाउनको लागि यस्तो साजिस रचियो ।

हामी मूर्ख छौं जस्तो आभाष होस……, मौर्यकालपछि भट–ब्राह्मणले राजाहरुको पारलौकिक वा स्वर्ग–नर्क, कल्याणको लोभ दिने ग्रन्थ लेखे । यो ग्रन्थबाट गैर ब्राह्मणहरुको ज्ञान सम्पादनको अवसर दिनु र धर्म भ्रष्टता जस्ता प्रचार गरियो । यसको अर्थ बुद्धकालमा संस्कृत लोकभाषा थिएन । अर्थात बुद्धकालमा नै थिएन भने अरु कुनै कालमा यो लोकभाषा थिएन । संस्कृत ब्राह्मण, पण्डित र पुरोहितको एकलौटी भाषा थियो । उसले आफ्नो बच्च, पत्नीलाई पनि यो भाषा सिकाएन । वेद रचनाको कालमा वैदिक संस्कृत सिक्ने इच्छा गर्ने ब्राह्मण स्त्रीहरुलाई सुविधा थियो । तर स्मृति रचनाकाल पछि यो अधिकार खोसियो । मौर्य राजा सत्ता, सात वाह राजसत्ता, शक, क्षत्रप राज सत्ताको प्राकृत भाषाको ब्राह्मी लिपीको लेख उपलब्ध छ । इशापूर्व दोश्रो शताब्दीपछि मौर्य, सात वहान, सम्राट बौद्ध थिए । सातवाहनलाई पुराणले शुद्ध मान्छ । ब्राह्मणले वा ब्राह्मण धर्मशास्त्रले भन्छ कि शुद्रलाई सिंहासन वा राजा बन्ने अधिकार छैन । सातवाहन शुद्र राजा कसरी भयो त ? मौर्य पनि शुद्र थिए । मौर्य पनि कसरी राजा भए त ?

संस्कृत देवो वा देवताको भाषा हो । यो भ्रम फैलाईयो । बलिराजालाई अन्तमा के भयो त ? ब्राह्मणले संस्कृत शिलालेख लेखेर राखेको भए पुराणमा गडबडी वा भ्रम हुने थिएन । किन भने एउटा पुराणले भन्छ कि विष्णुको वामन अवतार भयो र बालिलाई पातालमा दफनाई दियो । त अर्को पुराणले भन्छ कि ब्राह्मणको आतंकी छोराले याचुकको रुपमा दरबार प्रवेश ग¥यो र त्यसको हतियारले उसलाई हत्या ग¥यो । जो भगवान अमर हो, उनीहरुको भाषा चार पाँच हजार साल पुरानो हो । यसको प्रमाण छैन । यसको मतलब वा अर्थ देवताको भाषाको मृत्ु भएको हो त ? वेदको रुपमा इस्वी सम्वत १५० सम्म कुनै प्रमाण छैन । पाली भाषा नै भेटेको हो, यसको अनुसन्धान कर्ताहरुले पत्ता लगाएका छन् । पाँच हजार साल देखि पाली भाषा जो एक ठेट भाष गाउँको हो । ईशापूर्व तीन हजार सालमा संस्कृत यज्ञको पुरै ब्राह्माणको भाषा हो ।

इसापूर्व १८७ शताब्दीमा पुष्पमित्र शुंग प्रतिक्रान्ति गरी संस्कृतलाई मलजल दिने काम भयो । शुंगकालमा दीनाचर्याको भाषा प्राकृति थियो न कि संस्कृत । ब्राह्माणको अथक प्रयासले संस्कृतमा राज–काज चलाउने काम भयो । वैदिक ब्राह्मण थिएन । न आर्य थियो । विदेशी शक राजा थियो । वहोको ना महाराज रुद्रसेन, जुणागढ(गुजरात) राज्य थियो । इटवा यसको राजधानी थियो । संस्कृत प्राचीन भाषा हो । यसको प्रचार भट–ब्राह्श्मण भिक्षुद्वारा गरिएको झुटो प्रचार हो । आर्य ब्राह्मणभन्दा बढी कुषाण राजा, शक राजा गुप्त राजाहरुले संस्कृत भाषालाई जीवनदान दिए । कुषण र शक वौद्धि दिएनन् । गुप्त पनि आर्य शंवको थिएन । अर्थान वैदिक थिएनन् तर आर्य चतुर, चलाख थियो । आफ्नो राजनीतिक फाईदा लिनको लागि देववाण्ीको संज्ञा दिएर अनार्यहरुलाई धार्मिक गुलाम बनाए । कनिष्क, रुद्रसेन र हर्षवर्धनले न बचाएको भए कुमारील भट र शंकराचार्य पनि संस्कृतमा पूर्ण हुने थिएनन । संस्कृत भाषा रच्ने वा ग्रन्थ रचनालाई अपार धन दौलत दिईयो । ऐहसान फरामोश ब्राह्माणले गुलाम बनाउनको लागि आफूलाई नै भूदेव घोषणा ग¥यो ।

ब्राह्मणहरुको सम्पति भारत बाहेकको देशबाट आयो । आर्यमा पुरुष प्रधान व्यवस्था थियो । त्यसकारण आर्य भटहरुको आमा मूलनिवासी वा शुद्र समाजबाट थिए । जुन वेदको निर्माण गरियो त्यसको प्रचार प्रसार गरियो । आफू ब्राह्मण तर पत्नी शुद्र भएको कारण महिलाहरु अधिकारबाट बञ्चित भए । नाग, नंदराज एवं मौर्य राजाहरु मध्ये कुनै पनि वैदिक थिएनन् । ब्राह्मण पुराण लेखकहरुले कहानीहरु रचेर नाग, नन्द, मौर्य यो सबै कलयुगको राजा आफ्नो प्राचीण धर्मग्रन्थ लेखियो । चतुवर्ण मुक्त समाजको रचना गर्न चाहन्थे । तर पौराणिक कालको राम, कृष्णहरुको कहानी प्राकृत साहित्यमा थियो तर यसलाई संस्कृत नामको अप्राकृत भाषामा रुपान्तरित गरियो । यदि संस्कृत भाषा प्राकृत भाषा भएको भए यो एक सरल भाषा हुने थियो । जो सम्पूर्ण वर्गले बोल्न सक्थे । यो एक प्रायोजित भाषा हो न कि प्राकृत ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म पछिल्लो दुई-तीन दिनदेखि सिरहाका विभिन्न गाउँ-ठाउँ घुमिरहेको छु । अहिलेका पत्रकार र पत्रकारिताप्रतिको आम दृष्टिकोण बुझिरहेको छु । जिल्लाका ‘इस्यूज’हरू सशक्त ढंगले किन उठान हुन सकिरहेको छैन ? यसका कारणहरू पहिचान गरिरहेको छु । यसक्रममा जे पाएँ, त्यो उदेकलाग्दो छ । एउटा समय थियो – जतिबेला जनताले पत्रकारलाई आफ्ना प्रतिनिधि बुझ्थे । सत्ता र […]

उनी विन्दास खालका व्यक्ति थिए । जो जुनूनले भरिएको थियो । यी दुइटै शब्दलाई ( विन्दास र जुनून) अथ्र्याउने हो भने यसको वृहत् अर्थ लाग्दछ । दुइटै हिन्दी शब्द हो । विन्दास शब्द मराठीबाट आएको हो ।बिन+ध्वस्त= बिन्दास । बिन भनेको बिना र ध्वस्त भनेको डर । अर्थात् बिना डर र त्रास भएको व्यक्ति ! […]

जनकपुरधाम । सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलन गर्न काठमाडौं पुगेपछि मधेश प्रदेशमा पनि पठनपाठन प्रभावित बनेको छ । यस प्रदेशका अधिकांश सामुदायिक विद्यालय दुई दिनदेखि ठप्प छ । शिक्षकको आन्दोलनमा मधेश सरकारको समर्थन छ । हुन त मुख्यमन्त्री सरोज कुमार यादवले शिक्षकका आन्दोलनबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैन । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण […]