१३ आश्विन २०८०, शनिबार
30-09-2023 , Sat
×

चम्चा युगले नागरिकलाई गैरजिम्मेवार बनाएको छ ( विचार )

Logo
प्रकाशित शनिबार, माघ ०४, २०७६

राजकिशोर रजक
जनकपुरधाम ,४ माघ।दशकभन्दा बढी समयदेखि मधेस नेपाली राजनीतिको केन्द्रमा छ । मधेस आन्दोलनमा सयौँको बलिदान, हजारौँको अङ्गभङ्ग, अर्बौंको क्षति हुँदा पनि मधेसले ठोस रूपमा उपलब्धि हासिल गर्न सकेन । सम्झौतामाथि सम्झौता भए । अन्तरिम संविधान २०६३ मा आन्दोलनको क्रममा प्राप्त उपलब्धि लिपिबद्ध भए पनि दोस्रो संविधानसभाबाट निर्माण भएका नेपालको संविधान २०७२ मधेसी, दलित, जनजाति र महिलाको हकमा प्रतिगामी सावित भयो । मधेस आन्दोलनले स्थापित गरेको स्वायत्त मधेस प्रदेश, समानुपातिक समावेशी, सेनामा सामूहिक प्रवेश, नागरिकता, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणजस्ता मुद्दाहरू आज पनि जहाँको तहीँ छन् । नेतृत्वले मधेसीलाई अधिकारसम्पन्न बनाउनुको सट्टा आन्दोलन र साहदतलाई सत्तामा पुग्ने साधन मात्र बनाए ।

सामाजिक बनोट
राष्ट्रिय जनगणना २०६८ मा जात÷जातिको जनसंख्याका आधारमा प्रदेश नं। २ को आठ जिल्लाको कुल जनसंख्या ५४ लाख ४ हजार १ सय ४५ छ । जनसंख्याको हिसाबले सबभन्दा ठूलो समूह पिछडा वर्ग हो । पिछडा वर्गमा यादव, तेली, सुडी, कुर्मी, धानुक, कोइरी, हलुवाई, बरही, कलवार, राजधोब, गडेरीलगायतको जनसंख्या ५० प्रतिशत छ । दोस्रो मधेसी दलित १८ प्रतिशत, तेस्रो मुस्लिम ११ प्रतिशत, चौथो मधेसी जनजाति ६ प्रतिशत, पाँचौँ पहाडी जनजाति ५ प्रतिशत, छैटौँ खस–आर्य ४ प्रतिशत र सातौँ सबभन्दा कम जनसंख्या भुरावाल ९भूमिहार, राजपुत, ब्राह्मण र कायस्थ०को ३ प्रतिशत छन् । त्यस्तै मरवाडी ९१२०५३०, शिख ९३६१४० र विदेशी ९६८९० जनसंख्या छ ।

माथिको जनसंख्यालाई विश्लेषण गर्दा पिछडा वर्ग, दलित, मुस्लिम र मधेसी जनजातिको कुल जनसंख्या ८५ प्रतिशत हुन्छ, जसलाई मधेसी बहुजन पनि भन्न सकिन्छ । पहिलो मधेस आन्दोलनमा ५४ जना सहिद हुँदा ३० जना पिछडा वर्ग, ११ जना दलित, ८ जना मुस्लिम र ४ जना भुरावाल थियो । मधेसी बहुजनको साहदत जनसंख्याको अनुपातभन्दा बढी छन् । साहदतबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमा सबभन्दा बढी प्रताडित मधेसी बहुजन नै छन् । प्रताडनाको पछिल्लो केही प्रतिनिधि घटना ।

पहिलो, सिरहा नगरपालिका– ६ बसपिट्टाका जमिन्दारले दलित समुदायको घर डोजर लगाएर भत्काइदिएका छन् । मध्येजाडोमा रामजी महरा, रामवृक्ष महरा, रिझो महरा, फुल्चो महरा र रामतौलिया महराको परिवार बिचल्लीमा परेका छन् । चिसोमा त्रिपालमुनि पराल ओछ्याएर बस्दा वृद्धवृद्धा र बालबालिका बिरामी पर्न थालेका छन् ।

दोस्रो, विदेह नगरपालिका–१ ठाडीस्थित १५ सुकुम्बासी परिवार तीन पुस्तादेखि भोगचलन गर्दै आएको ऐलानी जग्गाबाट उठिवास हुन मुस्किलले जोगिएका छन् । उनीहरू स्थानीय संघसंस्था, नगरपालिकाको मेयर, मानव अधिकारवादीको पहलमा उठिवास हुनबाट केही समयका लागि जोगिएका छन् ।तेस्रो, लहान नगरपालिका–१६ स्थित तरेगना गाउँमा दलित समुदायको नाबालिका किशोरीमाथि बलात्कार प्रयास भएको थियो । प्रतिकार गर्दा पीडितलगायत तीन महिला घायल भए । चौथो, मिथिला नगरपालिका–५ को दिलीप महतो नदी दोहनविरुद्ध लाग्दालाग्दै मारिए ।

यस्ता कैयौँ घटना दैनिक रूपमा घटिरहेका छन् । जुन समुदायले अधिकारका लागि रगत बगाए, त्यही समुदायमाथि हत्या, हिंसा र उठिवास गरिदिने शृंखला रोकिएको छैन । कतिवेला बलात्कार हुने हो, कतिवेला हत्या हुने हो कुनै ठेगान छैन । आखिर किन मधेसका मसिहालाई जनताका आधारभूत मुद्दाले छुँदैन रु किन मसिहा अगाडि र मिसन पछाडि छुट्छ रु

मधेसी दल र जातीय वर्चस्व
मधेस राजनीतिको मञ्चमा समाजमा विद्यमान जातीय शक्ति सम्बन्धको प्रतिविम्ब आज पनि जस्ताको तस्तै छ । समाजवादी पार्टीमा यादवको वर्चस्व छ । राष्ट्रिय जनता पार्टीमा भुरावालको वर्चस्व छ । भुरावालको जनसंख्या सबभन्दा न्यून छ तर राजनीतिमा वर्चस्व सबैभन्दा बढी छ । राजनीति समाजको दर्पण हुन्छ । सामाजिक शक्ति–सम्बन्धको चित्र राजनीतिमा प्रतिविम्बित भएको छ ।

यसको असर प्रदेश नं। २ सरकारको मन्त्रिमण्डल, नीति आयोगमा एकजना पनि दलित नहुुनुबाट प्रस्ट हुन्छ । समाजमा जात हुन्छ भने राजनीतिमा पनि जात हुन्छ । मधेसमा जाति छ त्यसैले जातीय वर्चस्व राजनीतिमा पनि प्रतिविम्बित भएको छ । एङ्गेल्सले सन् १८६२ मा प्रसिया ९हाल जर्मनी०को एक सभामा भनेका थिए, ‘संवैधानिक प्रश्न सर्वप्रथम अधिकारको प्रश्न हुँदैन, बरु शक्तिको प्रश्न हुन्छ । कुनै पनि देशको वास्तविक संविधानको अस्तित्व त्यो देशमा विद्यमान शक्तिको वास्तविक स्थितिमा हुन्छ । त्यसैले राजनीतिक संविधानको मूल्य र स्थायित्व त्यतिवेला मात्र हुन्छ जतिवेला सामाजिक शक्ति–सम्बन्धलाई ठीक–ठीक ढङ्गले सम्बोधन भएको हुन्छ ।’

जात, समाज र राष्ट्र
मानिस स्वभावले सामाजिक प्राणी हो । जात र समाज अन्तरविरोधी विचार हुन् । अम्बेडकरका अनुसार जात समाज तथा राष्ट्रविरोधी हुन्छ । जात रहेसम्म समाज बन्दैन । जात रहेसम्म लोकतन्त्र संस्थागत हुन सक्दैन । त्यसैले मधेसमा जात छ, समाज छैन । जसका कारण हत्या, हिंसा, बलात्कारजस्ता घटना पटकपटक भइरहन्छन् । शान्तिपूर्ण विरोध प्रदर्शनमा समेत राज्यले दमन गर्छ । हत्यासमेत गर्न राज्य पछि पर्दैन ।

जात व्यवस्थाबारे भारतीय चिन्तक डा। एसभी केतकर कठोर सामाजिक कानुनद्वारा सदस्यलाई आफ्नो जातभन्दा बाहिर विवाह गर्न वर्जित गरिन्छ भन्छन् । जात–व्यवस्थाबारे केतकरको मत विवेचनात्मक र सटिक छ । केतकरले जात–तन्त्रको विश्लेषण जात–व्यवस्थाका आधार संरचनाबाट गरेका छन् । जात–व्यवस्था मूल रूपमा रोटी सम्बन्धमा परहेज र बेटी व्यवहारमा बन्देज गर्छ । खानपान, छुवाछुत र रगतलाई जातभित्रै संकुचित गर्छ ।

मधेसमा सात दशकअघिदेखि जारी राजनीतिक आन्दोलनले यहाँको विशिष्ट सामाजिक मुद्दालाई समात्न सकेन । मधेस आन्दोलनले सामाजिक मुद्दालाई बेवास्ता गरेका कारण सफलता हासिल गर्न सकेन । कुनै पनि पार्टीले जात–व्यवस्थाको विनाश गर्नुपर्छ भन्ने सोच्नसम्म सकेका छैनन् । जातको विनाशविना मधेसी समाज निर्माण सम्भव छैन ।

दक्षिण एसियामा समुदायको मुद्दालाई सम्बोधन गर्ने काम सन् १९३२ बाट सुरु भएको हो । अम्बेडकरको नेतृत्वका कारण १८ अगस्ट १९३२ मा मुस्लिम र शिखजस्तै अस्पृश्यलाई सवर्ण हिन्दुभन्दा पृथक पहिचानको मान्यता प्राप्त भएको थियो । सामाजिक, सांस्कृतिक तथा धार्मिक रूपबाट अलग अस्पृश्य समाजलाई तत्कालीन ब्रिटिस प्रधानमन्त्री रेमसे मैकडोनाल्डले राजनीतिक रूपमा पनि पृथक मान्यता प्रदान ग(यो ।

अस्पृश्यको पृथक निर्वाचनको घोषणाले गान्धी स्तब्ध भए । उनले ब्रिटिस सरकारको कडा विरोध गरे । २० सेप्टेम्बर १९३२ मा पुनाको यरवादा जेलमा अस्पृश्यले प्राप्त गरेको पृथक निर्वाचन मण्डल तथा दुई मतको अधिकारका विरुद्ध आमरण अनशन सुरु गरे । भारी दबाबको कारण डा। अम्बेडकर र सवर्ण प्रतिनिधिबीच २४ सेप्टेम्बर १९३२ मा पुना सम्झौता भयो, जसले अस्पृश्यहरूले पृथक् निर्वाचन र दुई मतको अधिकारबाट हात धुनुप¥यो । अस्पृश्यहरू आफ्नो समुदायबाट स्वतन्त्र प्रतिनिधि छान्नुको सट्टा सवर्ण पार्टीको मुखियाबाट प्रस्तावित प्रतिनिधिलाई छनोट गर्न बाध्य भए । पृथक् निर्वाचनको सट्टा मिश्रित निर्वाचन मण्डल लागू भयो । यहीँबाट चम्चा युगको सुरुवात भयो ।

नेपाल, पुना पैक्ट र चम्चा युग
बहुजन समाज पार्टीको अध्यक्ष काशीरामले पुना पैक्टको ५० वर्षपछि सम्झौतालाई समीक्षा गर्दै ‘चमचा युग’ पुस्तक लेखे । उनकाअनुसार संयुक्त निर्वाचन मण्डलद्वारा हुने प्रतिनिधित्व वास्तविक प्रतिनिधित्व नभएर नोमिनेटेड प्रतिनिधित्व हुन्छ जसले आफ्नो समाजको वास्तविक रूपमा प्रतिनिधित्व गर्न सक्दैन ।नेपालले मिश्रित निर्वाचन प्रणाली अपनाएको छ । यो प्रणाली बहुमतीय नभएर अधिक मतको निर्वाचन प्रणाली हो । भारतको जस्तो दलित समुदायका लागि निर्वाचन क्षेत्र आरक्षित यहाँ छैन ।

पहिलो हुने निर्वाचित हुने र समानुपातिकको सूची राजनीतिक दलले तय गर्छ । जसको ज्वलन्त उदाहरण संविधानसभामा प्रस्ट देख्न सकिन्छ । प्रमुख तीन दलका मधेसी, जनजाति, दलित नेताहरूले दलको निर्णयलाई चुनौती दिने आँट गरेनन् । दलका लागि उनीहरू भोट बैंकको हतियार मात्र बने । त्यस्तै मधेसी दलभित्र दलित, मुस्लिम, थारूको अवस्था त्यस्तै छ । लोकसेवा आयोगले गैरसंवैधानिक विज्ञापन निकाल्दा पनि आफ्नो समुदायको मौलिक हकका लागि बोल्ने हिम्मत गरेनन् । राज्यबाट मधेसी थारूमाथि दमन हुँदा पनि नेताहरू बोल्न सकेनन् ।

दलीय अनुसाशन तोडेर अधिकारका लागि लड्ने हिम्मतै गरेनन् । यस्तो अवस्थालाई अम्बेडकर भन्छन्, ‘सवर्णको दृष्टिकोणमा संयुक्त निर्वाचन मण्डल एउटा राटन बरो ९जीर्ण–शीर्ण उपनगर० हो जसमा सवर्णलाई एउटा अछुतको नामांकनको अधिकार हुन्छ जो नाम मात्रको अछुत प्रतिनिधि हुन्छ । वास्तविक रूपमा उनीहरू सवर्णको औजार ९चम्चा० मात्रै हुन्छन् ।’ यो कुरा नेपालमा पनि लागू हुन्छ । नेकपा, नेपाली काङ्ग्रेस, समाजवादी तथा राजपामा दलित, पिछडा वर्ग, जनजाति, मुस्लिम नाम मात्रको प्रतिनिधि हुन् ।

चम्चा युगको दुष्प्रभाव
नेपालमा अहिले भइरहेको चम्चा युगको राजनीतिले शोषित–पीडित सीमान्त समुदायलाई अत्यधिक प्रभावित पारेको छ । यसले राजनीतिक रूपमा मात्र होइन, सामाजिक जीवनको हरेक क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ । यसले नागरिकलाई गैरजिम्मेवार बनाउनुको साथै आत्मविश्वासलाई चकनाचुर पारेको छ । चम्चा युगको दुष्प्रभावले पाँच पक्ष प्रकट हुन्छ ।

पहिलो, दलित बहुजन समुदायको शिक्षित व्यक्तिलाई आफ्नो समाजप्रतिको जिम्मेवारीबाट विमुख गराउँछ । अभिजात्य व्यक्ति आरक्षणको लाभमा बढी केन्द्रित हुन्छ । चम्चा युगले यस्ता अभिजात्य व्यक्तिलाई राजनीतिमा सक्रिय हुनुभन्दा नोकरशाह बन्नतिर प्रेरित गर्छ र उसलाई सिस्टमको चम्चामा सीमित गरिदिन्छ । दोस्रो, दलित बहुजन समाजको चम्चाले अधिकारको आन्दोलनलाई हतोत्साहित गर्छ ।

समाजलाई भ्रमित पार्छ । अलमल्याउने काम गर्छ । जसका कारण अधिकारको आन्दोलन गोलचक्करमा फस्छ । तेस्रो, दलित बहुजनलाई धेरै चिजको आवश्यकता छ, तर सबैभन्दा जरुरी नेतृत्वको छ । दलित बहुजनलाई सक्षम, दूरदर्शी, कल्पना–शक्ति र धैर्य भएको नेतृत्व चाहिएको छ, तर नेतृत्वको समस्या छ । चम्चा युगमा यो काम सबैभन्दा बढी चुनौती बनेको छ । चौथो, दलित बहुजन समुदायको आत्मविश्वासलाई यतिसम्म कमजोर बनाइएको छ कि अन्याय, शोषण, विभेदका विरुद्ध विद्रोह गर्ने भावना नै मृत अवस्थामा छ । यसको परिणाम गुलामीमा प्रकट हुने गर्छ । पाँचौँ, यसले लोकतन्त्रलाई अर्थहीन बनाउँछ । लोकतन्त्रको अर्थ बहुमतको शासन हो । तर, नेपालमा अल्पजनले बहुजनमाथि शासन गरिहेको छ ।

नेपालमा बहुमतको राजनीतिलाई सिद्धान्तका रूपमा स्वीकार गर्नुभन्दा नियमका रूपमा मान्ने गरिन्छ । राजनीतिक बहुमतको निर्णयलाई त्यो हदसम्म स्वीकार गरिएको छ कि अल्संख्यक उक्त निर्णयको विरुद्धमा विद्रोह गर्ने चिन्तासम्म गर्दैन । नेपालमा बहुमत केवल राजनीतिक बहुमत छैन । साम्प्रदायिक बहुमत छ । बहुमत पैदा हुन्छ, निर्माण हुँदैन । राजनीतिक बहुमत र साम्प्रदायिक बहुमतमा यही फरक छन् । राजनीतिक बहुमत स्थिर वा स्थायी हुँदैन । यसलाई निर्माण, खण्डन र पुनर्निर्माण गर्न सकिन्छ । सम्प्रदायिक बहुमत स्थायी हुन्छ । जोकोहीले पनि यसलाई विनाश गर्न सक्छ, तर रूपान्तरण गर्न सकिँदैन । परिणाम लोकतन्त्रलाई अर्थहीन बनाएको छ ।

वर्तमान व्यवस्थाभित्र स–सानो परिवर्तनले केही हुनेवाला छैन । माथिको समस्याको समाधान हुन व्यवस्था नै परिवर्तन हुनुपर्छ । दलित बहुजनको वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्न पृथक् निर्वाचन प्रणालीको व्यवस्था हुनुपर्छ । केवल राजनीतिक लोकतन्त्रसम्म सीमित रहनुहुँदैन । सामाजिक तथा आर्थिक लोकतन्त्रसम्मको बाटो तय गर्नुपर्छ । सामाजिक तथा आर्थिक लोकतन्त्रका लागि जात–व्यवस्था र पितृसत्ताको विनाश अनिवार्य सर्त हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई कुनै एउटा समुदायको एकाधिकारमा छोड्नुहुँदैन । समानुपातिक समावेशी नीतिलाई कडाइपूर्वक लागू गर्नुपर्छ ।

(रजक अम्बेडकर तथा बहुजन अध्येता हुन्)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलन गर्न काठमाडौं पुगेपछि मधेश प्रदेशमा पनि पठनपाठन प्रभावित बनेको छ । यस प्रदेशका अधिकांश सामुदायिक विद्यालय दुई दिनदेखि ठप्प छ । शिक्षकको आन्दोलनमा मधेश सरकारको समर्थन छ । हुन त मुख्यमन्त्री सरोज कुमार यादवले शिक्षकका आन्दोलनबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैन । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण […]

नयाँ संविधान जारी भएको आज ८ वर्ष पूरा भएको छ । मलाई भने संविधान बन्नु अघिको ८ वर्ष पहिलेको पृष्ठभूमि केलाउन मन लागेको छ । समानता, पहिचानसहितको संघीयता, राज्यको हरेक क्षेत्रमा समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण, समावेशिता, भाषा, नागरिकता लगायतका माग राखेर भएको मधेस आन्दोलन–३ का एजेण्डाहरू पूरा हुन नसक्दा मधेसी, उत्पीडितले अहिलेसम्म […]

नेपाल राजनीतिक रूपमा इतिहासमा कहिल्यै उपनिवेश भएन। तर शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक प्रणालीका साथै सांस्कृतिक उपनिवेशीकरण भइरहेको छ। यो आजको यथार्थ हो। यो लेखमा शैक्षिक उपनिवेशीकरणको मुद्दालाई मुख्य रूपमा चर्चा चलाउनमात्र खोजिएको छैन्, शिक्षा व्यवस्थामा आमूल परिवर्तनको आवश्यकतालाई सरोकारवाला समक्ष पुर्याउन पनि खोजिएको छ। हामीले बुझ्नुपर्छ, “हामी हाम्रो शिक्षा प्रणालीमा उपनिवेशीकरणलाई निरन्तरता दिन दाताहरूबाट […]