०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

थर परिवर्तनले मात्र दलितमाथिको बिभेद अन्त्य हुदैन : रामसुफल सदा

Logo
प्रकाशित बिहिबार, आषाढ ०४, २०७७

सिरहा, ४ अषाढ । अहिले सामाजिक डिस्कोर्स मा बढी चर्चा पाएको बिषय रहेको छ कि दलित शब्द नै बिभेदकारी र अपमानजनक भएकोले दलित मा एक किसिमको हिनताको भावना उत्पन्न हुन्छ र समाजले पनि दलित भनेर नै हेला गर्ने गर्द्छ। तर कतिपय दलित र गैरदलितको बुझाइ के रहेको छ भने दलित शब्दमा समस्या नभई दलितले आफू दलित हु भने मानसिकता त्याग्नु पर्छ अनि मात्र दलित माथिको विभेद अन्त्य हुन सक्छ। तर यस्तो कुरामा कुनै पनि किसिमको सत्यता नभएको र तर्क बिहिन कुरा हो भन्ने मलाइ लाग्छ। जब सम्म सामाजिक स्वीकृति हुदैन तब सम्म कुनै ब्यक्तिले आफुलाइ जुन सुकै जात घोषित गरेपनी त्यसकोकुनै अर्थ रह्दैन। यस्तो तर्क गर्नेहरुमा केही टाठा बाठा अलिकती पैसा भएको अपरिपक्व दलितहरु छन र अर्को समुहमा केही धुर्त मनुवादि भावनाले ग्रसित ब्यक्तिहरु पर्दछ्न। जो बुझ्छ कि दलित आफ्नै कारणले हेपिएको हो तर यथार्थ बिल्कुलै फरक छ।

थर परिवर्तनले दलितको समस्या र उनीहरु माथिको बिभेदको अन्त्य हुदैन भने कुरा इतिहासको कालखण्डमा गरिएको प्रयासहरुबाट छर्लङ्ग भएको छ। भारतमा महात्मा गान्धीले थरले गर्दा जातिय विभेद भैरहेको कुरा महसुस गरि दलितलाइ ‘हरिजन’ भनेर सम्बोधन गर्न सुरु गरे । हिन्दी शब्दकोष अनुसार हरिको अर्थ इश्वर र जनको अर्थ सन्तान अर्थात हरिजन भनेको ईश्वरको सन्तान हो। अब यो भन्दा पबित्र नाम के हुन सक्छ। त्यो थर पनि अपमानको पर्याय बन्यो । त्यस्तै धेरै दलितहरु छुवाछूत र अपमानजनक ब्यवहारबाट बच्न आफ्नो थरमा ‘राम ‘जोडे । सायद राम भन्दा पबित्र शब्द हिन्दु धर्म मा अरु कुनै नहोला। तर रामको नाम समेत बदनाम भयो। ‘राम’ शब्दले पनि दलित माथिको जातिय बिभेद र छुवाछूत जस्ता अमानवीय ब्यवहार रोक्न सकेन।नेपाल र भारतमा अधिकान्स मुसहर जातीले आफ्नो थरको पछाडि ‘रिशी , ऋषिदेव ‘ लेख्ने गरेका छन । तर पनि यो हिन्दु ब्राह्मणवादी समाजले तिनिहरुलाई दलित भनेर नै हेला गर्नेको गरेको छ। नेपालको कामी ( बिश्वकर्मा)समुदायमा धेरैले अपमान र छुवाछूत जस्ता अमानवीय ब्यवहारबाट बच्नलाइ थरनै परिवर्तन गरे । कामिहरु आफ्नो नामको पछाडी पोखरेल, पौडेल, लोहनी , नेपाली र रसाइली इत्यादी लेख्न शुरु गरे तर पनि जातीय बिभेदबाट बच्न सकेन।कतिपयको बुझाइ के छ भने दलित आफैले आफुलाइ दलित भनेर उभ्याउछ त्यही भएर दलित पिडित भएको हो । तर एउटा कुरा के स्पष्ट हुन जरुरी छ भने कहिपनि दलित आफुलाइ दलित भनेर प्रस्तुत गर्दैन । दलित आफ्नो थर भन्न त सन्कोच मान्ने गर्दछ । उसले आफुलाइ दलित भन्ने कुरा त परै जाओस तर थर बुझ्ने बितिकै उसलाइ दलित हो भनेर हेला र बिभेद गर्ने गरेको प्राय जसो देखिन्छ। दलित समानता र स्वतन्त्रताको लागि डा. भिमराव अम्बेड्कर आजिवन लडे । सम्बिधानमा दलितको अधिकार सुनिश्चित गर्दै समाबेशी सिद्धांतको आधारमा राज्यको हरेक अङहरुमा आरक्षणको माध्यमले दलितको प्रतिनिधित्व बढाउने महान कार्य गरे पनि अहिलेसम्म दलितमाथीको विभेद र अमानवीय ब्यवहार रुक्न सकेको छैन। दलितमाथी हुने हत्याहिंसा र जातिय बिभेद कम भएको छैन। अन्तमा डा. बाबा साहेब भिमराव अम्बेड्करले हिन्दु जाति ब्यवस्थाबाट न्याय पाउन सम्भव नदेखेकोले लाखौं लाख हिन्दु दलित सहित हिन्दु धर्म परित्याग गरि बौद्ध धर्म अपनाएका थिए। तर म चाह्दिन कि कुनै हिन्दु दलितलाइ जातिय भेदभावको कारण धर्म परिवर्तन गर्नु परोस। तर कानुनको डरले भेद भावको रुप झन सूक्ष्म हुँदै गएको छ।अहिले पनि धेरै जसो उदाहरण देख्न पाइन्छ जहाँ सम्बिधान र कानुनको उल्लंघन गर्दै सार्वजनिक स्थलमा समेत दलित माथी विभेद र भेदभाव गरेको छ। त्यसैले थर परिवर्तन पनि समस्या समाधानको उत्तम विकल्प होइन।

वैदिक अधिकार र जातिय मुक्ति
हामी सबैले पढेको र बुझेको यथार्थ के हो भने बेदमा कहि पनि कोइ जातको आधारमा ब्राह्मण हुदैन । ब्राह्मण भनेको एक जागृत अवस्था भएको र उच्चतम ज्ञान हासिल गरेको ब्यक्ति हो।उच्च कोटिको ज्ञान् र शास्त्रको गहन अध्यन भएको कोहि पनि ब्राह्मण हुन सक्छ। पछि यहि कुरा मनुस्मृतीमा पनि सन्सोधन गरेर केही मनुवादी पन्डितहरु जो कि जातिय बिद्रोह नहोस भने भावना का साथ समावेश गरेको पाइन्छ तर त्यो ब्यवहारमा कार्यन्वयन भएको देखिएन।हिन्दु धर्मलाई मान्ने हो भन्ने ब्राह्मण बन्ने योग्यता को निर्धारण गरौ। जातिय आरक्षण भनेको मेरो बुझाइमा जन्मकै आधारमा कसैले त्यो बिशेष जातिको सम्मान पाउनु हो जब कि त्यसको लागि उसलाइ कुनै किसिमको योग्यताको जांच दिनु पर्दैन । यदि दलित पनि हिन्दु नै हो भने उसलाइ पनि योग्यता सिध्ध गर्ने मौका प्रदान गरिनु पर्दछ। कोइ जन्मेको आधारमा ब्राह्मण बन्नुको मतलब शतप्रतिशत आरक्षणको उपयोग गर्नु हो। प्रशासनिक वा सार्वजनिक क्षेत्रमा दिदै आएको आरक्षण त केवल दलित तथा पिछडिएका समुदायको माथी गरिएको अन्याय र बिभेदको क्षतिपूर्ति मात्र हो र त्यो पनि पर्याप्त छैन। कोइ बिना योग्यताको ब्राह्मण हुन पाउने र कोइ पिएचडी गरेर पनि अछुत भएर अपमानित जीवन बिताउनु पर्ने ? कोइ जन्मने बितिकै सम्मान पाउने र कोइ आजिवन प्रयासको बावजुद पनि घृणा र तिरस्कारमा बाच्नु पर्ने स्थिति छ।यो कति हदसम्म बैग्यानिक हो।ब्राह्मण र पन्डित हुनको लागि निस्चित योग्यताको निर्धारण गरौ बेदले भने अनुसार यदि कुनै दलित त्यो तह सम्मको योग्यता र क्षमता हासिल गर्न सक्दैन भने उ सङ गुनासो गर्ने कुनै अधिकार रह्दैन तर मौका नदिइकन कसैलाइ दलित र कसैलाई शुद्र भन्नू कहाँ को न्याय हो।यदि त्यसो पनि गर्न सकिँदैन भने मन्दिरको पुजारीको नियुक्ति बिज्ञापनद्वारा गर्दा जातिय समस्या हल हुन सक्छ। किनभने सबै पाख्ण्ड र अन्धबिश्वासको मुल जड नै मन्दिर हो। मन्दिरमाथी को एकल जातिय एकाधिकार नतोडेसम्म समाजमा समानता र जातिय सामनजस्यता कायम हुन दिदैन।अहिलेसम्म हेर्दा खेरी धर्मगुरु र पण्डितले सामाजिक बिभेदलाइ घटाउनुको सट्टा झन अन्धबिश्वास र उच निचको भावना फैलाउने काम गरेको छ।जातलाइ पुन परिभाषित नगरी जातिय समस्याको समाधान हुन सक्दैन। यदि हामी वैदिक परम्परालाई कायम राख्न सक्यौं भने हिन्दु धर्म जोगिन सक्छ नभए एक दिन यी ब्राह्मणवादी वा मनुवादीले गर्दा अल्पमतमा पुग्न बेर लाग्दैन। आज भारतमा लाखौ हिन्दु दलितहरु जातिय भेदभाव र उत्पीडनको कारण बौध धर्म र क्रिश्चियन धर्म अपनाएका छन र अहिले पनि धर्म परिवर्तन गर्ने दर बढ्दै गैरहेको छ। जुन कि हिन्दु धर्मको लागि खतराको सुचक हो। नेपालकै परिवेशमा मा कुरा गर्ने हो भने हजारौं हजार दलितहरु हिन्दु धर्म परित्याग गरि क्रिश्चियन बनिसकेको अवस्था छ। यदि समयमै हाम्रो चेत खुलेन भने जातिय ब्यवस्थाको पक्ष पोषण गर्ने कट्टरपन्थी हिन्दुकै कारण यो धर्म आफ्नै भुमिमा बिलय हुदैन भने कुराको ग्यारेन्टी कसैले दिन सक्दैन। त्यसैले हिन्दु बर्ण ब्यवस्थामा जुन किसिमको जातीय भेदभाव र कुरिती छन त्यसलाई नहटाए सम्म जातिय एकता बलियो हुदैन । जातिय ब्यवस्था कुनै इश्वरिय देन हैन कि यो हटाउन सकिँदैन र हटाए भने कुनै प्रलय आइहाल्छ। यो बिकृत मानसिकताको उपज हो । जातिय विभेद सामाजिक र मनोबैज्ञानिक समस्या हो र यस्को निराकरण त्यति मुश्किल छैन । यदि यस्को पहल हाम्रा धर्मगुरु, समाजका अगुवा ,अधिकार्कर्मी र बौधिक बर्गले गर्ने हो भने सम्भव छ।

दलित र मधेशी तथा आदिवासी जनजातिको विभेदमा समानता र अन्तर

राज्यले हेर्ने र ब्यवहार गर्ने दृस्टिकोण दलित, मधेशी र जनजातिको लागि सामान छ ।राज्यबाट यी बर्गहरुलाइ दुई सय पचास देखि सामान अधिकारबाट बन्चित गरि उत्पीडनमा पारेको हो। राज्यको नजरमा दोस्रो दर्जाको नागरिक सरह हुन। र सोही अनुसार यिनिहरुको नागरिक अधिकार , भेषभुसा , संस्कृति र पहिचानलाई खतम पारी एक जातिय र एकल भासिय नीति लादिएको कुरा हाम्रो समक्ष बिद्यमान छ। विभिन्न कालखण्डमा पहिचान र आत्मसम्मानको लागि लडाइ लडेपनि अधिकार सम्पन्न हुन सकेको छैन। नेपालको सम्बिधान २०७२ मा धर्मनिरपेक्षता , भाषिक बिबिधता , मानव अधिकार , स्वायत्तता, नागरिक स्वतन्त्रता र मौलिक हकहरुको संरक्षण गर्ने कुरा उल्लेख गरिए तापनि ब्यवहारमा लागू नगरी एउटा कागजको खोस्टा मात्र सबित भएको देखिन्छ। र अहिले पनि पहिचान र आत्मसम्मानका लागि लडिरहेका मधेसी , दलित , मुस्लिम र आदिवासी जनजाती समुदाय आफ्नै भुमिमा अपहेलित र अपमानित जीवन जिउन बाध्य भएका छन।
अर्को तिर दलित र मधेशी तथा जनजाति बिचको बिभेदमा भने सामाजिक रूपमा ठूलो अन्तर रहेको छ। सामाजिक र धार्मिक रुपले हेर्दा समाजमा दलित सङ जातिय विभेद तथा छुवाछूत जस्ता अमानवीय ब्यवहार रोकिएको छैन ।अहिले पनि समाजले दलितलाई स्वीकार गरेको देखिदैन। समाजमा दलित र गैरदलित बिचको जातिय अन्तरद्वन्द कायम छ।गैरदलितलाई समाजिक अबहेल्ना र तिरस्कारको सामना गर्नुपरेको छैन तर दलित अहिले पनि समाजिक अबहेल्ना, घृणा , छुवाछूत तथा अमानवीय ब्यवहारको शिकार भएका छन। यदि मधेशि , जनजाति र दलितलाई पहिचानको लडाइ सफल पार्नु छ भने यो शोशित पिडित समुदाय भित्रको सबैखाले अन्तर द्वन्द्व समाप्त गर्नै पर्छ नभए यसरी बिभाजित भएर राज्यको अन्याय र विभेद बिरुधको संंघर्षमा हासिल गर्न सकिँदैन। यसको एक मात्र उपाय हो – जातिय शोसन र जातिय कुरितिको अन्त्य। यो जातिय कुरिती नहटाएसम्म आप्सी सद्भाव र एकता बलियो हुन सक्दैन । यहि जातिय अन्तरद्वन्द्वको फायदा उठाएर राज्यले विभिन्न षडयन्त्र गरि शोशित पीडित र उत्पीडितलाई फुटाइ सबै माथी राज्य गर्न सफल भएको देखिन्छ। त्यसैले जातिय विभेद हटाइ समाजलाई एकताको सुत्रमा बाध्नु मधेशी र आदिवासी जनजातिको कर्तव्य हुन आउँछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म पछिल्लो दुई-तीन दिनदेखि सिरहाका विभिन्न गाउँ-ठाउँ घुमिरहेको छु । अहिलेका पत्रकार र पत्रकारिताप्रतिको आम दृष्टिकोण बुझिरहेको छु । जिल्लाका ‘इस्यूज’हरू सशक्त ढंगले किन उठान हुन सकिरहेको छैन ? यसका कारणहरू पहिचान गरिरहेको छु । यसक्रममा जे पाएँ, त्यो उदेकलाग्दो छ । एउटा समय थियो – जतिबेला जनताले पत्रकारलाई आफ्ना प्रतिनिधि बुझ्थे । सत्ता र […]

उनी विन्दास खालका व्यक्ति थिए । जो जुनूनले भरिएको थियो । यी दुइटै शब्दलाई ( विन्दास र जुनून) अथ्र्याउने हो भने यसको वृहत् अर्थ लाग्दछ । दुइटै हिन्दी शब्द हो । विन्दास शब्द मराठीबाट आएको हो ।बिन+ध्वस्त= बिन्दास । बिन भनेको बिना र ध्वस्त भनेको डर । अर्थात् बिना डर र त्रास भएको व्यक्ति ! […]

जनकपुरधाम । सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलन गर्न काठमाडौं पुगेपछि मधेश प्रदेशमा पनि पठनपाठन प्रभावित बनेको छ । यस प्रदेशका अधिकांश सामुदायिक विद्यालय दुई दिनदेखि ठप्प छ । शिक्षकको आन्दोलनमा मधेश सरकारको समर्थन छ । हुन त मुख्यमन्त्री सरोज कुमार यादवले शिक्षकका आन्दोलनबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैन । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण […]