२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

सप्तकोशीमा पानीको बहाव बढेपछि ३३ ढोका खोलियो

न्यूजमधेश डेस्क सप्तरी,२१ श्रावण । सप्तकोशी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ । पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ । आज मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो । आज अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२० श्रावण । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवले किर्ते गरी नेपाली नागरिकता लिएको र उपप्रमुखमा समेत निर्वाचित भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ । मीरा र उनका पति महेन्द्रकुमार यादव भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी भएको उजुरीमा उल्लेख छ […]

न्यूजमधेश डेस्क कांठमाडौं,२० श्रावण ।आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले सप्तरी-२ बाट चुनाव लड्ने भएका छन्। अध्यक्ष राउतले यसअघि २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी २ बाट चुनाव लड्न लागेको पार्टी महासचिव चन्दन सिंहले जानकारी दिए। सिंहका अनुसार राउतको घर पनि यही क्षेत्रमा पर्छ। गत स्थानीय चुनावमा यो […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ श्रावण। डा सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजिनामा माग गरेका हुन्। ‘हामीले सुरुदेखि नै भन्दै आएका छौं बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा ब्यापक भ्रष्टाचार […]

न्यूजमधेश डेस्क महेत्तरी ,१९ श्रावण । महोत्तरीको गौशाला नगरपालिकामा आज डण्डी बोकेको ट्रकले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नपा–४ स्थित सुर्तिविकास चौकमा डण्डी बोकेको ना ४ ख ३३३९ नंको ट्रकले अनटेस्ट मोटरसाइकलमा सवार स्थानीय दिलीप सहनीलाई ठक्कर दिँदा उनको मृत्यु भएको […]

रितिक अधिकारी सर्लाही,१६ श्रावण । राणाकालमै देशैभर पूर्वदेखि पश्चिमसम्म रेखा कोरिएको हुलाकी सडकको सर्लाही खण्डले गणतन्त्र आइपुग्दासम्म काँचुली फेर्न सकेको छैन । वर्षौंदेखि जीर्ण सडकको स्तरोन्नति नहुँदा स्थानीय बासिन्दा हिउँदमा धूलो र वर्षामा हिलोको सास्ती खेप्न विबश छन । राणाकालीन समयमा चिठीपत्र पुर्याउने ‘हुलाकी’ कुद्ने भनेर बनाइएको बाटो भएकाले पूर्वदेखि पश्चिम जोडिने सडकको नाम ‘हुलाकी सडक’ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ श्रावण। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ कि शान्तिदेवी महरा आइतबार काखे नानीसहित आएर सडकमै सुतिन् । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि सडकमै सुतेर उनले नानीलाई आफ्नो छातीमा सुताइन् । ‘दुई धुर गाउँ ब्लकको जग्गामा सानो टहरा बनाएर बस्दै परिवारका चार जना आएका छौं’ उनी भन्छिन्, ‘सरकारले पटक–पटक जग्गा उपलब्ध गराउने […]

न्यूजमधेश डेस्क काठमाडौँ,१५ श्रावण । वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८/७९ मा मृत्यु भएको छ। साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो। मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको जानकारी दूतावासले दिएको छ । […]