२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

शिक्षा राज्यमन्त्रीकै जिल्लामा गोलमाल

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ श्रावण । संघीय सरकारकी शिक्षा राज्यमन्त्री बोधमाया यादवकै जिल्लामा शिक्षा विकास तथा समन्वय इकाई धनुषामा बेथितिको चांग लाग्दैछ। उपसचिव र सिनियर शाखा अधिकृतलाई हटाएर शाखा अधिकृतकाई इकाई प्रमुख बनाउने भएपछि सरोकारवालाहरुले विरोध गरेका छन्। राज्यमन्त्री यादव नियुक्त भएपछि धनुषामा तीन जना कार्यालय प्रमुख फेरिएका छन्। मन्त्रीका आसेपासेहरुले कार्यालय प्रमुखसँग पैसा माग्दै दबाब […]

न्यूजमधेश डेस्क वीरगञ्ज,१३ श्रावण । वीरगञ्जबाट सशस्त्र प्रहरीले भन्सार छलीको आशंकामा सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज–१४ गण्डक चोकबाट सशस्त्र प्रहरीले ना ६ ख ९९०५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ६० लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल १३ नं. गणका […]

न्यूजमधेश डेस्क महोत्तरी,१३ श्रावण । महोत्तरीको मनरासिस्वा नगरपालिका–५ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले भारत लैजान लागेको रु १८ लाखको मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कटैया गाउँमा सीमापारि चोरी तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा गए राति प्रहरीले बरामद गरेको हो । छ सय […]

न्यूजमधेश डेस्क काठमाडौं,१३ श्रावण । सांसदहरुले शिक्षामा रहेका विभिन्न किसिमका समस्या समाधान गरेर शैक्षिक गुणस्तर सुधारमा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समग्र विकासका लागि पहिले शिक्षामा सुधार गर्नुपर्ने औँल्याए । सांसद् नारायणप्रसाद खतिवडा अहिले एसइई परीक्षामा सामुदायिक र निजीमा फरक नतिजा देखिएकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारेर […]

न्यूजमधेश डेस्क काठमाडौँ,१३ श्रावण । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४७५ जना सवारी चालकलाई कारवाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेको कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने १४६, लने असुशासन पालना नगर्ने १३०, रेड लाइटको पालन नगर्ने ५३ र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१२ श्रावण ।धनुषाको कमला नगरपालिकाका जनप्रतिनिधिहरुलाई विपद व्यवस्थापन सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम बिहीबार सम्पन्न भएको छ। भुकम्प प्रविधी राष्ट्रिय समाज नेपालको आयोजनामा कमला नगरपालिकाको कार्यलय माची झिटकहियास्थित जनस्वास्थ्य कार्यलयमा बुधबार सुरु भएको कार्यक्रम बिहिवार बेलुका सकिएको छ। तालिममा सहभागीहरुलाई दुई दिनसम्म प्राकृतिक विपद आउनु अघि, आएको समयमा र विपद आइसकेपछि जोखिम […]

न्यूजमधेश डेस्क जनकपुरधाम,११श्रावण।धनुषाको सवैला नगरपालिकामा एक नाबालिक केटिलाइ बिहेको प्रलोभनमा पारी दुई केटाद्वारा जवर्जस्ती करणी गरेको घटना सार्वजनिक भएको छ। महोत्तरीको मनरा सिसवा नगरपालिका स्थितको थरुवाही घर भइ हाल मधेश प्रदेशको राजधानी जनकपुरको मिल्स एरिया बस्दै आएकी एक नाबालिक केटि पवन कापर(नाम परिवर्तित)लाइ जालमा पारी दुई केटाहरुले रातभरी आफुलाइ जवरजस्ती करणी गरेको आरोप लगाएकी छिन। […]

न्यूजमधेश डेस्क काठमाडौं,११श्रावण । गृह मन्त्रालयले रोजगारीका लागि भिजिट भिसामा विदेश नजान आग्रह गरेको छ। बुधबार एक सूचना जारी गर्दै गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर रोजगारी गर्न पाउने प्रलोभनमा नपर्न आग्रह गरेको हो । पछिल्लो समय यूएई लगायत देशमा आकर्षक सेवा सुविधाको लोभमा विभिन्न व्यक्ति तथा संस्थाहरु समेत गैरकानुनी रुपमा रोजगारीको लागि जानेको संख्या […]