न्यूजमधेश डेस्क काठमाडौं,११ श्रावण । एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार (आज) ५ लाख १४ हजार ७६० जना एसईई परीक्षार्थीको नतिजा सार्वजनिक गरेको हो । योवर्ष ५ लाख १४ हजार ७६० जना विद्यार्थीहरुले देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । बोर्डका अनुसार जसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१० श्रावण । संस्थामा अनियमितता भएको भन्दै समाचारहरु बाहिरिएपछि जनकपुर जेसीजले यसको छानबिनका लागि समिति बनाउने भएको छ । समिति बनाउनका लागि जेसीजले बुधबार साधारणसभा आह्वान गरेको छ । समाचार मार्फत् आएका बिषयको बारेमा छलफल गर्दै त्यस सम्बन्धी छानबिनका लागि समिति बनाउने उद्देश्यले साधारण सभा आह्वान गरिएको जनकपुर जेसीजका अध्यक्ष राज कुमार साहले […]
न्यूजमधेश डेस्क काठमाडौं ,१० श्रावण । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २१ देखि ४० वर्ष उमेर समूहका युवा १४ हजार ४४२ अर्थात् ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित भएका छन् । प्रमुखमा ३७, उपप्रमुखमा ९५, अध्यक्षमा १०६, उपाध्यक्षमा दुई सय […]
न्यूजमधेश डेस्क काठमाडौं ,१० श्रावण ।काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलसँग साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र बोर्ड सदस्य सुशील प्याकुरेलले भेटवार्ता गरेका छन्। भेटमा काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सेवाग्राहीका लागि सहज र थप सर्वसुलभ बनाउने विषयमा छलफल भएको बताइएको छ। उपमेयर डंगोलसँग कार्यकक्षमै भेट गरी उनीहरूले यस विषयमा छलफल गरेका हुन्। छलफलका क्रममा उपमेयर […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१० श्रावण । जनकपुर जेसीजका निवर्तमान पदाधिकारीले संस्थाको रकम आफूखुशी चलाएका छन् । जनकपुर जेसीजका निवर्तमान अध्यक्ष र का.उपाध्यक्ष मिलेर संस्थाको लाखौं रकम पचाएको पाइएको छ । निबर्तमान अध्यक्ष मनोज साह र निबर्तमान का .उपाध्यक्ष उपेन्द्र साहले जनकपुर जेसीजमा आर्थिक चलखेल गरेको खुल्न आएको छ । उपेन्द्र यसअघि कार्यकारिणी उपाध्यक्ष थिए । तर […]
न्यूजमधेश डेस्क काठमाडौं ,१० श्रावण । आगामी प्रतिनिधि सभाको चुनावमा महोत्तरी क्षेत्र नम्बर १ बाट इन्जिनियर, शिक्षक जय शाहले उम्मेदवारी दिने भएका छन् । स्थायी घर बर्दिवास नगरपालिका १३ भएका ३२ वर्षीय शाहले स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् । यसअघि निर्वाचित सांसदहरुले नतिजामुखी काम नगरेको भन्दै आफूले उम्मेदवारी दिनुपरेको उनले बताए । भारतको बैंगलोरबाट इन्जिनियर […]
न्यूजमधेश डेस्क चितवन ,१० श्रावण। चितवनमा पछिल्लो तीन वर्षका अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको छ । जिल्लामा जबर्जस्ती करणी र बाल यौन दुरुपयोगजस्ता हिंसाका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो । माइती नेपाल चितवनले सोमबार भरतपुरमा आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार र बाल यौन शोषण नियन्त्रणका […]
न्यूजमधेश डेस्क काठमाडौँ,९ श्रावण ।नेपाली पत्रकारिताको इतिहासमा ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा प्रसारण विभागमार्फत ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु गरेको हो। पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान गरेका पत्रकारत्रय चिरञ्जीवी अर्याल, निरोधराज पाण्डे र पदमभक्त खरेललाई पहिलो वृत्ति प्रदान गरिएको छ। सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार मन्त्रालयमा आयोजित […]