०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

सप्तरीमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गयो, ११ जना घाइते

न्यूजमधेश डेस्क सप्तरी ,९ असार। सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा बिहीबार बिहान बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ५५ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ असार। धनुषाको कमला नगरपालिका ३ का सन्दिप मुखिया ७ वर्षीय छोरा सुरज मुखियाको उपचारका लागि डा. श्यामबाबु महतो आर्थिक सहयोग गरेका छन् । गैर आवासीय मधेसी संघका अन्तर्राष्ट्रिय समितिका महासचिव डा. शमहतोले व्यक्तिगत २५ हजार रूपैया विरामीलाई उपचार गराउन सहयोग गरेका हुन् । डा .महतोको घर विदेह नगरपालिका वडा नम्बर ६ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ असार । भारतीय पर्यटक सवार ‘भारत गौरव पर्यटक रेल’ आज नेपाल आइपुग्ने भएको छ । रामायण सर्किटमा सञ्चालन हुने उक्त रेल दिउँसो १ बजे जनकपुर स्टेसनमा आइपुग्ने छ । उनीहरूको सुरक्षाका लागि जनकपुरमा विशेष प्रवन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । रेलमा सवार ५ सय पर्यटक १ रात जनकपुरमै […]

न्यूजमधेश डेस्क काठमाडौं,९ असार । सत्ता गठबन्धनको बुधबार बसेको बैठकले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अगाडि बढाउने र शान्ति प्रक्रियालाई चाँडै नै निष्कर्षमा पुर्‍याउने विषयमा छलफल केन्द्रीत भएको बताए । “सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा विकसित राजनीतिक घटनाक्रमबारे विश्लेषण भयो । प्रधानमन्त्रीजीले नागरिकताको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,८असार । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारमा आत्मविश्वासको कमी देखिएको बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा राउतले आफूहरु पैसाका कारण चुनावमा पराजित नभएको बताए । ‘पैसा नभएका कारण जितेनौं भन्ने कुरा होइन । बिना पैसाले पनि मान्छेले जितेका छन् । जसलाई आत्मविश्वास छ ती व्यक्ति २१ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,८ असार।मधेश प्रदेशको राजधानी जनकपुरधाममा पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरुद्धमा प्रदर्शन गरेका छ्न। बुधबार जनमत पार्टी धनुषाका नवनियुक्त जिल्ला इन्चार्ज संजय कुमार साहको नेतृत्वमा पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरुद्धमा प्रदर्शन गरिएको छ। जनकपुरधामको मुल्स एरियाबाट सुरु गरिएको बिरोध र्याली भानु चौकमा आएर करिब अधा घण्टा बिच चौकमै बसेर बिरोध प्रदर्शन गरेका हुन। सो प्रदर्शनमा भ्रष्ट […]

न्यूजमधेश डेस्क काठमाडाैं ,८ असार। हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले कर्णाली, गण्डकी, मधेस प्रदेश तथा प्रदेश […]

न्यूजमधेश डेस्क जनकपुरधाम,८ असार। साताको कारोबारको चौथौ दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ३ सय रुपैयाँ कायम गरेको छ। मंगलबार प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन ४ सयले घटेर प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी […]