०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

मनोज पुर्पक्षका लागि जेल चलान

न्यूजमधेश डेस्क काठमाडौं ,६ असार। आठ वर्षअघि (सन् २०१४) को मिस इन्टरनेसनल ग्लोबल प्रतियोगितामा सहभागी भएकी युवतीलाई बलात्कार गरेको अभियोग लागेका मनोज पाण्डे जेल चलान भएका छन् । जेठ ७ गते मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका पाण्डेलाई सोमबार काठमाडौं अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो। अदालतको आदेशसँगै पाण्डेलाई डिल्लीबजार कारागार पठाउन […]

न्यूजमधेश डेस्क जनकपुरधाम,६ असार।राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ। सोमबार बसेको बैठकले झालाई राससको अध्यक्षमा नियुक्त गर्ने निर्णण गरेको हो। उनलाई राससको अध्यक्षमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए। झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन्।

न्यूजमधेश डेस्क काठमाडौं,६ असार । इन्धन महँगिएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि उच्च दरले बढेको छ । इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरूप यातायात व्यवस्था विभागले अन्तर प्रदेश यात्रुवाहक तथा मालवाहक यातायातमा भाडा बढाएको हो । विभागले अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ । अन्तर प्रदेश सार्वजनिक यात्रुवाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको […]

न्यूजमधेश डेस्क चितवन ,६ असार। चितवनमा उत्पादित कुरिलो विदेश निर्यात हुन थालेको छ । भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले दुबई र कतार पठाउन थालेका हुन् । सुवेदीले साताका २ पटक कुरिलो पठाउन थालेको बताए । १ पटकमा ५० किलो कुरिलो विदेश जाने गरेको छ । ६ वर्षदेखि कुरिलो उत्पादन गर्दै आएका सुवेदीले ३० जनालाई रोजगारीसमेत […]

भुवन शर्मा काठमाडौं,६ असार।सरकारमा अहिलेको टिमलाई फिर्ता बोलाइ नयाँ टिम पठाउन जनता समाजवादी पार्टीका कार्यकारिणी समितिका अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवलाई पार्टीभित्रै ठूलो दबाब परेको छ। रेक दिन जसपाका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले अध्यक्ष यादवलार्ई टेलीफोन गरेर ‘कहिले मन्त्री फर्नु हुन्छ?’ भनी सोध्ने गर्छन्। तर यादवले भने सधै एउटै जवाफ दिन्छन्, […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ असार। सहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंहले मातहतका निकायका प्रमुख तथा वरिष्ठ इन्जिनियरलाई धम्काउदै रकम असुली गर्न थालेका छन् । यसरी सचिव सिंहले धम्क्याउँदै रकम असुली गर्न थालेपछि मातहतका इन्जिनियरलगायतका कर्मचारीले त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रकम […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ असार। नेपाल संस्कृत विश्वविद्यालयको ताला खोल्न प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा अनिच्छुक देखिएका छन्। विश्वविद्यालयमा ताला लागेको झण्डै दुई महिना बितिसक्दा पनि ताला खोल्न पहल गरेका छैनन्। नेपाल विद्यार्थी संघले ११ बुँदे माग राखी गएको वैशाख १९ गते दाङको बेलझण्डीस्थित विश्वविद्यालयको मुख्यालयमा तालाबन्दी गरेका थिए। तालाबन्दी गर्नुअघि नेपाली काँग्रेस निकट […]

न्यूजमधेश डेस्क सर्लाही ,५ असार। सर्लाही प्रहरीले हरिवन नगरपालिकास्थित बजार क्षेत्रको एक घरबाट लाखौँ रकमसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार साँझ इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले जुवा खालबाट छापा मारेको हो । जुवा खेलिरहेका उनीहरूको साथबाट मोटो रकम बरामद भएको प्रहरी श्रोतले जनाएको छ । तर, प्रहरीले पक्राउ परेकाहरूको विवरण […]