०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

सबैलामा जनमत पार्टीको मेयरका उम्मेदवार बीपी साहको शक्ति प्रदर्शन

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ बैशाख । सबैला नगरपालिकाको मेयर पदमा जनमत पार्टीबाट उम्मेदवारी दिएका बीपी साहले मंगलबार शक्ति प्रदर्शन गरेका छ्न। आज चुनावी प्रचार प्रसारको अन्तिम दिन हजारौंको सहभागितामा साहले शक्ति प्रदर्शन गरेका हुन् ।आफ्ना समर्थक सहित उनले सबैला नगरपालिकाको प्रत्येक वडाको परिक्रमा गरेका छन् । उम्मेदवार साह आफूले सबैला नगरबासीले निस्वार्थ भावमा काम गर्ने प्रतिवद्धता […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ बैशाख । जनकपुरधामको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बलराम महतोले मंगलबार शक्ति प्रदर्शन गरेका छन् । चुनावी प्रचार प्रसारको अन्तिम दिन हजारौंको सहभागितामा महतोले शक्ति प्रदर्शन गरेका हुन् ।आफ्ना समर्थक सहित उनले जनकपुरधाम नगर परिक्रमा गरेका छन् । उम्मेदवार महताेले आफूले जनकपुरधामवासीलाई निस्वार्थ भावमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।उनले आफूले […]

न्यूजमधेश डेस्क जनकपुर ,२६ बैशाख । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले धनुषाको औरही गाउँपालिकामा चुनावी गठबन्धन गरेको छ । आसन्न निर्वाचनमा माओवादीले गाउँपालिका अध्यक्ष र एकीकृत समाजवादीले उपाध्यक्ष लिएर चुनावी गठबन्धन गरेको जनाएको छ । माओवादीका धनुषा अध्यक्ष दीपककुमार यादव र एकीकृत समाजवादीका अध्यक्ष रामचन्द्र पण्डितले गठबन्धन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२५ बैशाख । धनुषाको कमला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका नेता÷कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटि सदस्य कपिलदेव बनरैतसहित जेबिन्दर यादव, श्यामसुन्दर यादव, रामनारायण यादव, जगदीश मुखियासहितका नेता÷कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् । झण्डै डेढ् सय जना नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमालेका प्रदेश […]

कमलेश ठाकुर जनकपुरधाम ,२५ बैशाख । विभा ठाकुर र अनिता साह आसन्न स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदको उमेदवार बनेका छन् । महिला नेतृत्वको आवश्यकता औँल्याउँदै जनकपुरमा पहिलोपटक प्रमुख पदमा यी दुईसहित चार महिलाले उमेदवारी दिएका छन् । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट ठाकुर र जनमत पार्टीबाट साह मेयर पदमा चुनाव लड्ने जिम्मेवारी पाएपछि अहिले […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ बैशाख । धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको मृत्यु भएको छ। फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचाररत उनको शनिबार बेलुकी मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन्। शेख नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए। शेखको आइतबार बिहान इस्लाम परम्पराअनुसार अन्तिम संस्कार गरिने जनाइएको छ।

न्यूजमधेश डेस्क काठमाडौ,२६ बैशाख। बाटो माथिबाट पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलामा माथिबाट सुख्खा पहिरो खसेर बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। शनिबार पनि उक्त स्थानमा पहिरो खस्दा रातभर बाटो अवरुद्ध भएको थियो। शनिबार बेलुका ७:४० बजे खसेको पहिरो आइतबार बिहान ४:१५ बजे पन्छाइसकिएको थियो। […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २४ वैशाख। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको विरुद्धमा नलाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । जनकपुरधाममा शनिबार आयोजित कार्यक्रममा उनले गठबन्धनको खिलापमा लागे सह्य नहुने चेतावनी दिए । उनले भने, ‘कुनै पनि हालतमा गठबन्धनको खिलाफमा लाग्नुहुन्न, त्यो सह्य हुँदैन ।’ स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी […]