०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

सदनमा दुई प्रतिवेदन पेश

न्यूजमधेश डेस्क काठमाडौं ,८ श्रावण । प्रतिनिसभामा ‘महालेखा परीक्षको ५७ औँ वार्षिक प्रतिवेदन २०७७’ सभा समक्ष पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सदनसमक्ष उक्त प्रतिवेदन पेश गर्नुभएको हो । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘कारागार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७८’ पनि सदनमा पेश गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन १२ गते मङ्गलबार […]

न्यूजमधेश डेस्क चितवन ,८ श्रावण । पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारी छन् । जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनको उनलाई काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिइयो । प्रहरी उपरीक्षक […]

न्यूजमधेश डेस्क काठमाडौं ,८ श्रावण । छिमेकी भारतका विभिन्न उत्कृष्ट विश्वविद्यालय, कलेज र शैक्षिक संस्थामा उच्च शिक्षा हासिल गर्न जाने नेपाली विद्यार्थीले पाउने छात्रवृत्तिका लागि कृष्णा फाउण्डेशनले शैक्षिक परामर्श गर्न थालेको छ । काठमाडौँस्थित भारतीय दूतावासले प्रदान गर्ने शतप्रतिशत कम्पेक्स छात्रवृत्तिमा आवेदन दिने विद्यार्थीका लागि विश्वविद्यालयका पूर्वाधार, गुणस्तर, अन्तर्राष्ट्रिय विद्यार्थीका अनुभव र छात्रवृत्तिका बारेमा फाउण्डेशनले […]

न्यूजमधेश डेस्क सिरहा,८ श्रावण । सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १७ स्थित खैरटोकामा पोखरीमा घाट निर्माण भएको २ साता नबित्दै चिरा पर्न थालेको छ । नगरपालिकाको १५ लाख रुपैयाँको लागतमा निर्माण भएको घाट २ साता पनि नबित्दै भत्किन लागेको हो । नगरपालिकाले गत आर्थिक वर्षमा उक्त पोखरीमा उपभोक्ता समिति मार्फत् ६५ मिटर लम्बाइको घाट […]

न्यूजमधेश डेस्क महोत्तरी ,७ श्रावण । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको महाधिवेशन तोकिएको तालिकामा हुने बताउनुभएको छ । महोत्तरीको जलेश्वरमा आज महेश्वरप्रसाद सिंह स्मृति भवनको उद्घाटन र प्रजातान्त्रिक योद्धा स्वर्गिय महोश्वरप्रसाद सिंहको सालिक अनावरण गर्दै निधिले शासन सञ्चालनमा कांग्रेसका लागि लोकतन्त्रको कुनै विकल्प नहुने बताउनुभएको हो । नेपाली कांग्रेस महोत्तरीले आफ्नै कार्यालय प्रयोजनका लागि […]

न्यूजमधेश डेस्क रुपन्देही ,७ श्रावण ।रुपन्देहीमा विभिन्न पार्टी परित्याग गरि २१ जना जनमत पार्टीमा प्रवेश गरेका छ्न। बिहिबार जनमत पार्टी कोटहीमाई गाउँपालिकाका अध्यक्ष सुभाष चन्द्र यादवको अध्यक्षमा पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथी पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ता रहेको थियो । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २१ जना जनमत पार्टीमा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला […]

न्यूजमधेश डेस्क काठमाडौं ,७ श्रावण । वालिङका एक पुरुष बेपत्ता भएको १७ वर्षमा घर आउनुभएको छ । नेपालमा चलेको १० वर्षे जनयुद्धमा बेपत्ता भएका वालिङ नगरपालिका– ६ लालुपातेका ५५ वर्षीय गोपालप्रसाद अर्याल घर फर्किनुभएको हो । सशस्त्र द्वन्द्वका क्रममा त्रासका कारण २०५९ असार १ गते घरबाट हिँड्नुभएका अर्याललाई दाङको लमहीमा भएको भन्ने परिवारले थाहा पाएपछि […]

न्यूजमधेश डेस्क जलेश्वर ,७ श्रावाण । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पूजारीको आज बिहान १२५ वर्षको उमेरमा निधन भएको छ । पचास वर्ष अघिदेखि निरन्तर उक्त मन्दिरको पूजा गर्दै आउनुभएका बाबा वैदेही दासको आज बिहान ७ बजे निधन भएको हो । भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी तन्त्रविद्या र योगमा सिद्धि प्राप्त […]