१५ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

प्रदेश २ का मन्त्री र नेतालाई मीठा–मीठा भोजन, बाहिर शहीद परिवारको रोदन

श्रवण देव जनकपुरधाम,३१ चैत । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित मधेश भवनभित्र आकर्षक टेन्ट लगाइएको छ । टेन्टभित्र रातो कार्पेटमा मन्त्री, नेतादेखि कार्यकर्ता हिंडिरहेका छन् । नयाँ वर्षको शुभकामना आदान प्रदान गर्दै उनीहरु मीठा मीठा परिकारको स्वाद लिइरहेका छन् । यही टेन्टबाहिर २० जना भन्दा बढी मानिसहरु नारा लगाइरहेका छन्, ‘हाम्रो माग पूरा गर, […]

जीतेन्द्र कुमार राम जनकपुरधाम ,३१ चैत्र।धनुषाको सवैला नगरपालिकामा भव्य चैती दुर्गाको आयोजना गरिएको छ।मेलाको लागि आज मंगलबार कलश यात्रा सहित नगर परिक्रमा गरि सतोषर कुण्डमा जल भरी घट्स्थापना गरिएको हो। जिल्लाको सवैला नगरपालिका ९ भठिहन स्थित बिगत चार बर्ष देखि भव्य चैती दुर्गा पुजालाई निरन्तरता दिदै यस बर्ष पनि आयोजना गरिएको हो।मेलाको शुरुवातमा आज मंगलबार […]

न्यूजमधेश डेस्क झापा ,३१ चैत्र । झापाको कनकाई सामुदायिक वनमा अधिकांश सिसौका रुख ठाडै सुकेका छन् । सुकेका रुखले सामुदायिक वन नै उजाड देखिन थालेको छ । कनकाई नगरपालिका–२, ३ र ४ मा २७७ दशमलव ६ हेक्टर क्षेत्रफलमा फैलिएको सो वनमा सिसौ र खयरका अधिकांश ठूला रुख वर्षौँदेखि ठाडै सुकेका छन् । कनकाई नदीको पूर्वी […]

आशिष विश्वकर्मा सिरहा,३१ चैत्र ।सिरहा कल्याणपुर नगरपालिकाका कार्यवाहाक मेयर र प्रशासकीय अधिकृतको मिलेमत्तोमा व्यापक अनियमिता भएको भन्दै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले नै सोमबार तालावन्दि गरेका छन् । नगरसभाले पास गरेको योजनासमेत कार्यपालिका बैठक बिना नै आफ्नै ढङ्गले परिवर्तन गरी कार्यवाहक मेयर रोहिणी कुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जय प्रशाद दासको मिलेमत्तोमा व्यापक अनियमितता गरेको […]

कमलेश ठाकुर जनकपुरधाम,३१ चैत्र । लामो समयपछि प्रदेश सभाको पाँचौं अधिवेशन शुभारम्भ भएको छ । सोमबार प्रदेश सभाको बाध्यात्मक बैठक बसेर अधिवेशनको शुभारम्भ भएको हो । कार्तिक ३ गतेको बैठक पश्चात स्थगित भएको प्रदेश २ को संसद बैठक पाँच महिना चार दिनपछि बसेको हो । बैठकको सुरुवात गर्दै सभामुख सरोज कुमार यादवले ६ वटा विधेयक […]

न्यूजमधेश डेस्क जनकपुरधाम, ३० चैत । जनमत पार्टीको नयाँ केन्द्रिय कार्यकारिणी समिति चयन भएको छ । जनकपुरधामको बाह्रविघा मैदानमा शनिवार अयोजना गरिएको प्रथम ऐतिहासिक महाधिवेशनमा भएको निर्वाचनको मत परिणाम सोमवार विहान सार्वजनिक गर्दै नयाँ कार्यसमिति चयन गरिएको हो । केन्द्रिय कार्यकारिणी समितिको अध्यक्षमा २ हजार ३ सय २ मत ल्याएर डा.सिके राउत विजय भएको छ […]

न्यूजमधेश डेस्क काठमाडौं,३० चैत्र । राष्ट्रिय मानव अधिकार आयोगले हरेक वर्ष प्रदान गर्दै आएको ‘स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ यस वर्ष फोरेन्सिक विज्ञ डा हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले डा वस्तीले शव उत्खननलगायत मानव अधिकारका दर्जनौँ अनुसन्धान कार्यमा महत्वपूर्ण योगदान पु¥याउनु भएकामा सम्मान गर्ने निर्णय गरेको […]

न्यूजमधेश डेस्क काठमाडौं ,३० चैत्र । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ […]