न्यूजमधेश सम्बादाता सप्तरी,१४ जेठ। जारी लकडाउनले जनता भोक भोकै मर्न लाग्दा समेत कञ्चनरुप नगरपालिकाले दोस्रो चरणको राहत वितरण गर्न चासो नदिएपछि मंगलबार गरिवहरुले नगरपालिका घेराऊ गरेका छन् । कञ्चनरुप नगरपालिकाले लकडाउन सुरु भएको तेस्रो साता एक पटक मात्रै राहत वितरण गरेको थियो । राहत वितरण गर्दा पनि अधिकाश वडाले १०÷१५ केजी चामल वितरण गरेको थियो […]
कैलाश दास जनकपुरधाम,१४ जेठ । धनुषाको औरही गाउँपालिका वडा नं. १ पौडेश्वर स्थित सर्वोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको गठन भएको छ।समितिको अध्यक्षमा सर्वसम्मतिबाट परमेश्वर साहलाई चयन गरिएको छ। गाउँपालिका अन्तरगत रहेको गाउँपालिका शिक्षा समितिले साहलाई चैत्र ४ गते नै अध्यक्षका लागि घोषणा गरेपनि कोरोना भाइरसको रोकथामका लागि सरकारले लगाएको लकडाउको कारण उनीहरुको सपथ ग्रहरण […]
न्यूजमधेश सम्बादाता सिरहा ,१४ जेठ। प्रहरीको गस्ती टोलीले लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ स्थित सीमावर्ती क्षेत्रबाट एक युवकलाई पक्राउ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली गस्ती टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ निवासी ४५ वर्षीय विजयलाल पासवानलाई सोमबार पक्राउ गरेको हो । पक्राउ परेका पासवानको […]
न्यूजमधेश सम्बादाता जलेश्वर ,१४ जेठ ।भारतबाट घर फर्कने क्रम बाक्लिएसँगै महोत्तरी जिल्लाका क्वारेन्टिन केन्द्र भरिभराउ भएका छन् । पछिल्ला पाँच दिनयता भारतबाट फर्कने बढ्दै गएसँगै यहाँका क्वारेन्टिन केन्द्रमा मानिस थपिने क्रम ह्वात्तै बढेको हो । यसअघि १९ क्वारेन्टिन केन्द्र रहेका जिल्लामा अहिले २५ थपेर ४४ पु¥याइएको छ । एक हजार ८४९ श्ययाका ४४ क्वारेन्टिनमा सोमबारसम्म […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१३ जेठ । मुख्यमन्त्री लालबाबु राउतले सोमबार कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जलाई स्वास्थ्य सामग्री र चेक हस्तान्तरण गर्नुभएको छ । सो अस्पतालका प्रमुख डा मदन उपाध्यायलाई मुख्यमन्त्री राउतले स्वास्थ्य सामग्रीमा भिटिएम ९५० थान, मास्क चार हजार थान, सर्जिकल पञ्जा एक हजार जोडा, डिजिटल थर्माेमिटर ३० थान, स्यानिटाइजर […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१३ जेठ ।नेपालमा हालसम्म १५५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित लाइभ अपडेटमा १५५ जना संक्रमित निको भएर घर फर्किएको जानकारी दिएको हो । संक्रमितको संख्या ७७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार नारायणी अस्पतालमा […]
मनोज मोरबैता जनकपुरधाम,१३ जेष्ठ। धनुषाको सबैला नगरपालिका १३ मा जग्गा सम्बन्धी विवादमा भएको कुटपिटबाट ३ महिलासहित ५ जना घाइते भएका छन् । यसमध्ये एक जनाको अवस्था गम्भीर छ । स्थानीय व्यक्तिले गरेको कुटपिटबाट नागेश्वर यादव, बिमल यादव, आरती देवी, हिरादेवी, सुभनीदेवी घाइते भएका छन् । घाइतेमध्ये नागेश्वर र बिमलको टाउको फुटेको छ । यसमध्ये नागेश्वरको […]
कपिलवस्तु, १३ जेठ । कोरोना भाइरस (कोभिड-१९)को महामारी बिश्वब्यापी रूपमा फैलिरहेको र यसले जनजीवनमा पारेको गम्भीर असर प्रती बिदेशमा बस्ने नेपाली र नेपालका सम्पूर्ण आमजनतालाई गम्भीर र चिन्तित बनाएको छ । संक्रमणलाई कम गर्ना सरकारले देशब्यापी लकडाउन गर्दै चालेको कदम र सोको पालन गर्दै घरमै बसि रहेका नेपाली जनताको धैर्यताको प्रशासा गर्न चहान्छु । यश […]