२६ पुष २०८२, आइतबार
11-01-2026 , Sun
×

प्रत्येक वडामा क्वारेन्टाइन स्थापना गर्न वडा अध्यक्षहरुको माग

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१५ जेठ। प्रत्येक वडामा क्वारेन्टाइन स्थापना गर्न माग गर्दै जनकपुरधाम उप महानगरपालिकाका वडा अध्यक्षहरुले जिल्ला समन्वय समितिलाई ज्ञापन पत्र बुझाएका छन् । बिभिन्न वडाका अध्यक्षले सामूहिक रुपमै बुधबार वडा अध्यक्षलाई ज्ञापन बुझाएका हुन् । उनीहरुले महानगरपालिकाभित्र ५ सय बेडको क्वारेन्टाइन बनाउनुपर्ने र उप महानगरपालिकाका लागि मात्रै रियल टाइम पिसिआर मेसिन जडान गर्नुपर्ने माग […]

न्यूजमधेश सम्बादाता काठमाण्डू ,१४ जेठ । नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म १४२ पुरुष र ४१ महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । पछिल्लो समयमात्रै थप २८ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा विकास […]

मनोज मोरबैता जनकपुरधाम,१४ जेठ।मधेश ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय समितिको निर्णय अनुसार विकास निर्माण , समाजिक सुधार र संगठन विस्तारगरि तीन उपसमिति गठन गरेको छ। उपसमिति गठन गरेकोमा कोरोना भाइरस अर्थात कोभिड -१९ का कारणले विश्वव्यापी महामारीको अवस्था सिर्जना भएको सबैलाई अवगत नै हो। त्यसको मध्यनजर गर्दै फोन , मेसेन्जर र भिडियो कन्फरेन्सको माध्यमबाट केन्द्रीय समितिको सर्वसहमतीले […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१४ जेठ । मुलुक अहिले कोरोना भाइरसको सन्त्रासमा छ, दैनिक रुपमा कोरोना संक्रमित बढदै जानुले नेपालमा पनि कोरोना महामारी बढन सक्ने शंका पैदा भएको छ । तर, धनुषाको शहिद नगरपालिकाको वडा नम्बर ७ धबौली स्थित एसएनआर जनता उच्च मावि धवौलीमा सरकारले जारी गरेको लकडाउनको उल्लंघन गर्दै सयौँ विद्यार्थीलाई जम्मा पारेर निशुल्क पाइने […]

गोपाल ढकाल, मनोविद। लकडाउन शुरुभएपछि निदाउन गार्‍हो हुने , निदाइ हाले पनि बिच बिचमा निन्द्रा टुटिरहने , बिहान चाडै निन्द्रा खुल्ने र फेरी निदाउन कठिन हुने जस्ता सिकायत लिएर धैरे ब्यक्तिहरुले मनोपरामर्शका लागि फोन गर्न थालेका । बन्दाबन्दी पछिको समयमा अनिन्द्राको समस्या बढेर गएको देखिन्छ । कोरोनाको संकट तथा बन्दा बन्दिले मानिसको जिवनशैलीमा परिबर्तन आएकोछ […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु.१४ जेठ । जिल्लाको महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरीमाथि बलात्कार भएको आरोप लगाइएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा उजूरी दिएको छ । नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक लोहारले गए राति किशोरीलाई जर्बजस्ती तानेर घरको पछाडि पु¥याई सो हर्कत गरेको आरोप […]

चन्दन राउत भारदह ,१४ जेठ । अबिरल बर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढे संगै सप्तरी जिल्ला स्थित हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ कोशी पलारमा लगाएको करिब पच्चासो बिघा तरकारी बगर खेती जलमग्न भएका छन् । सो बगर खेतीमा तारभुज,खरबुज्जा, लौका, फर्सी, काकरा,टमाटर, इत्यादि मौसमी फसल लगाउने गरेको कृषक तथा समाजसेवी पुरन राउतले बताएका […]

सिबेन्द्र रोहिता जटही,१४ जेठ। भारतबाट फर्केपछि खाना नपाएको कारण नेपाल भारत सीमाको जटही नाकामा धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ९ का ३० वर्षीय विरेन्द्र यादवको मृत्यु भएपछि नाकामा रहेका नेपालीहरु प्रदर्शन गर्दै जनकपुरधाम तर्फ आउने भएका हुन् । भोकका कारण उनको मृत्यु भएपछि सयौँको संख्यामा नाकामा रहेका नेपालीहरु प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदर्शन गर्दै […]