न्यूजमधेश सम्बादाता काठमाडौं,१४ चैत्र ।हङकङमा कोरोना भाइरस पुनः परीक्षणका लागि पठाइएका ८ वटा नमूनाको नतिजा नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणपश्चात पुनः परिक्षणका लागि हङकङ पठाइएको थियो । कोरोना परीक्षणका लागि विश्वस्वास्थ्य संगठनको प्रयोगशाला हङकङमा पठाइएका ८ जनामा कोरोनाको संक्रमण नपाइएको हो । हालसम्म नेपालमा ७५८ नमूना परिक्षण गरिएकोमा ३ जना संक्रमित भेटिएका […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१४ चैत्र । कोरोना संक्रमणको आशंकामा प्रदेश २ का बिभिन्न ठाउँका १ सय ५१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश २ का आठ मध्ये सात जिल्लामा शंकास्पदलाई क्वारेन्टाइनमा राखिएको छ । महोत्तरीमा हालसम्म एक जना पनि शंकास्पद नदेखिएकाले क्वारेन्टाइनमा नराखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी सप्तरीमा क्वारेन्टाइनमा भर्ना गरिएको छ […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१३ चैत्र। कोरोना संक्रमणबाट बच्न सरकारले लक डाउन लगाएको तेस्रो दिनसम्म पनि सर्वसाधारणले त्यसको अवज्ञा गर्न छाडेका छैनन् । धनुषाबाट तेस्रो दिन पनि लक डाउनको अवज्ञा गर्ने ६६ जनालाई पक्राउ गरिएको छ । धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले लक डाउनको अवज्ञा गर्ने एक बस, २ अटो रिक्सा र २० मोटरसाइकलसहित ६६ […]
न्यूजमधेश सम्बादाता काठमाडौं,१३ चैत्र । निजी अस्पतालले कोरोना संक्रमितको विरामिलाई उपचार नगरेर कायरत प्रस्तुत गरेको पूर्वराजा ज्ञानेन्द्र शाहले बताए । सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराजा शाहले सबै निजीस्तरका स्वास्थ्य संस्थालेसमेत नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने र संकटका बेला पछि हट्नु कुनै भेदभाव गर्नु कायरतापूर्ण हुने उल्लेख गरेका हुन् । पूर्वराजा शाहले ट्वीटरमा लेखेका छन्, ‘कोरोना भाइरसको बढ्दो […]
न्यूजमधेश सम्बादाता महोत्तरी,१३ चैत्र। महोत्तरीको बर्दिवासस्थित होटल पावन मिथिलालाई क्वारेन्टाइनका लागि तयार गरिएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी नेतृ एवं प्रतिनिधी सभाकी सदस्य निर्जला राउतको यो होटेललाई क्वारेन्टाइनका लागि तयार पारिएको हो । राउतले यो होटेल प्रदेश २ सरकारले चाहेको खण्डमा क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने बतताएकी छन् । यो होटलमा ४५ वटा […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१३ चैत्र। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले आफ्नो १५ दिनको तलव कोरोना रोकथाम राहत कोषमा जम्मा गर्ने भएका छन् । पार्टीका महासचिव केशव झाका अनुसार सबै संघीय सांसदले आफ्नो १५ दिनको तलव कोषमा जम्मा गर्नेछन् । राजपाका १७ जना प्रतिनिधी सभामा र २ जना राष्ट्रिय सभामा सदस्य छन् । यी सबैले […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,९ चैत्र । कोरोना भाइरसका संक्रमितलाई राख्न जनकपुरधामको मणिपाल टिचिङ हस्पिटलको भवनमा आइसोलेसन सेन्टर खोल्ने तयारी भइरहेको छ । शनिवार जनकपुरधामका मेयर लालकिशोर साह, उपमेयर रिता झा र विज्ञहरुको टोलीले उक्त भवनको निरीक्षण गरेको हो । आइसोलेसन सेन्टरका लागि भवन उपयुक्त रहेको विज्ञहरुले बताएका छन् । आइसोलेसन सेन्टरका लागि जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक सहयोग […]
न्यूजमधेश सम्बादाता राजापुर ,७ चैत्र । धानको पकेट क्षेत्रका रुपमा मानिने बर्दियाको राजापुरमा चैते धान रोपाइँ शुरु भएको छ । राजापुर र गेरुवाका केही स्थानमा रोपाइँको तयारी भइरहेको छ । गत वर्ष पाँच सय तीन हेक्टर क्षेत्रफलमा खेती गरिएकामा यस वर्ष करीब आठ सय हेक्टर क्षेत्रफलमा चैते धान रोप्ने तयारी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना […]