सर्लाही,१९ असार। सर्लाही गुडिरहेको एक ट्रकमा करेन्ट लाग्दा युवकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसार चन्द्रनगर गाउँपालिका-७ मा गुडिरहेको ना ४ ख ६९७६ नम्बरको ट्रकले बिजुलीको तार छुँदा ट्रकमा सवार रौतहटको विश्रामपुर गाउँपालिका २ का २४ वर्षीय सञ्जय मुखियाको मृत्यु भएको हो। उनी ट्रकमा काम गर्ने मजदुर हुन्। […]
काठमाडौं,१९ असार। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। आज (मंगलबार) बिहानसम्म गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ […]
झापा,१८ असार । मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए ।पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा […]
काठमाडौँ ,१८ असार। प्रहरीलाई बचाउने क्रममा प्रहरीकै गोली प्रहारले घाइते भएका कैलाली जानकी गाउँपालिका–८ का २६ वर्षीय वीरेन्द्र जैसीले आफ्नो माग सुनुवाइ नभएपछि १७ औं दिन पनि अस्पताल बेडमै अनशन जारी राखेका छन् । उनी असार १ गते बेलुकीदेखि माइतीघर मण्डलामा अनशन बसेका थिए । अनशनरत जैसी १२ औं दिन शनिबार स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालको इमर्जेन्सी […]
कैलाली,१७ असार। कैलालीमा वन मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–१ का ७२ वर्षीय चक्रबहादुर छन्त्याल पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यलय कैलालीबाट खटिएको प्रहरी टोलीले घरबाटै आइतबार पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत कैलालीले २०५९ पौष ३ गते वन मुद्धामा छ महिना सजाय तोकेको थियो। उनलाई कारवाहीका लागी […]
काठमाडौं,१७ असार । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केही मुठीभर सम्भ्रान्तहरुले मात्र बैंकहरुबाट ऋण पाएको टिप्पणी गरेका छन् । बैंकहरुबाट ऋण नपाएपछि आम नागरिकले मिटरव्याजीहरुबाट ऋण लिनुपर्ने र त्यही ऋणको कारण आत्महत्या गर्नुपर्ने स्थितिमा पुगेको पनि उनले बताए । आइतबार प्रतिनिधिसभाको बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको […]
जनकपुरधाम,१७ असार ।धनुषाको सहिदनगर नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका दर्जनौं नेताकार्यकर्ताहरुले जनमत पार्टी प्रवेश गरेका छ्न। शनिबार सहिदनगर नगरपालिका -४ मा एक कार्यक्रमबिच नेकपा एमाले नेता अर्जुन दास र नेपाली कांग्रेसका नेता पवन कुमार मण्डलसहित दर्जनौं नेताकार्यकर्ताहरुले सो पार्टी परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत प्रवेश गरेकाहरुलाई पार्टीका मधेश प्रदेश सदस्य रामपुकार […]
रौतहट ,१६ असार।रौतहटको मौलापुरमा आमा-छोरी मृत अवस्थामा फेला परेका छन्। मौलापुर नगरपालिका-४ पतौराका २४ वर्षीया महिला र उनकी २ वर्षीया छोरी मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार २४ वर्षीया कविता देवी साह र उनकी २ वर्षिया छोरी आरूही कुमारी साह घरमै मृत फेला परेका हुन्। मृत बालिकाको लास […]