२५ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

झापामा जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु

झापा,१८ असार । मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए ।पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा […]

काठमाडौँ ,१८ असार। प्रहरीलाई बचाउने क्रममा प्रहरीकै गोली प्रहारले घाइते भएका कैलाली जानकी गाउँपालिका–८ का २६ वर्षीय वीरेन्द्र जैसीले आफ्नो माग सुनुवाइ नभएपछि १७ औं दिन पनि अस्पताल बेडमै अनशन जारी राखेका छन् । उनी असार १ गते बेलुकीदेखि माइतीघर मण्डलामा अनशन बसेका थिए । अनशनरत जैसी १२ औं दिन शनिबार स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालको इमर्जेन्सी […]

कैलाली,१७ असार। कैलालीमा वन मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–१ का ७२ वर्षीय चक्रबहादुर छन्त्याल पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यलय कैलालीबाट खटिएको प्रहरी टोलीले घरबाटै आइतबार पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत कैलालीले २०५९ पौष ३ गते वन मुद्धामा छ महिना सजाय तोकेको थियो। उनलाई कारवाहीका लागी […]

काठमाडौं,१७ असार । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केही मुठीभर सम्भ्रान्तहरुले मात्र बैंकहरुबाट ऋण पाएको टिप्पणी गरेका छन् । बैंकहरुबाट ऋण नपाएपछि आम नागरिकले मिटरव्याजीहरुबाट ऋण लिनुपर्ने र त्यही ऋणको कारण आत्महत्या गर्नुपर्ने स्थितिमा पुगेको पनि उनले बताए । आइतबार प्रतिनिधिसभाको बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको […]

जनकपुरधाम,१७ असार ।धनुषाको सहिदनगर नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका दर्जनौं नेताकार्यकर्ताहरुले जनमत पार्टी प्रवेश गरेका छ्न। शनिबार सहिदनगर नगरपालिका -४ मा एक कार्यक्रमबिच नेकपा एमाले नेता अर्जुन दास र नेपाली कांग्रेसका नेता पवन कुमार मण्डलसहित दर्जनौं नेताकार्यकर्ताहरुले सो पार्टी परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत प्रवेश गरेकाहरुलाई पार्टीका मधेश प्रदेश सदस्य रामपुकार […]

रौतहट ,१६ असार।रौतहटको मौलापुरमा आमा-छोरी मृत अवस्थामा फेला परेका छन्। मौलापुर नगरपालिका-४ पतौराका २४ वर्षीया महिला र उनकी २ वर्षीया छोरी मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार २४ वर्षीया कविता देवी साह र उनकी २ वर्षिया छोरी आरूही कुमारी साह घरमै मृत फेला परेका हुन्। मृत बालिकाको लास […]

जनकपुरधाम, १६ असार। धनुषाको एक पालिकाले पोखरीमा निर्माण गरिरहेको पर्खाल निर्माण सम्पन्न नहुदै भत्किएको छ । जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ४ मा निर्माणाधीन पोखरीको पर्खाल निर्माण सम्पन्न नहुदै भत्किएको हो । जनकनन्दिनी गाउँपालिकाले उपाध्यक्ष कमला सहगललाई दिएको योजनाको ठेक्का उपाध्यक्ष सहगलले आफ्नो भतिजा नीरज सहगललाई दिएका थिए । जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरीमा […]

काठमाडौं ,१६ असार । मारुती सिमेन्ट उद्योगका व्यापार प्रबन्धक ज्योति जोशीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक विश्वासघात मुद्दामा पक्राउ पुर्जी जारी भई जोशीलाई सप्तरी प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो । जाहेरीका आधारमा जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भई प्रबन्धक जोशीलाई तीन दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीले बुधबार […]